News Portal

रेडियो सुन्नुहोस्

राहतकोषमा स्वास्थ्यकर्मीहरुद्धारा सहयोग

बोम बहादुर परियार२० जेठ २०७७
१३०१ पटक
२० जेठ २०७७

प्यूठान, ऐरावति गाउँपालिका वडा नं १ दाङबाङ अमिलिमा कार्यरत अनमी मनिषा के.सीले राहत कोषमा सहयोग जम्मा गर्नुभएको छ।
वडा कार्यालयलले स्थापना गरेको राहत तथा आपुर्ति ब्यवस्थापन समितिमा १२ हजार बरावरको खाद्यान्य सामग्री सोमबार हस्तान्तरण गर्नुभएको हो। उहाँले चामल १८० के.जी, १८ के.जी नुन, ९ लिटर तेल, १८ पिस साबुन हस्तान्तरण गर्नुभएको हो। बन्दाबन्दीको बेला वडामा रहेका अति विपन्न परिवारका लागि खाद्यान्य अभाव नहोस भन्ने उदेश्यले आफुले सहयोग गरेको अनमी मनिषा के.सीले बताउनुभयो।
अनमी के.सीकै पहलमा बर्दियामा कार्यरत अनमी लिला गिरीले राहत कोषमा १० हजार रकम जम्मा गर्ने वताउनुभएको छ। बर्दियाबाट समेत वडाका विपन्न परिवारका लागि सहयोग आएकोमा आफुहरु खुसी भएको भन्दै वडा अध्यक्ष द्रोण प्रसाद पाण्डेले अनमी के.सीलाई पहलका लागि धन्यबाद दिनुभयो। उहाँले प्राप्त सहयोगलाई अति विपन्न परिवारलाई प्रदान गर्ने समेत बताउनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...