News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा १३ हजार ५७ ले लगाए एचपिभि खोप

झुलेनी नेटवर्क२०८१ फागुन १
९३० पटक
२०८१ फागुन १

प्यूठानमा १३ हजार ५७ जना किशोरीले पाठेघरको मुखमा हुने क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाईरस विरुद्धको एचपिभि खोप लगाएका छन् । १३ हजार ७ सय ४० जनालाई लगाउने लक्ष्य रहेकोमा बुधबारसम्म १३ हजार ५७ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय प्यूठानका कोल्डचेन निरीक्षक कौषलराज वैद्यले जानकारी दिएका छन् ।

गौमुखीमा १ हजार ४ सय ४१, नौबहिनी गाउँपालिकामा १ हजार ८ सय ८६, झिमरुक गाउँपालिकामा १ हजार ३ सय ४७, प्यूठान नगरपालिकामा २ हजार ४ सय १२, स्वर्गद्वारी नगरपालिकामा १ हजार ६ सय ९, माण्डवी गाउँपालिकामा १ हजार १ सय १०, मल्लरानी गाउँपालिकामा८ सय ८७, ऐरावती गाउँपालिकामा १ हजार ३३ र सरुमारानी गाउँपालिकामा १ हजार ३ सय ३२ जनाले खोप लगाएका हुन ।

जिल्लामा लक्ष्य राखिएकोमा ९५ प्रतिशत किसोरीले खोप लगाएका छन् । ऐरावती गाउँपालिकामा लक्ष्य राखिएको संख्याको सतप्रतिशत, माण्डवी र नौवहिनी गाउँपालिकामा ९६ प्रतिशत, स्वर्गद्वारी, गौमुखी, मल्लरानी र सरुमारानीमा ९५ प्रतिशत, प्यूठान नगरपालिकामा ९४ प्रतिशत र झिमरुक गाउँपालिकामा ९१ प्रतिशतले खोप लगाएका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...