News Portal

रेडियो सुन्नुहोस्

भागरथी हत्या प्रकरण : आरोपित दिनेश भट्ट पक्राउ

सुजाता थापा क्षेत्री ०५ फागुन २०७७
९४७ पटक
०५ फागुन २०७७

काठमाडौं स् बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेश भट्टलाई पक्राउ गरेको छ। भागरथी पढ्ने सनातन धर्म माविमाकै कक्षा ११ मा पढ्ने दिनेशलाई प्रहरीले बुधबार (आज) नै सार्वजनिक गर्ने तयारी गरेको छ।

१३ दिनअघि विद्यालयबाट नफर्किएपछि खोजी गर्दा भागरथीको शव घरभन्दा तीन किलोमिटर टाढा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो।

एक सातालामो प्रहरी अनुसन्धानपछि प्रहरीले भट्टको हत्या आरोपमा दिनेशलाई सार्वजनिक गर्न लागेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीले जानकारी दिए। ‘आरोपितले अपराध स्वीकार गरिसकेका छन्’, डीआईजी सुवेदीले भने, ‘आरोपितलाई दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गछौँ।’ प्रहरीले उनीमाथि शंका गरेर पक्राउ नगरी केहि दिनदेखि निगरानीमा गरिरहेको थियो।

सनातन धर्म माविमाको कक्षा १२ मा पढ्ने भागरथीलाई दिनेशले लामो समयदेखि एकतर्फी रुपमा मन पराएको र १३ दिनअघि स्कुलबाट एक्लै फर्किएको मौका छोपेर बलात्कारपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोठेर हत्या भएको देखाएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार उनले सुरुमा भागरथीलाई भीरबाट लडाएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएका छन्। दोषीलाई कारवाहीको माग गर्दै पीडित पक्षले अस्पतालमै शव छाडेर आन्दोलन गर्दै आएको छ।

गृहमन्त्री रामबहादुर थापाले मंगलबार बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजीक प्रहरी पुगेको बताएका थिए। भट्टसम्बन्धी घटना कञ्चनपुरकी निर्मला पन्तको जस्तो जटिल नरहेको जनाउँदै उनले विगतबाट पाठ सिकेर टुङ्गोमा पुर्‍याउने गरी छानबिन प्रक्रिया अघि बढेको बताएका थिए।

निर्मला पन्त प्रकरणमा असफल देखिएको प्रहरी भागरथी घटनाका दोषी जसरी पनि पत्ता लगाएर गुमेको विश्वास फर्काउने जोसमा थियो। ‘निर्मला घटनामा धेरै त्रुटि थिए, त्यो हाम्रा लागि सिकाइ पनि रह्यो, त्यही सिकाइबाट हामीले भागरथीको घटनामा अब्बल अनुसन्धान गरेका छौं। प्रदेशभरिका अनुसन्धानविज्ञ यस घटनामा खटिएका छन्, सीआईबीको प्राविधिक टोली पनि यतै छ। त्यसैले दोषी उम्किदैनौं’, डीआईजी सुवेदीले भने।

भागरथीका दुई दिदी र एक जना दाइ छन्। दिदीहरू तुलसी र पार्वतीको बिहे भइसकेको छ। स्थानीय भूमिराज माविमा १० कक्षासम्म पढेका केशव घरको आर्थिक अवस्था कमजोर भएकाले बहिनीलाई पढाउनका लागि मजदुरी गर्न भारतको राजधानी दिल्लीमा थिए। लकडाउनका बेला घर फर्किएका केशव बुवाकोे किरिया गरेर माघ ३ गते दिल्ली गएका थिए।

सनातन धर्म माविबाट पाँच मिनेट हिँडेपछि, खोचलेक बजार आउँछ। खोचलेक बजारको केही तल दोगडाकेदार गाउँपालिकाको केन्द्र पनि छ। बैंक तथा वित्तीय संस्था भएकाले बजारमा चहलपहल हुने गर्छ। त्यसपछि भीरकट्या भन्ने डाँडो भएर सिल्ल गाउँ हुँदै लवलेक वनमा पुगिन्छ। खोचलेक बजारबाट लवलेक वनको दूरी झन्डै एक किलोमिटर छ। करिब दुई किलोमिटरको वन क्षेत्र सकिनेबित्तिकै पासिमबाटा भन्ने गाउँ सुरु हुन्छ।

पासिमबाटा भन्ने स्थानबाट चार सय मिटरको दूरीमा भागरथीको हत्या भएको हो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...