News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालीकाद्वारा ‘सुत्केरीसंग नगरपालीका’ कार्यक्रम उद्घाटन

सिखबर संवाददाता२० असाेज प्यूठान
११६२ पटक
२० असाेज प्यूठान

मातृ तथा शिसु मृत्युदर घटाउने र पोषण सुधार गरी कुपोषण अन्त्य गर्ने कार्यक्रमको लक्ष्य छ।

प्यूठान नगरपालीकाले सुत्केरीसंग नगरपालीका कार्यक्रम कार्यन्वयनको सुरुवात गरेको छ। नगर क्षेत्रभित्रका सुत्केरी महिलाहरु र नवजात शिसुहरुको स्वास्थ्य सुरक्षा, एवं पोषण सुधारको निम्ति उक्त कार्यक्रमको सुरुवात गरेको हो। आज प्यूठान नगरपालीका वर्डा नं ३ विजयनगरमा रहेको सापडाडा स्वास्थ्यचौकीवाट उक्त कार्यक्रमको उद्घाटन गरिएको छ।

“सुत्केरी महिला, नवजात शिसु र उनिहरुका परिवारमा सुत्केरीको स्याहार, खानपान र सुत्केरी तथा नवजात शिसुको हेरचाह, स्वास्थ्य तथा सरसफाई र पोषणमा सकारात्मक परिवर्तन ल्याउनका लागी नगरपालीकाले यो कार्यक्रम सुरुवात गरेको हो।” प्यूठान नगरपालीकाका मेयर अर्जुनकुमार कक्षपतीले भन्नुभयो -“यो कार्यक्रमले स्वास्थ्य संस्थामा सुत्केरी हुने सुनिस्चितता कायम गर्नुका साथै आमा र वच्चाको स्वास्थ्यमा सुधार आउने विश्वास छ।”

नगरपालीकाले शिसु तथा मातृ मृत्युदर घटाउने, पोषणको अवस्थामा सुधार ल्याई कुपोषण अन्त्य गर्ने, साथै जिवनस्तर सुधार गर्न सरसफाईसम्वन्धी सामाग्री साथै लगायत आवश्यक सामाग्रिहरु उपलव्ध गराईएको नगरपालीकाले जनाएको छ। चालु आर्थिक वर्षदेखी सुरु भएको कार्यक्रममा सुत्केरी महिलाका लागी सामाग्रीहरु उपलव्ध गराईन्छ। नुहाउने लुगाधुने सावुन, टुथपेस्ट, ब्रस, हरलेक्स, स्यानेटेरी प्याड, ऐना, काँईयो, नंकट, दशमुलारिष्ट जस्ता १२ प्रकारका सामाग्रीहरु प्रदान गरिन्छ। यो कार्यक्रमका लागी नगरपालीकाले ९ लाख रुपैयाँ वजेट विनियोजन गरेको जनाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...