News Portal

रेडियो सुन्नुहोस्

प्यूठान महोत्सवमा स्थानिय उद्यमि र मुख्य आकर्षण(फोटोफिचर)

सिखबर संवाददाता
१४४१ पटक

प्यूठान महोत्सव २०७५ फागुन ३ गतेदेखि गणतान्त्रिक खेलकुद मैदानमा जारी छ। प्यूठानको पहिलो वसपार्क जुम्रि वसपार्क व्यवस्थापन समितीको आयोजनामा सञ्चालीत महोत्सवमा विभिन्न स्थानिय तथा राष्टिय कलाकारहरुले आफ्नो प्रस्तुति देखाएका छन्।

प्यूठान महोत्सवमा नेपाली सिने जगतका सुपरस्टार निखिल उप्रेति वुधवार आएका थिए। भने सिने जगतका महानायक राजेस हमाल, दिलिप रायमाझि लगायतका कलाकारहरु आउने सेड्युल तयार भईसकेको छ।

त्यस्तै सांगितीक क्षेत्रका चर्चित व्याक्तित्वहरु वद्री पंगेनी, राजु परियार, संझना लामिछानेमगर लगायतका कलाकारहरु आउदैछन्। यसवाहेक विभिन्न स्टल र खेलहरु हेरेर समेत दर्शक रमाउन सक्छन्।

महोत्सवमा सुरुमै प्रवेसद्धारको नजिकै कृषि स्टलहरु राखिएको छ। जहाँ प्यूठान जिल्लाका कृषकहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरु रहेका छन्। जिल्लाका विभिन्न स्थानका कृषकले उत्पादन गरेका अन्न तथा नगदेवाली, तेलहन र फलफुलहरु प्रदर्शनिमा राखिएको छ। कृषि प्रर्दनिमा उत्कृष्ट हुनेलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ।

नेपाल सरकारको निती र जिल्लाको संभाव्यता एवं वजारको माग वमोजिम माछापालन लगायतका क्षेत्रमा कृषकको आकर्षण वढोस भन्ने उदेश्यले नमुना माछापोखरी पनि तयार गरिएको छ। जहाँ महोत्सवमा पुग्ने कृषकले माछापालनको वारेमा आधारभुत ज्ञार र संभाव्यताको वारेमा वुझ्न र आधुनिक जातमा माछावारे थाहा पाउन सक्छन्।

लघुउद्यमः लघुउद्यमको प्रवद्र्धन र विकासका लागि सरकार र विभिन्न निकायहरुवाट प्रयासहरु भईरहेका छन्। जिल्लामा पनि अहिले विभिन्न लघु उद्यमिहरुले उत्पादन गरिरहेका छन। ति उत्पादनहरुको प्रदर्शनि राखिएको छ।

उनिका विभिन्न डल्स अर्थात खेलौनादेखि स्टिर तथा होजियारीका उत्पादन र हातले वनाएका करगहनाका स्टलहरु महोत्सवमा उद्यमिहरुलाई निशुल्क रुपमा उपलव्ध गराइएको छ। स्थानिय उद्यमिहरुको प्रवद्र्धन र प्रोत्साहनका लागि विभिन्न उद्यमिलाई निसुल्क रुपमा स्टलहरु उपलव्ध गराईएको मेला आयोजक समितिका अध्यक्ष सुमनराज श्रेष्ठले वताए।

त्यस्तै मेलामा मौतका कुवा, .ठुलो पिङ, झुलादेखि विभिन्न वालवालिकाका खेलकुदका सामाग्रि र रेलहरु छन्। वालवालिकाको र्याफटिकको रहर पुरा गर्ने व्यवस्था समेत मिलाईएको छ। महोत्सवमा पुगेपछी जादु हेर्ने व्यवस्था समेत रहेको छ।

प्यूठान जिल्लाका कृषकहरुले उत्पादन गरेको कृषिजन्य सामाग्रि तथा वस्तुहरु। जहाँ जिल्लाका कृषकहरुले उत्पादन गरेको उपजहरु प्रदर्शनिमा राखिएको छ।

माछापोखरी। जहाँ माछापालनको नमुना ज्ञान लिन केहि माछाहरु सहितको पोखरी तयार गरिएको छ।

कृषिऔजार। यो स्टलवाट कृषकले कृषिमा आधुनिकिकरणका लागि प्रयोग गर्नसक्ने प्राविधिक सामानको वारेमा ज्ञान लिन सक्छन्। आधुनिक औजारको प्रयोगवाट लागत कम गरेर लाभ वढी लिन सकिन्छ।

लघु उद्यमिद्धारा उत्पादित स्थानिय उत्पादन। यो उत्पादनले उद्यमिलाई स्वावलम्वन वनेर उत्पादन कार्यमा लाग्न प्रेरणा प्रदान गर्दछ।

लघु उद्यमिद्धारा उत्पादित स्थानिय उत्पादन। यो उत्पादनले उद्यमिलाई स्वावलम्वन वनेर उत्पादन कार्यमा लाग्न प्रेरणा प्रदान गर्दछ।

लघु उद्यमिद्धारा उत्पादित स्थानिय उत्पादन। यो उत्पादनले उद्यमिलाई स्वावलम्वन वनेर उत्पादन कार्यमा लाग्न प्रेरणा प्रदान गर्दछ।

लघु उद्यमिद्धारा उत्पादित स्थानिय उत्पादन। यो उत्पादनले उद्यमिलाई स्वावलम्वन वनेर उत्पादन कार्यमा लाग्न प्रेरणा प्रदान गर्दछ।

 

लघु उद्यमिद्धारा उत्पादित स्थानिय उत्पादन। यो उत्पादनले उद्यमिलाई स्वावलम्वन वनेर उत्पादन कार्यमा लाग्न प्रेरणा प्रदान गर्दछ।

प्यूठान जिल्लामा सिस्नुवाट उत्पादन गरिएका कपडाहरु। उत्तरी प्यूठानमा पाईने चाल्ने सिस्नुवाट वनाईने कपडाहरु नेपाल र विदेशका विभिन्न स्थानमा खपत हुने गदैछ।

 

हातले तयार गरिएका गरगहनाहरुको प्रदर्शनि स्टल। जहाँ हातले तयार गरिएका कृष्टलका गरगहनाहरु प्रर्दनमा राखिएको छ। घरेलुद्धारा तालिम दिईएका महिलाले उत्पादन गरेका सामाग्रि प्रर्दशनिमा राखिएको हो।

प्रतिकृया दिनुहोस्

आजको राशिफल : २०८१ श्रावण १२ शनिवार

मेष आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला...

सांसद थापाद्वारा ग्रासरुटमा निधन भएका गोपालको स्मृतिमा अक्षयकोष स्थापना

प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको क्रममा प्यूठानमा मोटरसाइकल...

सतायो गर्जेनीले प्युठान र रोल्पालाई, असार १९ यता १५ पटकमा ७० घण्टा बाटो अवरुद्ध

रोल्पाली र प्युठानीको घरबाट यात्रामा कोही निस्कियो कि घर हुनेको मन एउटै चिन्ताले पिरोलिरहन्छ– बड्डाडा...

खुसी छैनन् व्यवसायिक गाई, भैसी पाल्ने किसान

प्यूठान नगरपालिका–४, बिजुवारकी ४३ वर्षीय मुना कार्कीले आयुष्मा कृषि पशुपालन तथा फलफूल फर्म सञ्चालन गरेको...

आजको राशिफल : २०८१ श्रावण ११ शुक्रवार

मेष मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला...