News Portal

रेडियो सुन्नुहोस्

कोरोना विरुद्ध गित गाउँदै गाउँगाउँमा गन्धर्वहरु

बोम बहादुर परियारप्युठान
२५०३ पटक
प्युठान

ऐरावती गाँउपालीकाले गित संगितलाई आफ्नो पुख्र्यौली पेशा वनाएको गन्धर्व समुदायलाई सार्वजनीक महत्वको सन्देस वाहनको वाध्यम वनाएको छ। गाँउ गाँउमा आयआर्जनका लागी गित गाँउदै हिडन गन्धर्वहरु आजकल कोरोना भाईरसको जोखिम कम गर्ने उपाय, आगलागी लगायत विभिन्न विपत्तिका घटना न्युनिकरण लगायतका सुचनाहरु गितमार्फत प्रवाह गर्न थालेका छन्।

“उहाँहरुले पहिल्यैदेखी गाँउ गाँउमा सारंगी र संगितलाई आयआर्जनको माध्यम वनाएर हिडनुहुन्थ्यो।” गाँउपालीका अध्यक्ष नविलविक्रम शाहले भन्नुभयो-“उहाँहरुको सारंगिको संगितमा हामिले सार्वजनीक महत्वका सुचनाहरु दिएका छौं। साथै उहाँहरुलाई प्रोत्साहन स्वरुप गाँउपालीकाले केहि रकम पनि उपलव्ध गराएको छ।”

गाँउ गाँउमा आयआर्जनका लागी गित गाँउदै हिडन गन्धर्वहरु आजकल कोरोना भाईरसको जोखिम कम गर्ने उपाय, आगलागी लगायत विभिन्न विपत्तिका घटना न्युनिकरण लगायतका सुचनाहरु गितमार्फत प्रवाह गर्न थालेका छन्।

बिश्वनै त्रसित बन्नेगरी फैलिएको कोरोना भाईरस अहिले ठूलो चुनौती बन्दै आएको छ । कोरोना भाईरसको जोखिम न्यूनीकरण गर्न साथै विपदको जोखिम न्युनिकरणका लागी जनतालाई सचेत र सजक बनाउन सनिबारदेखि गन्दर्भहरुको कलालाई प्रयोग गर्दै गाँउ गाँउमा गित संगितमार्फत सचेतना कार्यक्रम अगाडि बढाएको छ । हाल विश्वसमुदायलाई त्रसित वनाएको कोरोना भाईरसको सजगता, वालविवाह, सामाजिक विभेद, आगलागी जोखिम न्युनिकरण लगायत सार्वजनिक महत्वका विषयमा जनतालाई सन्देस प्रवाह गराउदै कार्यक्रम अगाडि बढाउनाले अभियान थप रोचक बनेको छ ।

यसैपनी लोप हुन लागेको सस्कृती गन्दर्भ समुदायको सारङ्गीको धुन पहिलेको तुलनामा अहिले कमै मात्रामा सुन्न र देख्न पाईन्छ। तर, संकृतिलाई आधुनिक युगमा पनि सन्देश प्रवाहको प्रभावकारी माध्यम वनाउन सकिन्छ भन्ने व्यवहारीक प्रयोग ऐरावती गाँउपालीकाले गरेको छ। अहिले ऐरावती गाउपालिकाका घरघरमा सारङ्गी गुन्जिएको छ ।

आफ्नो जीवन राम्रो सँ सजाउनु
आफू बाच्नु अरुलाई बचाउनु
रुघा लाउछ ज्वरो आउँछ टाउको दुख्ने गर्छ
एकजनालाई लाग्यो भने अरुलाई नि सर्छ।
कोरोनाले बिश्व नै थर्कायो
दुनियाँ को मन साह्रै धर्कायो

यस्तै सन्देसमुलक गित गाउँदै ऐरावतिका स्थानिय ४० बर्षका पुर्ण गन्धर्व , ३५ बर्षका अर्जुन गन्धर्व ,२६ बर्षका सन्तराम गन्धर्व र ५० बर्षका सत्त बहादुर गन्धर्व अहिले गाउँगाउँमा जनतालाई सजक बनाउदै सारङ्गिमा गित गाउदै मादल बजाउदै घरदैलो कार्यक्रममा हिडेका छन ।
ऐरावती गाउपालिका ५ सुन्दरडाडाका चार जनाको टोलि सनिबार देखि कोरोना भाईरस बाट बचौ भन्दै सारङ्गिको धुन संगै सन्देसमुलक गित गाउदै गाउमा पसेका हुन । लोभ हुन लागेको सस्कृती एकाएक गाउमा कसरी आयो भन्दै अहिले गाउबासीहरु अचम्मित छन । तर गित सुन्दै जादा सन्देशमुलक रहेको स्थानीयले बताएका छन ।ऐ

रावती गाउपालिकाले सन्देश प्रवाहको नयाँ तरिका अपनाएकोे गाउपालिकाका अध्यक्ष नबिल बिक्रम साहले बताउनु भयो । साथै उहाले भन्नुभयो कोरोनाबाट बचौ, गर्मीयाममा हुने आगालागी बाट जोगौ र बाल बिबाह न्यूनीकरण गरौ भन्दै जनतालाई संगितको माध्यमबाट दिएको सन्देश चासो दिदै छिटो र सहज ढंगले बुज्ने हुदा गाउपालिकाले सारङ्गी बाधकहरुलाई पारिश्रमिक दिएर सनिबारदेखि आफ्नो अभियान अगाडि बढाएको बताउनु भयो ।

गन्धर्व समुदायको सारङ्गिको धुन र यस समुदायको परम्परागत पेशाको संरक्षण तथा संम्बर्धन गर्दै गाउँपालिका भित्रका सबै घरधुरीमा विपद् , डढेलो, तथा कोरोना भाईरस सम्बन्धि सारङ्गि धुन र गीत मार्फत सचेत रहन चेतनामुलक कार्यक्रम संचालन गरेको अध्यक्ष साहले बताउनु भयो ।

फागुन २४ गतेदेखी सुरु गरिएको यो अभियान जेष्ठ मसान्त सम्म चल्ने शाहको भनाई छ । कोरोना भाईरस र सचेतना कार्यक्रम गर्दै सुचना प्रभा गर्दै गाउमा हिडेका गन्दर्भहरुले आफ्नो गाउपालिकामा अभियान्ता बन्दै हिड्न पाउँदा रास्ट्रकै सेवा गरेको महसुस भएको सारङ्गी बादक अर्जुन गन्दर्भले बताउनु भयो । साथै यो अभियान ऐरावतिका प्रत्यक वडामा लैजाने र अभियान मा सबै जनताको साथ रहने अध्यक्ष शाहले बताउनु भयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...