अहिलेको बर्तमान सन्दर्भमा कोराना भाइरस संक्रमणको त्रासले यो बाहेक अन्य बिषयबस्तुहरुमा जनचासो त्यति बढि नहोला। विश्वभरि फैलिएको कोरोना संक्रमणले परिस्थिति नै त्यस्तै बनाएको छ। एक हप्ताको विचमा जिल्ला तथा बाहिर लागु औषध संग सम्बन्धी गाँजा ओसारपसारका बिषयका समाचार पनि सुनिए। यति मात्र होइन लकडाउनमा अति मदिरा सेवन तथा लागु औषध सेवन गर्नेहरु पनि बढ्दो रुपमा देखिन्छ। यस बिषयलाई ध्यानमा राखि हामी युवाहरुले के गर्न सकिन्छ भन्ने बिषय पनि महत्वपुर्ण हुने भएकोले यसको नियन्त्रणमा हामीले केहि गर्न सक्छौं कि भनी केहि आफ्ना महत्वपुर्ण विचारहरु राख्ने कोशिष गरेकी छु।
हामी युवाले डोनेशन होइन डु फर नेशन मा एकिकृत भइृ विदेशी होस या स्वदेशी कुनै नाका होस वा ठाउँ लागु औषध उत्पादन, वितरण, सेवन तथा कारोवार गर्ने ब्यक्ति, ठाउ,ँ साधन र श्रोत सवैलाई आ–आफ्नो ठाउँबाट नियन्त्रण गर्न युवाकै भूमिका उल्लेख्निय देखिन्छ।
कोरोना संक्रमणका कारण उच्च जोखिमलाई मध्येनजर गर्दै सरकारले गरेको लकडाउनका कारण यतिबेला धेरै जसो मानिसहरु फुर्सदिला भएका छन्। बिशेष गरि त्यसको प्रत्यक्ष प्रभाव युवापिडिहरुलाई पर्न गएको छ। युवाबर्गहरुले खाली समयलाई कसरी ब्यवस्थापन गर्ने भनेर अनेक उपायहरु खोजिरहेका छन्। यस्तो अवस्थामा युवा वर्गको मानसिक शारिरिक तथा बौद्धिक स्तर कसरी व्यवस्थापन गर्ने त ? भन्ने तर्फ ध्यान दिनु पर्दछ। अहिलेको समयमा युवा वर्गहरुले समय कटाउने नाममा विभिन्न किसिमका लागु औषध तथा मदिरा सेवन जस्ता दुव्र्यसनीमा फसेका देखिन्छन्। यो बेला बेरोजगार भई घरमा बस्नु परेका कारण आर्थिक अभावको पिडा छ भने, कसैलाई मनोरञ्जनको अभाव छ। यस्तै समस्यालाई देखाएर युवावर्गहरुले मन भूलाउने माध्यमका नाममा लागु औषधको प्रयोग गर्ने गरेको पाइन्छ।
के हो लागु औषध ः
कुनै पदार्थ वा त्यसबाट प्रशोधित औषधीलाई आगु औषध भनिन्छ। अर्को अर्थमा मानिसको केन्द्रिय स्नायु प्रणाली अर्थात मस्तिष्क,मुटु ,फोक्सो जस्ता महोत्वपुर्ण ईन्द्रियहरुलाई प्रत्यक्ष असर पारि चेतना अनुभूति बुझ्ने सोच्ने र सम्झने शक्तिमा हा्स ल्याउने जस्ता लागु मादक पेय पदार्थलाई आगु औषध भनिन्छ। यसलाई ड्रक्स वा नार्कोटिक्स पनि भनिन्छ। लागु औषधका विभिन्न प्रकारहरु छन्। हाल लागु औषधका १२ वटा भन्दा बढि प्रकारहरु रहेका छन्। यिनलाई ४ बर्गमा विभाजन गरिएको छ। जसमा कसैलाई आलस्यजन्य, कसैलाई पिडाजन्य, कसैलाई उत्तेजक र कसैलाई भ्रमात्मक गरि ४ बर्गमा बर्गिकरण गरिएको हुन्छ। लागु औषध अन्तरगत गाँजा, चरेस, कोकिङ, हेरोइन, अफिम, बेथाडोन, क्याफिन, एल.एस.डि, क्रोमा, डि.एम्.ए, ह्वाइट पाउडर, मेस्कालिन आदि पर्दछन्। यसले ब्यक्तिलाई पुर्ण रुपमा बिगारी लुटपाट, चोरी,डकैती ,बेस्याबृति,आत्महत्या र ठगी जस्ता अपराधजन्य कृयाकलाप तिर अग्रसर गराउँदछ। आमा बुवाको राम्रो रेखदेख नहुनु ,साथीको लहलहै ,छोटो समयमा बढि पैसा कमाउने मोह, मानसिक तनाव, गरिबी ,चेतनाको अभाव र लागु औषधजन्य औषधीहरुको जथाभावी विक्री वितरणका कारण लागु औषध दुव्र्यसनी बढेको पाइन्छ।
अहिलेको अबस्था ः
विश्वमा यसबाट करिब ३० करोड ब्यक्ति प्रत्यक्ष प्रभावित र पिडित छन्। ३ खर्ब ३२ अर्ब डलर बरावरको बार्षिक कारोबार लागु औषधमा हुने गरेको छ। यसबाट बर्षेनी १ करोड भन्दा बढिले ज्यान गुमाएका छन्। लागु औषधको कारोवार सबै भन्दा बढि युरोप महादेशमा हुने गरेको पाइन्छ। त्यसपछि साउथ अमेरिका हो भने हाम्रो देश नेपाल पनि यसबाट सुरक्षित छैन। सन् १९६० को दशकमा हिप्पीहरुको प्रवेश संगै नेपालमा पनि लागुऔषध प्रयोगकर्ताहरु बढेको देखिन्छ। २०७६ मा गरेको सर्वेक्षण अनुसार १ लाख ३० हजार ४ सय २४ जना यसमा संलग्न रहेका छन्। जसमध्ये ९३. ३ प्रतिशत पुरुष र ६.७ प्रतिशत महिला यसमा संलग्न रहेको देखिन्छ। यहि तवरले बढ्दै जाने हो भने बार्षिक रुपमा ५.०६प्रतिशतका दरले बढ्दै गएको देखिन्छ। खास गरि १३ देखि १५ बर्ष उमेर समुहका युवायुवतीहरुले यसको सेवन गरेपनि २० देखि २४ बर्ष समुहका सबभन्दा बढि ३३.४ प्रतिशत रहेका छन्। नेपालमा सबभन्दा बढी लागु औषधको कारोवार काठ्माण्डौंमा हुने गरेको पाइन्छ। जहाँ ८० हजार भन्दा बढी प्रयोगकर्ताहरु छन्। सबै भन्दा बढी प्रयोग हुने पदार्थ क्यानावल्स ९०.०५ प्रतिशतले प्रयोग गर्ने गरेको तथ्यांकले देखाउँछ। यसमा पारिवारिक भूमिका प्रमुख देखिन्छ।
कसरी गर्ने नियन्त्रण ः
सन् १९९० को अफिम कमिसन नै लागु औषध नियन्त्रणको पहिलो प्रयास हो। यसका लागि विभिन्न समयमा निति नियमहरु नबनेका होइनन्। करिब ३ सय भन्दा बढी पुन ःस्थापना केन्द्र समेत छन्। सरकारी तथा गैरसरकारी तवरबाट विभिन्न प्रयास समेत हुँदा पनि लागु औषध नियन्त्रण तथा रोकथाम नहुँदा अब युवाहरुको आवश्यकता भुमिका महत्वपुर्ण छ। यसको नियन्त्रणको लागि युवाहरु नै लाग्नुपर्ने आवश्यकता किन पनि बढि छ भने लागु औषध दुव्र्यसनीमा युवापिडि नै फसेको छ। त्यसकारण फलामले फलाम काट्छ भने झै युवाको समस्या युवाले समाधान गर्न सम्भव छ।
