News Portal

रेडियो सुन्नुहोस्

६० औँ स्थापना दिवसमा युरेसद्वारा सरसफाई

झुलेनी नेटवर्क२०८१ फागुन २३
९५४ पटक
२०८१ फागुन २३

नेपाल जुनियर तथा युवा रेडक्रस सर्कलकाे ६० औं स्थापना दिवसकाे अवसरमा सरसफाई र जनचेतना मुलक कार्यक्रम गरिएको छ।

युवा रेडक्रस माण्डवी मावि नयाँगाउँले बिहिबार जस्पुर बजार चाेक, देविस्थान बजार क्षेत्र, देवि भगवती मन्दिर र त्रिवेणीधाम मन्दिर परिसरकाे सरसफाइ एवं सचेतनामुलक कार्यक्रम गरि मनाएको हो ।

माण्डवी युवा रेडक्रस सर्कलकि अध्यक्ष सावित्रा थापाकाे अध्यक्षता भएको उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाल रेडक्रस साेसाईटी माण्डवी उपशाखा सचिव रामचन्द्र पाैडेल , विशिष्ट अतिथी त्रिवेणी मन्दिर व्यवस्थापन समिति अध्यक्ष भुपेन्द्र अधिकारी, युरेस माण्डवी माविका शिक्षक सहनायक केसरा कार्की सहित ३० जना विद्यार्थीकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन माण्डवी माविका शिक्षक नायक पवन पाेख्रेलले गरेका थिए।

युरेस माण्डवी २०६१ सालमा स्थापना भएको सर्कल हाे। नेपाल रेडक्रस सर्कल प्यूठानको ३९ औ साधारणसभाबाट उत्कृष्ठ घोसित माण्डवी सर्कलले विभिन्न कार्यक्रममा सक्रियता देखाउदै आएको छ। यहि वर्ष जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी समेत आयोजना गरेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...