News Portal

रेडियो सुन्नुहोस्

आशा भोसलेले गरिन् नेपालका बाद्ययवादकको खुलेर प्रशंसा

सिखबर संवाददाता
१६५२ पटक

चर्चित संगीतकार रञ्जीत गजमेरको एकल सो कार्यक्रम काठमाण्डौं को सोल्टी होटलमा सम्पन्न भएको छ । गीत संगीतमा अमूल्य लगानी गरेको बरिष्ठ संगीतकार गजमेरको उक्त एकल सो कार्यक्रममा उनका संगीतमा थुप्रै गीत गाइसकेकी गायिका आशा भोसलेको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा नेपालका ख्याती प्राप्त संगीतकार गीतकार गायक गायिका एवम् संगीतकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा आफ्ना अज्मबरी गीतहरु प्रस्तुत गर्दै गायिका भोसलेले नेपालका बाद्ययवादकहरुको खुलेर प्रशंसा गर्नुभएको थियो । उहाँले कार्यक्रममा प्रस्तुती दिँदै गर्दा नेपालमा पनि यस्ता सक्रिय कुशल र अनुभवी बाद्ययवादकहरुको जन्म भएको भन्दै विशेष गरी नेपालका बरिष्ठ तवला बादक कुमार महाराज, बरिष्ठ बाँसुरी बादक गोपाल देब, पछिल्लो पुस्ताका चर्चित तलवला बादक भुवन गन्धर्व त्यसैगरी अहिलेका व्यस्त गिटारिष्ट सञ्जिव बराइली लगायका अन्य बाद्ययवादकको प्रशंसा गरेकी थिइंन ।

प्रस्तुतीकै क्रममा आफ्ना भनाई राख्दै भोसलेले आफू नेपाली बोल्न नसकेपनी नेपाल अनि नेपाली अत्यन्तै प्रिय लाग्ने बताएका थिइँन साथै उनले यस कार्यक्रमले झनै नेपाल र नेपाली सँग अझै नजिक हुन र सम्बन्ध प्रगाढ बन्न टेवा पु¥याएको भन्दै खुसी व्यक्त गरेको थिइन, कार्यक्रम भव्य एवम् सभ्य रुपले सफल भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...