युवाको अर्थ भनेको चेतना हो, सिर्जना हो, अन्वेषण हो , परिवर्तन हो। उमेरले १४ देखि ४० बर्ष उमेर समुह ब्यक्तिलाई युवा भनेपनि कामको रापताप, नयाँ जोस,जागर,उत्साह ,परिर्वतनका पारखी, आजको सुन्दर वर्तमान र भोलिका विकाशील भविष्यका साझेदार कर्णधार र पहरेदार नै युवा हुन्। युवा परिर्वतनका सेवाहक का साथै बाधक पनि हुन्। लागु औषध उत्पादन कारोवार ओसारपसार र सेवनमा पनि युवाकै संलग्न बढी हुने भएकाले यसको नियन्त्रणका लागि पनि युवालाई नै सचेत जागरुक र सक्रिय बनाउनुपर्ने आवश्यक छ। युवाले चाहे केहि हुँदैन र युवाले चाहे केहि रहँदैन भन्ने दृष्टान्त अरनिकोको पहिलो पाइलाबाट होस्, तेन्जीङको पहिलो सगरमाथा आरोहणबाट होस्,पृथ्वीनारायण शाहको नेपाल एकिकरणबाट होस् वा बलभन्द्र कुवँरको शाहसताबाट होस्, गंगालालको त्यागबाट होस् वा शुक्रराज शास्त्रीबाट क्रुर शासन अन्त्य होस् वा वा विभिन्न जनयुद्ध, जनआन्दोलनमा युवाहरुले नै भूमिका खेलेर नै परिर्वतन सम्भव भएको छ। परिर्वतन युवाहरु बिना कहि कतै सम्भव छैन्। त्यो हिजो र आज देखिएन र भबिष्यमा पनि युवा विना कुनै परिवर्तन हुने छैन्।
युवाले चाहे भने आकाशमा जाने भर्याङ बनाउन सक्छन्। समुद्रमा खेति गर्न सक्छन्। घन घोटेर बन्चरो बनाउन सक्छन् भने लागु औषध नियन्त्रण पनि अबश्य गर्न सक्छन्। अब युवाहरुमा भाइफुटे गवार लटेको स्थिति नरही साँच्चिकै राष्ट्रको उन्नति र स्वस्थ्थ जीवनशैलीको लागि यस्ता अपराध जन्य नराम्रो कामलाई नियन्त्रण मात्र होइन अन्त्य नै गर्नुपर्दछ।
हामी युवाले डोनेशन होइन डु फर नेशन मा एकिकृत भइृ विदेशी होस या स्वदेशी कुनै नाका होस वा ठाउँ लागु औषध उत्पादन, वितरण, सेवन तथा कारोवार गर्ने ब्यक्ति, ठाउ,ँ साधन र श्रोत सवैलाई आ–आफ्नो ठाउँबाट नियन्त्रण गर्न युवाकै भूमिका उल्लेख्निय देखिन्छ। नाध्न नसकेका सीमा रेखा नाघी आउन नसकेका घटना बाहिर ल्याइ अब युवाले हुने खानेलाई सिहदरबार हुँदा खानेलाई नघाट न घरवारको स्थिति अन्त्य गर्नुपर्दछ। यसको लागि युवाले आफु सचेत भै प्रयोग नगर्ने तथा घरपरिवार, समाज, बिद्यालय, कलेज, सामाजिक सञ्जालमा लागु औषधका असर परिणामबारे जानकारी दिने। यसको प्रयोग तथा ओसारपसार गरे कानुनी सजाय के हुन्छ यसबारे जानकारी दिने। कोहि त्यस्तो ब्यक्तिले यसको प्रयोग तथा ओसार पसार गरे प्रहरी प्रशासनमा खबर गर्ने र यदि कोहि फसेकाहरु भेटिएमा उनीहरुलाई पुनः स्थापना केन्द्र सम्म पुर्याउने काम पनि हामी युवाहरुले गर्नुपर्दछ। विभिन्न संघ संस्थाबाट यस सम्बन्धि संचालन हुने कार्यक्रममा सहभागिता जनाउने काम पनि गर्नुपर्दछ । हामी युवा हामी संग रहेको जोस,जागर र उर्जालाई समाज रुपान्तरणका लागि उपयोग गरौं ताकि अमुल्य जीवनलाई बर्बादी। जीवनको राम्रो रस खोजौं नशा होइन। जीवन अमुल्य छ नशाको भरमा यसको अन्त्य होइन समाजको लागि केहि सिर्जनशिल काम गर्नुपर्दछ भन्ने भावनाको विकास गरौं र अरुलाई पनि यहि अनुसार भनांै हामी युवाले यसको नियन्त्रण पक्कै गर्न सक्नेछौं।
साभार ः लिस्ने जनसञ्चार साप्ताहिक