News Portal

रेडियो सुन्नुहोस्

आफ्नै खर्चमा ५१ शिक्षक नियुक्त गर्ने नगरप्रमुख को हुन ? सयौँ घरलाई छानो फेर्न जस्तापा पनि

सिखबर संवाददाता
१५०६ पटक

ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत रूपमा लाखौँ रुपैयाँ दान गरिरहनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका लागि विभिन्न संस्था, समूह र समुदायलाई सहयोग गर्दै आउनुभएको छ ।

उहाँले अहिलेसम्म तलबभत्ता पनि लिनुभएको छैन । बरु सार्वजनिक कार्यक्रम, समस्यामा परेका समुदाय, शिक्षा र स्वास्थ्यको समस्या भोगेका व्यक्तिलाई सहयोग गरिरहनुभएको छ । “केही परिवर्तन गरेर देखाउँछु,” नेपालीले भन्नुभयो । आफ्नो कार्यकालमा टहरामा बस्दै आएका नागरिकका लागि जस्तापाताको व्यवस्था गर्ने उहाँको योजना छ । अहिलेसम्म उहाँले आफ्नै खर्चमा ४६१ परिवारलाई जस्तापाता उपलब्ध गराउनुभएको छ ।

बुर्तिवाङस्थित निसीभुजी जनता क्याम्पसलाई नगरप्रमुख नेपालीले रु २१ लाख सहयोग गर्नुभएको व्यवस्थापन समितिका अध्यक्ष चन्द्र अर्यालले बताउनुभयो । नेपालीले शून्य दरबन्दीमा सञ्चालन भएका विद्यालयमा ५१ शिक्षक व्यक्तिगत खर्चमा नियुक्त गर्नुभएको छ । उनीहरुलाई प्राथमिक तहको सरकारी शिक्षक बराबर तलब उपलब्ध गराउनुभएको छ । कक्षा १ देखि ३ सम्मका विद्यालयलाई दुई, १ देखि ५ सम्मकालाई तीन र कक्षा १० सम्मकालाई चार शिक्षक उपलब्ध गराउनुभएको छ ।

कूल डेढ सय शिक्षक आवश्यक पर्नेमा उहाँले एकतिहाइ शिक्षकको तलब आफैले उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताउनुभयो । नगरभित्र ४४ विद्यालय छन् । नेपालीले आर्थिक अवस्था कमजोर भएका, दलित, अपाङ्ग र एकल महिलालाई निःशुल्क यातायातको व्यवस्था गराउने घोषणा गर्नुभएको छ ।

बुर्तिवाङदेखि पोखरासम्म उपचारको क्रममा यात्रा गर्न बाध्यलाई निःशुल्क सेवा दिनका लागि सबै वडाबाट लक्षित समुदायको परिचयपत्र बनाउने काम थालेको नेपालीले बताउनुभयो ।

“सबै वडामा विपन्न, अपाङ्गता भएका व्यक्ति, एकल महिलालगायतको सूचक झल्कने परिचयपत्र बनाउँदै छौँ”, पोखरेलले भन्नुभयोे, “तयार भएपछि निःशुल्क सेवाको थालनी हुनेछ ।” नेपालीले आफ्नै खर्चमा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स उपलब्ध गराउनुभएको छ ।

एक सय ५४ बालबालिकामा कुपोषण बागलुङमा एक वर्षको अवधिमा १५४ बालबालिकामा कुपोषणको समस्या देखापरेको छ । उमेरअनुसार तौल नभएका, खान नपाएका र खानाको मात्रा नमिलेका कारण बालबालिकामा कुपोषणको समस्या देखापरेको हो । सुआहारा कार्यक्रमले तयार गरको तथ्याङ्कअनुसार कुपोषणको समस्या भएका बालबालिकाको सङ्ख्या अत्यधिक छ ।

कुपोषण समस्या देखापरेका सबै बालबालिकालाई जिल्ला सदरमुकाममा रहेको धौलागिरि अञ्चल अस्पतालको पोषणगृहमा राखेर उपचार गराइएको छ । स्वास्थ्य कार्यालय र सुआहारा कार्यक्रममार्फत आमा र स्वास्थ्यको सुधारमा तोकिएका सूचक राखेर अनुसन्धान गर्दा कुपोषणको समस्या देखापरेको सुआहारा कार्यक्रमका फिल्ड सुपरभाइजर रेशम नेपालीले बताउनुभयो । उपचार गरेका मध्ये बागलुङ नगरपालिकामा नौ जना जोखिमका परेको देखिएको कार्यक्रमका जिल्ला संयोजक चिरञ्जीवी दाहालले बताउनुभयो ।

त्यस्तै गलकोट र ढोरपाटन नगरपालिकामा तीन÷तीन, जैमिनी नगरपालिकामा दुई, निसीखोला गाउँपालिकामा छ, तमानखोलामा तीन र बडिगाड गाउँपालिकामा दुई जना कुपोषित छन् । गर्भदेखि जन्मेको दुइ वर्षसम्म आमा र शिशुको स्वास्थ्यमा बढी ख्याल गर्नुपर्ने तथा आमाले पोषणयुक्त खाना खाएमा मात्र कुपोषणबाट बचाउन सकिने स्वास्थ्य कार्यालय बागलुङका वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक तिवारीले सुझाव दिनुभयो । “तौल र उचाइको अनुपात नमिलेको र पौष्टिक आहारा नपाए बालबालिका कुपोषित भएर मर्नेसम्मको खतरा हुन्छ”, तिवारीले भन्नुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...