News Portal

रेडियो सुन्नुहोस्

एकैदिन प्यूठानका ३ स्थानिय तहमा १५ शैयाका अस्पत्ताल शीलान्यास

सिखबर संवाददाता१५ म‌सिर प्यूठान
१८३६ पटक
१५ म‌सिर प्यूठान

हरेक स्थानिय तहमा आधारभुत अस्पत्ताल र हरेक नागरिकमा स्वास्थ्यको पहुँच पुर्याउने गरि अस्पत्ताल नभएका ६४९ स्थानिय तहमध्य ३९६ स्थानिय तहमा एकैदिन अस्पत्तालको शीलान्यास गर्ने नेपाल सरकारको कार्यक्रम वमोजिम जिल्लाका ३ वटा स्थानिय तहका अस्पत्ताल भवनको शीलान्यास गरिएको छ। यौटा अस्पत्तालको संघिय सांसद दुर्गा पौडेल र दुईवटा अस्पत्तालको प्रदेश सांसद कृष्णध्वज खड्काले शीलान्यास गर्नुभएको हो।

ऐरावती गाँउपालीकामा भएको शीलान्यास कार्यक्रममा वोल्दै प्रदेशसभा सदस्य कृष्णध्वज खडकाले सरकारले स्वास्थ्यको क्षेत्रमा आमूल परवर्तन ल्याउने योजनाका साथ स्थानीय तहमा अस्पताल भवनको सिलान्यास गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अव कुनैपनी स्थानिय तहका नागरिकले अस्पत्तालको पहुँच नहुँदा उपचार नपाएर ज्यान गुमाउनु पर्नेछैन। यसका लागि गाउँमै आधारभूत उपचार सेवाको शुरुवात गरिएको छ ।’

माण्डवी गाँउपालीकाको वडा नं ३ देविस्थान र ऐरावती गाँउपालीकाको वडा नं २ वरौलामा प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले शीलान्यास गर्नुभएको छ। भने मल्लरानी गाँउपालीका वर्डा नं ४ खलंगामा वन्ने भवनको प्रतिनिधी सभा सदस्य दुर्गा पौडेलले शिलान्यास गर्नुभएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...