News Portal

रेडियो सुन्नुहोस्

समुदायमा कोरोना संक्रमण फैलिएपछि बाग्दुला सिल

सुजाता थापा क्षेत्री२१ साउन, प्युठान
१७४० पटक
२१ साउन, प्युठान

समुदाय स्तरमा कोरोना संक्रमण फैलिन थालेपछि प्युठानको व्यापारीक केन्द्र बाग्दुला बजारलाई सिल गरिएको छ।

प्युठान नगरपालिकाको वडा नं ७ र ८ क्षेत्रलाई पाँच दिनका लागि सिल गरीएको हो। बुधबार २३ वर्षीय युवतीलाई कोरोना संक्रमण देखिएपछि समुदाय स्तरमा कोरोना फैलिएसंगै प्युठान नगरपालिकाले पाँच दिनका लागि बजार सिल गर्ने निर्णय गरेको हो। नगरपालिका स्तरीय सि सि एम सि को निर्णय अनुसार प्युठानको स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला देखि सारीवाङ देखि मरन्ठाना खरीबोट हुँदै धाइरे क्षेत्रसम्मलाई सिल गरिएको हो।

जिल्लामा संक्रमण कम गर्नका लागि पि सि आर जाचको दायरा बढाउने र यश क्षेत्रमा रहेका होटेल उद्योग पसल सबै क्षेत्रलाई बन्द गर्नका लागि ध्यानाकर्षण गराउने प्युठान नगरपालिकाका प्रमुख अर्जुन कक्षपतिले जानकारी गराउनु भयो। बिहिवार बिहान देखि उनको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट् ट्रेसिङ गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थले बताउनु भयो।

कोरोना सम्बन्धि सुरक्षा सावधानी अपनाउन सकेमा कोरोना संक्रमणको महामारीबाट वचन सकिने प्युठान जिल्लाका प्रहरी प्रमुख नरेन्द्र कार्कीको भनाइ छ। उहाँले घर बाहिर निस्कदा हरेक नागरिकहरुले अनिवार्य रूपमा मास्कको प्रयोग गर्न र धेरै मान्छे एकैठाउँमा भिडभाड नगर्न आग्रह गर्नुभएको छ।

आफुले गर्ने दैनिक क्रियाकलापहरुमा स्वायं आफैले नै सुरक्षा सतर्कता अपनाउनु पर्नेमा स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जोड दिनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...