News Portal

रेडियो सुन्नुहोस्

प्यूठान महोत्सवमा शनिवार अहिलेसम्मकै धेरै दर्शकको उपस्थिती, २ दिन थपियो महोत्सव

सिखबर संवाददाता११ फागुन, प्यूठान
२२०२ पटक
११ फागुन, प्यूठान

शनिवार प्यूठान महोत्सवमा सहभागिको संख्यालाई हेरेर दुई दिन महोत्सव थप्ने निर्णय भएको छ। दर्शकको उपस्थिती र चापलाई ध्यानमा राखेर महोत्सव थप्ने निर्णय गरिएको महोत्सव आयोजक समितिका संयोजक सुमनराज श्रेष्ठले वताए।

१३ गतेसम्म भनिएको महोत्सव १५ गतेसम्म चल्ने भएको हो। ईतिहासमै धेरै जनताले एकैदिन महोत्सवको अवलोकन गरेका छन्। विभिन्न सामाजिक सञ्जालहरुमा शनिवार दर्शकको उपस्थितीले अहिलेसम्मकै रेकर्ड तोडेको प्रतिक्रियाहरु आईरहेका छन्।

अरु दिनको जस्तै सामान्य तयारी गरेको आयोजकले जव दर्शकको ओईरो लाग्यो तव थेग्नै समस्या भयो। अरुदिन दुई ठाउँमा राििखएको टिकट काउन्टर ५ ठाँउमा राख्दापनी सवै दर्शकले टिकट काटन पाएनन्। दर्शको चाँप थेग्न नसकेपछी पटक पटक गेटजाँच रोक्नुपरेको थियो। गेटवाट प्रवेश नपाएका दर्शकका लागि केहिवेरका लागि अर्को वाटोको समेत व्यवस्था गििरएको थियो।

दर्शकको उपस्थितीले महोत्सवको औचित्यलाई पुष्टि गरेको र आजका दिनसम्म महोत्सव सफलतापुर्वक सम्पन्न भएको संयोजक श्रेष्ठले वताए। उनले आगामि दिनमा पनि उपस्थित भएर महोत्सव भव्य वनाउन सवैमा आह्वान गरेका छन्।

महोत्सवमा १२ गते वद्री पगेनि, १३ गते दिलिप रायमाझि, १४ गते राजेस हमाल र १५ गते विराज भट्ट उपस्थित हुने आयोजकले जनाएको छ।

हेर्नुहोस दर्शकको चाँप प्यूठान महोत्सवमा। ईतिहासकै धेरै दर्शकले शनिवारको महोत्सव अवलोकन गरेका छन्।

दर्शकहरु टिकट लिनका लागि घण्टौ लाईनमा वस्नु परेको थियो। २ स्थानमा रहेको काउण्टर ५ स्थानमा राख्दासमेत टिकट वाडन नसकेपछी दर्शकको चाँपले केहवेर गेट खुलेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...