नेपाल एक कृषि प्रधान देश हो । नेपालको कुल जनसंख्याको करिब ६५% जनसंख्या कृषि पेसामा आवद्व रहेका छन । कृषि कर्ममा आश्रित जनसंख्यालाई आधार मान्दा नेपालको अर्थतन्त्रको मुल आधारनै कृषि हो । २१ औं सताब्दीको वैज्ञानिक युगमा विश्वभर कृषि पेशामा आबद्व जनसंख्या घट्दै गैरहेको बेला नेपालको कूल जनसंख्याको करिब दुई तिहाई जनसंख्या कृषि पेसामा संलग्न भैराख्नु हाल विश्वमा बढिरहेको खाद्य संकट र अभावको स्थीतिलाई न्यूनिकरण गर्ने अवसरको रुपमा पनि देखिएको छ ।
विकसित देशहरुमा कुल जनसंख्याको २-३% जनसंख्या मात्र कृषि पेशामा आवद्व रही कृषि व्यवसायलाई निर्यातमुखि बनाईरहेको अवस्थामा नेपालमा भने दुई तिहाई भन्दा बढि जनसंख्या कृषि पेशामा आवद्ध हुदाँपनि वर्षेनी देशका विभिन्न स्थानहरुमा खाद्य संकटको अवस्था सृजना भईरहेको पाइन्छ । सरकारी तथ्याङ्कलाई हेर्दा नेपालको अर्थतन्त्रमा सबैभन्दा धेरै ३३% योगदान दिन सफल कृषि क्षेत्र पछिल्लो समय कुल ग्राहस्थ उत्पादनको ३३% बाट घटेर २९.३७% हुँदै हाल २७% मा खुम्चिन पुगेको छ । यसरी हेर्दा सरकारी तथा गैह्रसरकारी क्षेत्रबाट लगानी वृद्घि गराउँदै गइरहेको कृषि क्षेत्र हाल, प्राविधिक ज्ञान तथा सीपको अभाव, परम्परागत कृषि प्रणाली तथा उपयुक्त स्थानमा लगानी नहुनु जस्ता कारणहरुले दिनानुदिन धरापमा परिरहेको देखिन्छ। कृषि शिक्षा, अनुसन्धान, कृषि प्रसार तथा सेवा केन्दहरु (हाल गाँउपालिका वा नगरपालिका स्तरिय कृषि शाखा) को व्यवस्थापन बाट सेवा प्रवाह गर्दै गइरहेपनि हालसालैको तथ्याङ्कलाई हेर्दा यसले कृषि क्षेत्रमा खासै सहयोग नपु¥याएको तथा कृषक समक्ष कुनै असर नदेखिएको पाइन्छ। यसले गर्दा खाद्यान्न, फलफूल, बीउविजन, माछा–मासु, मसला, दुध जस्ता कृषिजन्य वस्तुहरु निर्यात गर्नुको साटो अर्बौ रुपैँयाको कृषि वस्तुहरु विदेशबाट आयात गर्नुपर्ने अवस्था रहिरहँदा भविश्यमा ठूलै दुर्घटना निम्त्याउने स्पष्ट देखिन्छ। कृषि बालीको उत्पादन तथा उत्पादकत्व घट्नुका विविध कारणहरु मध्ये उपयुक्त बाली संरक्षण पद्घतिको अभाव पनि एक हो।
बालीविरुवामा क्षति पु¥याउने रोग, किरा, झार अथवा बालीविरुवाका शत्रु जीवहरु बाट बालीलाई जोगाई सुरक्षित रुपमा बालीको उत्पादन लिनु नै बाली संरक्षण हो। बाली संरक्षणका विभिन्न पद्घतिहरु भएतापनि करिव दशक देखि को अनुभवमा सिद्घ प्रमाणित भइसकेको एकीकृत ढङ्गले बाली संरक्षण गर्ने तवर तरिकाहरुको संगालोको रुपमा चिनिएको एकीकृत शत्रुजीव व्यवस्थापन (आइ. पी. एम) पद्घति कृषक समक्ष प्रभावकारी देखिएको छ।
एकीकृत शत्रुजीव व्यवस्थापन (आइ. पी. एम) पद्घति आफैमा एक बाली संरक्षण गर्ने विधि नभएर बाली संरक्षण गर्ने तवर तरिकाहरुको संगालो हो। आइ.पी.एम तथा एकीकृत शत्रुजीव व्यवस्थापन भन्नाले आर्थिक रुपले न्यायोचित एवं पर्यावरणिय दृष्टिकोणबाट दिगोहुने विधिहरुको छनौट गरि बाली उत्पादनमा आईपर्ने नानाथरिका जैविक तथा अजैविक समस्याहरुको व्यवस्थापन गर्ने तरिका हो। अझ स्पष्ट सँग भन्नुपर्दा आइ. पी. एम एउटा बृहत पर्यावरण सँग सम्बन्धित बाली संरक्षण गर्ने पद्घति हो जसमा बाली विरुवाका सत्रुहरुको रोकथाम गर्न विभिन्न तरिकाहरुको एकिकृत प्रयोग गरिन्छ। यस पद्घतिले आर्थिक लाभ पु¥याउने, वातावरणमा कुप्रभाव नपर्ने र सामाजिक मान्यताहरुलाई नखल्वल्याउने किसीमका प्रविधिहरुको छनौट गरि छुट्टाछुट्टै वा एकीकृत रुपबाट प्रयोगमा ल्याउछ। यस पद्घतिको मुख्य सिद्घान्तहरुः स्वस्थ विरुवा हुर्काउनु, बालीनालीको नियमित निरिक्षण गर्नु, मित्र जीवहरुको संरक्षण गर्नु र कृषकलाई स्वयंलाई दक्ष बनाउनु हुन।
