News Portal

रेडियो सुन्नुहोस्

पवित्र धार्मिक स्थल स्वर्गद्वारी मन्दिरका गाईका लागि दाना सहयोग

सिखबर संवाददाता४ वैशाख
१७०८ पटक
४ वैशाख

प्युठानको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल स्वर्गद्वारी मन्दिरमा रहेका गाईहरुका लागि दाङका स्थानिय युवाहरुले दाना सहयोग गरेका छन्।
कोरोना भाइरस संक्रमणकोकारण मुलुक लकडाउन भएकाले गाईहरुका लागि आवश्यक दाना आयातमा समस्या भई दानाको अभाव नहोस भन्ने उद्देश्यले दाङका ११ जना युवाहरुको सक्रियतामा गाईलाई खुवाउने दाना हस्तान्तरण गरेको उनीहरुले बताएका छन्।
घोराही उपमहानगरपालिका रामपुर निवासी शिवराज रेश्मीको पहलमा ३५ हजार १६ रुपैयाँ बराबरको गाईलाई खुवाउने दाना खरिद गरी स्वर्गद्वारी आश्रम झिगौराका अध्यक्ष गोबिन्द न्यौपानेलाई हस्तान्तरण गरेको रेश्मीले बताउनुभयो।
मन्दिरमा भक्तजनले चढाएको भेटिबाट चल्ने आश्रममा अहिले लकडाउनका कारण भक्तजनहरु मन्दिरमा नआउँदा आर्थिक समस्या भएको भन्दै झिगौराका अध्यक्ष न्यौपानेले गाईलाई दाना दिएर ठूलो धर्म गरेको बताउनुभयो। स्वर्गद्वारी आश्रमका विभिन्न शाखामध्ये दाङ देउखुरीमा १ सय ५०, घोराही झिगौरामा ६० र स्वर्गद्वारी मन्दिरमा ३ सय ९० वटा गरी ६ सय गाईहरु रहेको न्यौपानेले जानकारी दिनुभयो। गाईहरुका लागि अहिलेसम्म दानाको अभाव भएको छैन अब लकडाउन पनि लम्बिने र भक्तजन पनि मन्दिर नआउने अवस्था भएकाले ठुलो समस्या आउन सक्ने भन्दै सक्दो सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभएको छ।
दाङका स्थानिय घोराही उपमहानगरपालिका वडा नं. १८ का पदम प्रसाद भट्टराईले ५ हजार ५ सय, सोही ठाउँ निवासी बीर बहादुर रावतले ५ हजार, घोराही उपमहानगरपालिका वडा नं. ४ का नारायण प्रसाद शर्मा ५ हजार ५ रुपैयाँ, घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी एकनारायण पौडेलले ५ हजार १ रुपैयाँ, घोराही उपमहानगरपालिका वडा नं १८ निवासी आदित्य प्रसाद भट्टराई ३ हजार ५ रुपैयाँ, सोही ठाउँ निवासी भरत अर्याल(शिव)ले १ हजार रुपैयाँ, घोराही उपमहानगरपालिका वडा नं १५ निवासी शिवराज रेश्मीले ३ हजार रुपैयाँ, घोराही उपमहानगरपालिका वडा नं १० निवासी सन्दिप रजौरेले ३ हजार रुपैयाँ, उपमहानगरपालिका वडा नं १५ कै युवराज पोखरेलले २ हजार ५ सय ५ रुपैयाँ, गुल्मीको मदाने गाउँपालिका ७ स्थायी घर भएका हाल दाङमा बस्दै आएका बिशाल पोखरेलले १ हजार रुपैयाँ र धनगढी स्थायी घर भई अहिले दाङ बस्दै आएका सुमन ओलीबाट १ हजार रुपैयाँ गरी ३५ हजार १६ रुपैयाँ जम्मा भएको रकमबाट दाना खरिद गरिएको पहलकर्ता शिवराज रेश्मीले बताउनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...