News Portal

रेडियो सुन्नुहोस्

ऐरावतीको बिवाद चर्किदै, खानेपानीको विवादको नाममा शक्ति प्रर्दशन , विधि र प्रक्रियामा गाउँसभा गरिएको हो ः अध्यक्ष शाह

सिखबर संवाददाता
१६३९ पटक

प्युठान, गाउँपालिकाले गरेकाे बिशेष गाउँसभाको बिषयलाई लिएर विवादमा फसेको ऐरावती गाउँपालिकाको विवादले उग्र रुप लिन थालेको छ।

गाउँपालिका अध्यक्ष नविल बिक्रम शाहले बहुमतको नाममा एकलौटी निर्णय गरेको भन्दै गाउँपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेत सहित १३ जना गाउँसभाका सदस्यहरुको हस्ताक्षरमा बिज्ञप्ती निकालेपछि विवाद चर्किएको छ। नेपाली कांग्रेस निकट जनप्रतिनिधि र राष्ट्रिय जनमोर्चा निकट जनप्रतिनिधिहरु मिलेर बहुमतको आधारमा स्थानिय सरकार संचालन ऐन विपरित नेकपा निकट जनप्रतिनिधिहरुलाई वेवास्ता गरेको भन्दै उपाध्यक्ष बस्नेत सहितका नेकपा निकट जनप्रतिनिधिले सामुहिक हस्ताक्षर गरि विज्ञप्ती निकालेका थिए।

तर आफुहरुले विधि र प्रक्रिया अनुसार नै गाउँसभा सम्पन्न गरेको भन्दै उपाध्यक्ष बस्नेतले आफ्नो चरित्र हत्या गरेकोमा गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले आपत्ति जनाउनु भएको छ। आइतवार पत्रकार सम्मेलन गर्दै अध्यक्ष शाहले स्थानिय सरकार संचालन ऐन बमोजिम नै विशेष गाउँसभा सम्पन्न गरेको बताउनुभयो। उहाँले ऐरावती गाउँपालिकाका जनप्रतिनिधिहरु वीच देखिएको असमझदारी प्रस्तावहरुलाई निणयार्थ अगाडी बढाउनुपर्ने परिस्थिति अनुरुप बिशेष गाउँसभामा जानुपर्ने भएको बताउनुभयो।
गाउँकार्यपालिकामा निर्णय हुन नसकेका महत्वपुर्ण प्रस्तावहरुलाई देखाएर अनिर्णयको बन्दी गराउने षड्यन्त्र भैरहेको अवस्थामा गाउँसभाका ३४ जना सदस्यहरु मध्ये बहुमत सदस्यहरुले लिखित रुपमा स्पष्ट खुलाई गाउँसभाका अध्यक्ष सामु स्थानिय सरकार संचालन ऐनको परिच्छेद ४ को सभाको बैठक र कार्यप्रणालीको दफा १९ को उपदफा ३ बमोजिम विशेष गाउँसभा माग गरे अनुसार बिशेष गाउँसभाको आयोजना गरिएको अध्यक्ष शाहको भनाई थियो।
शाहले आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष बस्नेतलाई बोलाए पनि उपस्थित नभई खानेपानी आयोजनाको उपभोक्ता समिति गठन गर्न गएको अध्यक्ष शाहले बताउनुभयो। पत्रकार सम्मेलन जस्तो महत्वपुर्ण कार्यक्रममा उपस्थित नभएर उपभोक्ता समिति गठन गर्न जानुभएको छ शाहले भन्नुभयो–“ तपाई पत्रकार साथीहरुले बुझ्नुस कुन कुरा महत्वपुर्ण हो र आज उहाँले जवाफ दिनुपर्दैन।” अध्यक्ष शाहले आफुले कांग्रेसको मतले मात्र नजितेको भन्दै सबै नागरिकको अध्यक्ष भएकोले गलत काम कदापी गर्न नदिने बताउनुभयो। बरू कांग्रेस छाड्न तयार रहेको बताउँदै शाहले भन्नुभयो–“विधि र प्रक्रिया छल्न कदापी कसैलाइ दिन्न।” उहाँले आफ्नो उदारपनको फाइदा उठाउँदै उपाध्यक्ष बस्नेतले विवाद सिर्जना गरेको बताउनुभयो।
उपाध्यक्ष बस्नेतले तिलकेनी चुत्रेनी खानेपानी आयोजनाको समस्या समाधानको नाममा राजनिति गरेको अाराेप लगाउँदै त्यहाँका वरीपरिका स्थानियहरुले गाउँपालिका घेराउ गरि सोमबार प्रर्दशन गरेका छन्। उपाध्यक्ष बस्नेतकाे बिराेधमा प्रर्दशन गरेकाे नेकपाकाे बुझाई छ। नेकपा ऐरावति गाउँपालिकाका अध्यक्ष समेत रहेका गाउँपालिका उपाध्यक्ष बस्नेतले खानेपानी योजनाको सर्वसहमतिबाट विबाद समाधान आफुहरुले गरेको भएपनि गाउँका स्थानियहरुलाई उक्साएर गाउँपालिकामा प्रर्दशन गर्न लगाएको बताउनुभएको छ।उहाँले उक्साएर प्रर्दशन गरे आफुहरुले पनि हजारको संख्यामा प्रर्दशन गर्न सक्ने भन्दै सचेत रहन आग्रह समेत गर्नुभयाे।  राजनितिक खिचातानीका कारण चुलिएको पालिकाकाे विवाद अदालत सम्म पुगेको छ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...