News Portal

रेडियो सुन्नुहोस्

तपाइको मास्क खोइ ? कार्यक्रम माण्डवीकाे जस्पुरमा

बाेम बहादुर परियार
२०८८ पटक

साउन २८ प्युठान
,प्युठानमा तपाइको मास्क खोइ कार्यक्रमले तिब्रता पाउदै गएको छ । कोभिड १९ को महामारीको रोगथाममा थप सहयोग पुग्नेगरी वुधबार माण्डबी गाउपालिका जस्पुर बजारमा हिड्ने यात्रुहरुलाइ सर्जिकल मास्क बितरण गरिएको हो ।
स्थानिय समाजसेबी दिपक केसीले उपलब्ध गराउनुभएको ३ सय पिस सर्जीकल मास्क मान्डबी  ग्रामिण बिकास संस्था द्वारा जस्पुर बजारमा बितरण गरिएको संस्थाका अध्यक्ष लव कुमार अधिकारिले बताउनुभयो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय प्युठानसंग समन्वय गरी पत्रकार ,गाउपालिका कर्मचारी, इलाका प्रशासन , जिल्ला बाल संजाल ,स्थानिय बुद्दीजीबि लगायतको उपस्थितीमा संदेशमुलक प्ले कार्ड सहित यात्रुहरुलाइ कोरोनाबाट जोगिन सचेत बनाउदै मास्क बितरण गरिएको अधिकारीले बताउनुभयो । २०७० सालमा स्थापना गरिएको यस संस्थाले बिभिन्न सामाजिक कार्य गर्दै आइरहेको र लकडाउनको सुरुवाती चरण देखिनै   मानिसहरुलाइ मास्क, स्यानिटाइजर , सावुन लगाएतका  सामाग्री वितरण गर्दै आइरहेको उहाले बताउनु भयो । त्यस्तै जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरि प्रमुख नरेन्द्रकुमार कार्कीले कोरोना विरुद्दको लडाइमा नागरिक नै सचेत नभए अभियान सफल पार्न नसकिने बताउनु भयो ।

जिल्लामा २४ वटा प्रहरी युनिटले बिभिन्न स्थानिय तह र पत्रकारहरु संग सहकार्य गर्दै कोरोना विरुद्दका अभियान चलाउदै आएको छ । सबैलाइ कोरोनाबाट जोगिन सचेत बनाउने उद्देश्यले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत तपाइको मास्क खोइ ? कार्यक्रमले जिल्लामा तिब्रता पाएको प्रमुख कार्कीले बताउनु भयो

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...