News Portal

रेडियो सुन्नुहोस्

चर्चित एवम् व्यस्त तवलावादक भूवन गन्धर्व पुरस्कृत

गोविन्द विश्वकर्मा फागुन ०४, काठमाडौं
१३१३ पटक
फागुन ०४, काठमाडौं

नेपाल जेसीज केन्द्रीय कार्यालयद्वारा नेपाली साहित्य, कला, सङ्गीत तथा संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याए वापत प्रत्येक वर्ष प्रदान गरिंदै आएको उत्कृष्ट युवा पुरस्कार यसवर्ष चर्चित एवम् व्यस्त व्यावसायिक तवलावादक भूवन गन्धर्वलाई प्रदान गरिएको छ ।

जनकपुरमा सम्पन्न नेपाल जेसिजको ४५ औं राष्ट्रिय महाधिवेशनका अवसरमा उनलाई सो पुरस्कार प्रदान गरिएको हो l पुरस्कारको लागि लमही जेसिजले राष्ट्रिय समितिलाई युवा वाद्यवादक भूवन गन्धर्वको नाम सिफारिस गरेर पठाएको थियो भने नेपाल जेसिज वर्ष-२०१८ को उत्कृष्ट युवा छनोट समितिको अन्तिम छनोटमा उनी परेका हुन्

महाधिवेशनमा प्रमुख अतिथिका रुपमा उपस्थित गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले नगद, स्वर्णपदक र ताम्रपत्रबाट उनलाई पुरस्कृत गरेका थिए । चौथोपटक जनकपुरमा आयोजित सो राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि जेसिजका १ सय ४५ शाखाबाट करिव २ हजार प्रतिनिधि उपस्थित थिए ।

जेसिजले भूवन लगायत भिन्न विधाका अन्य उत्कृष्ट युवाहरुलाई समेत पुरस्कृत गरेको थियो । जेसिजले प्रदान गर्दै आएको यो राष्ट्रिय पुरस्कार जो कोहीका लागि पनि गौरवको विषय बन्दै आएको छ ।
सुप्रसिद्ध सारंगीवादक जंग बहादुर गन्धर्वका कान्छा सुपुत्र भूवन वर्तमान नेपाली सङ्गीत बजारमा व्यस्त र कहलिएका सीमित वाद्यवादकहरु मध्येका एक हुन् ।

सबैजसो ताल बाजाका कुशल वाद्यवादक भुवन विशेषगरी तबला, ढोलक र मादल वादनमा बढी व्यस्त रहँदै आएका छन् । करिव ११ वर्षदेखि व्यासायिक वादकको रुपमा क्रियाशील उनले अनगिन्ती गीतमा आफ्नो कुशल वादनकला देखाईसकेका छन् ।

‘म सानैदेखि बुबाको पछि लागेर स्टुडियोतिर जाने गर्दथें । घरको माहोल नै सङ्गीतमय भएकोले पनि होला गीत-सङ्गीत र बाजाहरुप्रति त्यही बेलादेखि आकर्षण बढेको थियो । मैले बुबाकै सहयोगमा आफ्नो ईच्छा अनुसारको काम गर्ने वातावरण पाएँ र बाल उमेरदेखि नै बाजाहरु मेरा साथी बनेका थिए ।

बुबा सारंगीवादक भएपनि तवलाप्रतिको मेरो झुकावलाई उहाँले सहजै स्वीकार गर्नुभयो र मैले त्यो बेलादेखि नै खुलेर अभ्यास गर्न पाएँ’ भूवन भन्छन् । जेसिज जस्तो प्रतिष्टित संस्थाले आफूलाई पुरस्कृत गरेकोमा गौरवको अनुभूति भएको र आगामी दिनमा अझ जिम्मेवार भई निष्ठापूर्वक कर्म क्षेत्रमा क्रियाशील रहने कुरा भूवनले बताएका छन्

भुवन सारङगी सम्राट जंग बहादुर गन्धर्व का छोरा हुनुहुन्छ जंग बहादुरले करिब २० हजार भन्दा बढी गीतहरूमा सारङगी बजाउनु भएको थियो । अहिलेका चर्चित एवम् व्यस्त वाद्ययबादक भुवले बजाएको थुप्रै चलचित्र एवम् लोक गीतहरू अहिले चर्चाको शिखरमा रहेका छन ।

दुई रूपैयाँ चलचित्र को कुटुमा कुटु, हिम्मतवाली, दर्पण छाया,नाई न भन्नू ल थास्तु गोर्खापल्ट, प्रदेशी त्यसैगरी चङ्गाचेट फिल्मको गोजीमा दाम छैन, लगायतका थुप्रै गीतमा उहाले बजाउनु भएको छ ।

त्यस्तै सबैभन्दा पहिले भन्नू नभाको भन्ने गीतमा बजाएको उहाले बताउनुहुन्छ । त्यसैगरी उहाले लभ यु बाबा भन्ने चलचित्रको गीतबाट गिनिजबुकमा नाम लेखि सक्नुभएको छ । उहाको घर भने पाँच नम्बर प्रदेशको दाङ जिल्लामा हो।

केही वर्ष अगाडि निकै चर्चामा रहेको जातिय विरूद्वको गीत रूमाल धोको छु बोलको गीतमा पनि उहाले नै बजाउनुभएको थियो ।

पछिल्लोसमय आधुनिक र फिल्म गीतमा व्यस्त अनि चर्चितमा भुवन गन्धर्व र कुमार महाराजाको नाम अगाडि आउँछ । सबै संग सरल मिजासिलो र सहयोगी व्यावहार देखाउने गन्धर्वले नेपाली गीत संगीतको दुनियाँमा ठूलो योगदान पुर्याउनु भएको छ ।

उहाको योगदानले नेपाली गीत संगीतले निरन्तरता पाएको छ । हरेक गीतमा महत्त्वपूर्णभूमिका भएपनि सधै पर्दा पछाडि रहिरहनु परेको गुनासो उहाले गर्नुहुन्छ, जेहोस उहाले खेलेको भूमिकालाई सबैले सम्मान गर्नुपर्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...