News Portal

रेडियो सुन्नुहोस्

बेलायतको सरकारी कलेजमा नेपाली गभर्नर

सिखबर संवाददाता
३४३९ पटक

नेपालीहरु विदेशिने क्रमसँगै विदेशमा नेपालीले आफूलाई बिभिन्न स्तरमा स्थापित गर्दै गइरहेको पाइन्छ। अध्ययन-अध्यापन, आ-आफ्नो ब्यबसायसँगै राजनीतिक रुपमा मेयर, काउन्सिलर जस्ता स्थानमा नेपालीहरुले आफूलाई स्थापित गरेका छन्।

हालै बेलायतवासी एक नेपालीले बेलायतको ह्याम्प्सायरको बेजिंगस्टोकस्थित आधा शताब्दी पुरानो सरकारी कलेजमा गभर्नरको रुपमा नियुक्ति पाएका छन्।

बेलायतमा ब्यबसायिक एवम् समाजसेवीको रूपमा परिचय बनाएका शिवजी श्रेष्ठलाई क्रान्बोर्न बिजिनेस एण्ड इन्टरप्राइज कलेज, बेजिंगस्टोकको गभर्निंग बडीले चार वर्ष (२०१८-२२) का लागि गभर्नर नियुक्त गरेको हो।

विद्यालयस्तरमा अन्य केही नेपालीहरु गभर्नरको रुपमा कार्य गरे पनि कलेजस्तरमा सायद उनै पहिलो नेपाली गभर्नर हुनसक्ने अनुमान गरिएको छ। श्रेष्ठले गभर्नरको रुपमा गभर्निङ्गबडीमा रहेर कलेजको प्रमुख, उप-प्रमुखको नियुक्तिदेखि कलेजको भिजन, योजना एबम नीति निर्माण, कलेजको आर्थिक ब्यबस्थापन, कलेजको स्तर, कार्यसम्पादनको सुपरिवेक्षण लगायतका कार्यहरुमा सहभागी हुनुपर्नेछ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...