News Portal

रेडियो सुन्नुहोस्

भिरबाट लडेर ढाड भाँचिएपछि उपचारमा समस्या

झुलेनी नेटवर्क२०८१ पौष २५
७४३ पटक
२०८१ पौष २५

भिरबाट लडेर कार्यालय सहयोगिको ढाड भाँचिएपछि उपचारका लागि विद्यालयका प्रधानाध्यापकको नेतृत्वमा चन्दा संकलन थालिएको छ । धर्मभक्त माध्यमिक विद्यालय प्यूठान नगरपालिका ८ मानागाउँमा कार्यरत कार्यालय सहयोगि मधु कुमाल भिरबाट लडेर गम्भिर घाईते भएका हुन् ।

गत शनिवार घाँस काट्न गएका ४४ वर्षिय उनि भिरबाट लडेका थिए । ढाड भाँचिएर नसा च्यापिएका उनकाे भैरहवा मेडिकल कलेजमा उपचार भईरहको छ । आर्थिक अवस्था कमजोर रहेका कुमालको  उपचारका लागि ७ लाखभन्दा बढि रकम लाग्ने स्वास्थ्यकर्मीले बताएको विद्यालयकी प्रधानाध्यापक बसन्ता गिरीले बताईन ।

आर्थिक अवस्था कमजोर भएर उपचारमा संकट आएपछि चन्दा संकलन थालिएको विद्यालयकी प्रधानाध्यापक गिरीले बताइन् । ‘घरका सबै सदस्य विरामि हुनुहुन्छ’, गिरीले भनिन्–‘आर्थिक अवस्था समेत नाजुक छ ।’ १ लाख १२ हजार स्वास्थ्य विमामार्फत उपचारमा सहायता भएको छ।

मंगलवार उनको अपरेशन सफल भएको छ । ढाड भाँचिएको हुनाले लामो समय उपचार गर्नुपर्ने तर, आर्थिक अवस्था कमजोर रहेको प्रधानाध्यापक गिरीले बताईन । ४ जना सन्तान रहेका उनका बुवाआमा पनि विरामी छन् । घरमा कमाउने ब्यक्ति नै दुर्घटनामा परेर ढाड भाँचिएपछि परिवारमा संकट आएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...