News Portal

रेडियो सुन्नुहोस्

प्रदेश गौरवको आयोजना ‘रामपुर–कपुरकोट’ सडकको दाखाक्वाडी–भिंग्री खण्डको मुख्यमन्त्रीद्वारा शीलान्यास

सिखबर संवाददाता१५ पुष प्यूठान
१५५७ पटक
१५ पुष प्यूठान

लुम्विनी प्रदेशको गौरवको आयोजना अन्तरगत दाखाक्वाडी(ठाडो)–वर्जिवाङ–भिंग्री सडकखण्डको मुख्यमन्त्री शंकर पोख्रेलले शीलान्यास गर्नुभएको छ। प्रदेश गौरवको आयोजना रामपुर कपुरकोट सडक जिवराज आश्रित–कृष्णसेन ईच्छुक मार्ग अन्तरगत दाखाक्वाडी(ठाडो)–वर्जिवाङ–भिंग्री सडकखण्डको आज मुख्यमन्त्री पोख्रेलले शीलान्यास गर्नुभएको हो।

भौतिक पुर्वाधारमन्त्री वैजनाथ चौधरी, प्रदेशसभा सदस्य हरि रिजाल नेकपा अध्यक्ष तुल्शिराम शर्मा, प्यूठान नगरपालीकाका नगरप्रमुख अर्जुनकुमार कक्षपती लगायतको उपस्थितीमा उक्त सडकखण्डको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले सडक निर्माणले प्यूठान लगायत रोल्पा र अर्घाखाचीका वासिन्दालाई प्रत्यक्ष प्रभाव पार्ने वताउनु भयो। प्रदेश सरकारले सञ्चालन गरेका विभिन्न गौरवका आयोजना र उपलव्धिले सरकारका विरुद्ध दुस्प्रचार गर्न खोजिएको समृद्धी र विकासविरोधी एजेण्डाहरुको पत्तासाफ हुने वताउनु भयो। सरकारले जनताको स्वास्थ्यको निम्ति स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरिरहेको, स्वास्थसेवामा प्रत्यक्ष पहुँचका लागी हरेक स्थानिय तहका आधारभुत अस्पत्ताल शीलान्यास गरिएको, घरवारविहिन नागरिकका लागी जनता आवास कार्यक्रम, खरको छानो भएका नागरिकको घर सुरक्षित वनाउनु सुरक्षित नागरिक आवास कार्यक्रम, व्यवसाय गर्न चाहने युवाहरुका लागी व्याजमा अनुदान कार्यक्रम लगायत जनताको जनजिवनसंग प्रत्यक्ष प्रभाव पर्ने कार्यक्रम सञ्चालन गरेको वताउदै उहाँले सरकारका सफलता र लोकप्रिय कदमहरुविरुद्ध पार्टी भित्रैवाट विभिन्न प्रयासहरु भईरहेको वताउनु भयो।

भौतिक पुर्वाधारमन्त्री वैजनाथ चौधरीले यो आयोजना निर्माणले प्रदेशवासी जनताको जनजिवनमा प्रत्यक्ष प्रभाव पार्ने वताउनु भयो। साथै उहाँले आयोजना समयमै सम्पन्न गर्न सम्वन्धित पक्षलाई सुझाव दिदै त्यसका लागी सरकारले आवश्यक वातावरणको सुनिस्चितता प्रदान गर्ने वताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...