कृषकका मित्र जीवहरुको संरक्षण गर्न, वातावरण संरक्षण गर्न, किटनाशक विषादिको प्रयोगबाट हुने असर कम गर्न र दिगो विकासका लागि यस पद्घतिको आवश्यकता पर्दछ भने यस पद्घतिको प्रयोग गर्न मुख्यतया विभिन्न बालीमा लाग्ने मुख्य किराहरुको जीवनि, स्वभाव, जलवायुको प्रभाव र फैलावट, रोकथाम गर्न आवश्यक सामाग्री, किराहरुको संख्या घटवढ गराउने मुख्य प्राकृतिक तत्वहरुको अनुभव हुनुका साथै विनासकारी किराहरुको सत्रुको अध्ययन र लेखाजोखा गर्न नितान्त आवश्यक पर्दछ। साथै लक्षित किरा विरुद्ध मात्र कार्य गर्ने जैविक किटनाशक विषादिहरुको विकास र ज्ञान हुनु पनि आवश्यक छ।
एकीकृत बाली संरक्षण गर्न आवश्यक केहि विधिहरु यस प्रकार छः
१)रोग किरा अवरोधक जातको प्रयोग गर्नेः जस्तै, गोलभेडाको डढुवा रोग नियन्त्रण गर्न सृजना जातको गोलभेडा लगाउने।
२) कृषि कर्ममा आधारित तरिकाः बाली चक्र, बीऊ छर्ने वा रोपाई गर्ने समयको हेरफेर गर्ने, खेतको सरसफाई र उचित खनजोत तथा बाली कटानि पछि अवषेश नष्ट गर्ने।
३) भौतिक तथा यान्त्रिक तरिकाः हातले टिप्ने, अवरोध राख्ने, पासो थाप्ने, अनाज सुकाउने आदि।
४) जैविक तरिकाः परजीवि एवं सिकारी किराका साथै जिवाणु, ढुसि, भाईरस र निमाटोडको प्रयोग। जस्तैः खुम्रे कीरा नियन्त्रण गर्न माटोमा मेटाराईजियम ढुसिको प्रयोग गर्ने।
५) आकर्षक रासायनिक पदार्थको प्रयोगः विभिन्न आकर्षक पदार्थ जस्तै, मिथाईल युजिनल, क्युलियर र विभिन्न फेरोमेन जस्तै, हेलिल्युर, स्पोडोल्युर आदिको प्रयोग।
६) घरेलु व्यवस्थापन विधिहरुः विभिन्न घरेलु उपचारका विधिहरु प्रयोग गर्ने। जस्तैः
क)निम, टिमुर, बोजो, तितेपाती, ज्वानु, तोरीको तेल प्रयोग गरी अन्न भण्डारणमा लाग्ने रोग किरा नियन्त्रण गर्ने।
ख)काठको धुलो, गहँुत, साबुनपानी, सुर्तीको झोल प्रयोग गरी तरकारी बालीको कीरा नियन्त्रण गर्ने।
ग)एक भाग गाईको गहुँतमा पाँच भाग पानी मिसाएर बालीमा छर्कदा फर्सि परिवारका तरकारी बालीमा लाग्ने धुले ढुसिरोग नियन्त्रण हुन्छ।
७) हर्माेनको प्रयोगः विभिन्न हर्माेन जस्तै ओप्लोरको प्रयोग।
८) रासायनिक विषादीको प्रयोगः यी माथिका विभिन्न तरिकाहरुलाई चरणवद्ध रुपमा समय र ठाउँ अनुसार उचित रुपमा प्रयोगमा ल्याउनुलाई नै एकीकृत शत्रुजीव व्यवस्थापन भनिन्छ तर ती विधिहरुको प्रयोगले रोग किरा नियन्त्रण नभएमा रासायनिक विषादिले मानिस, पर्यावरण तथा अन्य जीव जन्तुहरु लाई असर नपर्ने गरी न्यायोचित ढङ्गले प्रयोग गर्ने गरिन्छ।
वातावरणलाई लामो समय सम्म दुषित नपारी बचाएर राखी लगाएको बालीबाट अभिकतम फाईदा लिन प्रकृतिमा रहेका विनासकारी कीराहरुका सिकारी परजीविहरु र किरामा रोग फैलाउने शुक्ष्म जीवाणुहरुको यथासम्भव अधिकतम संरक्षण गरी बाली व्यवस्थापन गर्नुलाई आई.पी.एम.तथा एकीकृत शत्रुजीव व्यवस्थापन पद्धतिले विशेष जोड दिएको छ। कृषक पाठशालाको माध्यमबाट कृषक समक्ष जाने र कृषकहरुलाई नै दक्ष बनाउने भएकाले रोग किरा नियन्त्रणको आई.पी.एम. पद्धति, बाली संरक्षणमा कृषक सशक्तिकरणको क्षेत्रमा कोशेढुङ्गा सावित भएको छ।