News Portal

रेडियो सुन्नुहोस्

पिडामा परेकी सुत्केरीको उद्धार (समाचार प्रभाव)

बोम बहादुर परियार १४ जेठ २०७७
१५०३ पटक
१४ जेठ २०७७

 

पिडामा परेकी प्युठानको गौमुखी गाउँपालिका २ अर्खाकी एक सुत्केरी महिलाको उद्धार गरिएको छ।
बन्दाबन्दीको समयमा २८ दिनको सुत्केरीको आर्थिक अभावमा उपचार हुन नसकेको बिषयमा सिखबर डटकममा समाचार प्रकाशन भएपछि  विभिन्न सहयोगीदाताहरुको सहयोगमा उद्धार गरिएको हो।
एम्बुलेन्सको भाडा र खाना खाने पैसा समेत नभएपछि अर्खाकी १९ बर्षिय कामना रानाको उपचारमा समस्या भएको थियो। उहाँको स्तनमा केहि समस्या भएपनि आर्थिक अभाव लगाएतको कारणले मानसिक समस्या समेत देखिएको उपचारमा संलग्न डाक्टरहरुले जानकारी गराउनुभएको थियो।
श्रीमान ज्ञान बहादुर रानाले ज्यामी काम गरेर गुजारा गर्दै आउनुभएको कामनाको आर्थिक अबस्था अत्यन्तै नाजुक देखेपछि जिल्ला अस्पताल बिजुवारमा कार्यरत डा. सुनिल सुनार सहित सम्पुर्ण नर्सहरुको सहयोगमा एकमुष्ट रु ५ हजार ८ सय ५०, बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहनुभएका गौमुखी गाउँपालिका अर्खाका विशाल बुढामगर, सन्तोष थापामगर , राजु थापा , दिपु मगर र खिम रानाले एकमुष्ट रु १३ हजार १ सय ४५ र प्यूठानका निर्माण व्यवसायी शंकर वि.कले रु १४ हजार गरि जम्मा ३२ हजार ९ सय पन्चानब्बे रुपैयाँ हस्तान्तरण गरिएको छ। उहाँको अवस्थाको बिषयमा समाचार सुनेपछि अस्पताल भर्ना अवधिभर खाना खुवाएका होटलले समेत शुल्क नलिई सहयोग गरेका छन्।
आफ्नै गाउँको सुत्केरी महिलाको पिडादायी अवस्थाको बिषयमा जानकारी पाएपछि आफुहरुको खर्च कटौती गरेर सहयोग गरेको मलेसियामा रहनुभएका विशाल बुढामगरले बताउनुभयो।
२८ दिनको सुत्केरीको यस्तो नाजुक अवस्था देखेर अत्यन्तै मन खिन्न भयो जिल्ला अस्पताल बिजुवारकी नर्सिङ इन्चार्ज राधा के.सीले भन्नुभयो–“ हामी सवै नर्सहरुले सक्दो रकम उठाएर सयोग गरेका हौं।यो रकमले पोषिलो खाना किनेर खानु।” धेरै रकम त सहयोग होइन तर अभावमा सानो सहयोगले पनि धेरै काम हुँदो रहेछ। सबै पत्रकारहरुलाई धन्यवाद दिन चाहान्छु, नर्सिङ इन्चार्ज राधा के.सीले थप्नुभयो।

आर्थिक अभावमा पिडादायी दिनहरु गुजार्र्दै आउनुभएकी कामनाले आँखामा टिलपिल–टिलपिल आँसु निकाल्दै सवैलाई धन्यवाद दिनुभयो। उहाँका श्रीमान ज्ञान बहादुर खुसीका आँसु झार्दै एक शब्द बोल्न सक्नुभएन।
कामनालाई जेष्ठ ५ गतेबाट जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। अहिले उहाँलाई निको हुँदै गएको र केहि समय औषधी खाएपछि पुर्ण रुपमा निको हुने उपचारमा संलग्न डा. सुनिल सुनारले बताउनुभयो।
समाचार मार्पmत आफुले उनीहरुको बिषयमा थाहा पाएको भन्दै गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले आर्थिक सहयोग गर्ने गाउँपालिकाको निति नभएपनि बन्दाबन्दीको समयमा राहत उपलब्ध गराउने वताउनुभयो। कामनाको अवस्था कमजोर देखेपछि जिल्ला अस्पताल प्युठानले पनि सवै सेवा निःशुल्क गरेको थियो। कामना माइतीघर रोल्पा जाने इच्छा गरेपनि रोल्पामा गएर क्वारेन्टाइनमा बस्नुपर्ने भएकोले उहाँलाई आर्थिक सहयोग सहित अर्खा नै पठाईएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...