News Portal

रेडियो सुन्नुहोस्

प्यूठान महोत्सवमा शनिवार अहिलेसम्मकै धेरै दर्शकको उपस्थिती, २ दिन थपियो महोत्सव

सिखबर संवाददाता११ फागुन, प्यूठान
२००९ पटक
११ फागुन, प्यूठान

शनिवार प्यूठान महोत्सवमा सहभागिको संख्यालाई हेरेर दुई दिन महोत्सव थप्ने निर्णय भएको छ। दर्शकको उपस्थिती र चापलाई ध्यानमा राखेर महोत्सव थप्ने निर्णय गरिएको महोत्सव आयोजक समितिका संयोजक सुमनराज श्रेष्ठले वताए।

१३ गतेसम्म भनिएको महोत्सव १५ गतेसम्म चल्ने भएको हो। ईतिहासमै धेरै जनताले एकैदिन महोत्सवको अवलोकन गरेका छन्। विभिन्न सामाजिक सञ्जालहरुमा शनिवार दर्शकको उपस्थितीले अहिलेसम्मकै रेकर्ड तोडेको प्रतिक्रियाहरु आईरहेका छन्।

अरु दिनको जस्तै सामान्य तयारी गरेको आयोजकले जव दर्शकको ओईरो लाग्यो तव थेग्नै समस्या भयो। अरुदिन दुई ठाउँमा राििखएको टिकट काउन्टर ५ ठाँउमा राख्दापनी सवै दर्शकले टिकट काटन पाएनन्। दर्शको चाँप थेग्न नसकेपछी पटक पटक गेटजाँच रोक्नुपरेको थियो। गेटवाट प्रवेश नपाएका दर्शकका लागि केहिवेरका लागि अर्को वाटोको समेत व्यवस्था गििरएको थियो।

दर्शकको उपस्थितीले महोत्सवको औचित्यलाई पुष्टि गरेको र आजका दिनसम्म महोत्सव सफलतापुर्वक सम्पन्न भएको संयोजक श्रेष्ठले वताए। उनले आगामि दिनमा पनि उपस्थित भएर महोत्सव भव्य वनाउन सवैमा आह्वान गरेका छन्।

महोत्सवमा १२ गते वद्री पगेनि, १३ गते दिलिप रायमाझि, १४ गते राजेस हमाल र १५ गते विराज भट्ट उपस्थित हुने आयोजकले जनाएको छ।

हेर्नुहोस दर्शकको चाँप प्यूठान महोत्सवमा। ईतिहासकै धेरै दर्शकले शनिवारको महोत्सव अवलोकन गरेका छन्।

दर्शकहरु टिकट लिनका लागि घण्टौ लाईनमा वस्नु परेको थियो। २ स्थानमा रहेको काउण्टर ५ स्थानमा राख्दासमेत टिकट वाडन नसकेपछी दर्शकको चाँपले केहवेर गेट खुलेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...