News Portal

रेडियो सुन्नुहोस्

प्रधानमन्त्री रोजगार कार्यक्रममा २८ सय बढीले काम गर्दै

१५ करोड भन्दा धेरै बजेट , सवै पलिकाको उस्तै काम

मधुसुदन पोख्रेलवैशाख ३
९६८ पटक
वैशाख ३

प्युठान,जिल्लामा प्रधानमन्त्री रोेजगार कार्यक्र अन्तरगत २८ सय ३७ जनाले कामदारले रोजगार पाएका छन । १५ करोड भन्दा बढी लागतमा जिल्लाको नौ पालिका भित्रका बेरोजगारले रोजगार पाएका हुन । प्रत्यक पालिकाको लगभक ५ सय भन्दा बढी योजनामा काम गरिरहेको पालिकाको तथ्याङ्कले देखाउछ ।
पछिल्लो समय प्रधानमन्त्री रोजगार कार्यक्रम लोकप्रिय देखिए पनि जिल्लाका सवै पलिकाहरुका काम एउटै खालको छ । नेपाल सरकारले देशभर वेरोजगारको सुची संकलन गरि एउटै ज्यालामा सय दिनको रोजगारीको काम दिएपछी खुसी हुदै कामदाररुले काम त गरिरहेका छन तर पलिकाहरुले कुनै भिजन अघि सारेर काम नगरेको हुदा ठगिखाने ठाउँ भएको सरोकरवाल बताउछन । पालिकाहरुको आवाश्यक भिजन नहुदा मोटो रकम पुरानै शैलिमा सकिएको सामाजिक अगुवाहरुको बुझाई छ । जिल्लामा नौवटै स्थानीय तहहरुले आफ्नै आवाश्यता अनुसार काम गरिरहेको देखिएको छ । नौ वटै पलिकाहहरुले गोरेटो बाटो निर्माण, मोटर बाटो मर्मत , पुरानो बाटोको नालि निर्माण,चौपारो निर्माण,विद्यालय निर्माण, पदमार्ग निर्माण,सिचाइकुला निर्माण, खानेपानिक काम, जस्ता सार्वजनिक कामहरु गरेको देखिन्छ ।
कार्यक्रमबाट काम गर्नेका लागि दैनिक ज्याला स्वरुपम ५ सय १७ रुपैंका दरले पाउने नियम छ सोहि अनुसार काम भैरहेको पालिकाहरुले बताएका छन । बेरोजगारीको छनोटमा परेकाहरुले एक सय दिनको रोगगार पाए तर पालिकाहरुको उपल्वधी मुलक योजना नहुदा काम शुन्य जस्तै देखिएको सरोकारवाला बताउछन ।
कार्यक्रमको बजेटमा कुन तहमा कति ज्यामी
मल्लरानी गाउपालिकामा २ सय ८० जना कामदारले ५४ योजनामा काम गरिरहेको पालिका प्रशासकिय अधिकृत वालकृष्ण थापाले बताउनु भयो । पालिकामा सो कार्यक्रमको लागि एक करोड ४४ लाख ७६ हजारको लागतमा सिचाई कुलो निर्माण,बाटो निर्माण नालि निर्माण जस्ता सार्वजनिक काम भैरहेको थापाले बताउनु भयो । त्यस्तै गौमुखी गाउँपालिकाले पनि २ सय ८५ ले काम गरिरहेको पालिकाका रोजगार प्रमुख निरज पाण्डेले बताउनु भयो । १ करोड ४७ लाख ३५ हजारको लागतमा काम भैरहेको पाण्डेको भनाई छ ।
त्यस्तै माण्डवी गाउपालिकामा पनि १ करोड ५२ लाख बरावरको लागतमा २ सय ८० जना कामदारले काम गरिरहेको पालिकाका प्रशासकिय प्रमुख शिशिर रिजालले बताउनु भयो । यसै गरि सरुमारानी गाउँपालिकाले पनि २ सय ३४ कामदारको संख्यामा काम भएको पालिकाका प्रशासकिय प्रमुख चिन्तमणी रेग्मीले बताउनु भयो । १ करोड २० लाख ९७ हजारको लागतमा काम सम्पन्न हुने रेग्मीकोे भनाइ छ । तेस्तै झिमरुकले पनि ३ सय ९७ जनालाई रोजगार दिइ २ करोड ५ लाख२५ हजार लागतमा काम गरिरहेको पालिकाले जनाएको छ ।
त्यस्तै ऐरावती गाउँपालिकाले पनि २सय १७ ज्यामीमा ३२ योजनाका काम गरिरहेको छ । १ करोड १२ लाख १९ हजार लागतमा काम भैरहेको पालिकाले बताएको छ । त्यस्तै स्वर्गद्धारी नगर पालिकामा पनि १९ योजनामा १ सय ९६ जनाले १ करोड ४६ लाख ८३ हजारको लागतमा काम भैरहेको पलिका रोजगार संयोजक रमेश पोख्रेलले बताउनु भयो ।
त्यस्तै नौबहिनी गाउँ पलिकामा पनि प्रधानमन्त्री जगारकायक्रम बाट धमाधम काम भइरहेको पालिकाका रोजगार संयोजक विक्की गैरेले बताउनु भयो । पालिकाका विभिन्न वडामा ४ सय ५२ जना कामदारले काम गरेको गैरेको भनाई छ । २ करोड ३३ लाख ६८ हजार चारसय लागतमा काम सम्पन्न गर्ने योजना रहेको गैरेको भनाई छ । र प्यूठान नगरपालिकामा पनि चालु आर्थिक वर्षमा २९ योजनामा सो कार्यक्रम संचालन गरेको पालिका रोजगार संयोजक माधव गिरिले बताउनु भयो । ४ सय ९६ जनाको संख्यामा २ करोड ५६ लाख ४४ हजार लागतमा काम भएको गिरिको भनाई छ । प्यूठान नगरपलिकामा पनि बाटोको नालि निर्माण,सिचाइकुलो निर्माण,गोरेटो बाटो निर्माण जस्ताकाम भएको गिरिले बताउनु भयो
गुप्फाथान देखी थकाना सम्म मोटरबाटो निर्माण

प्रधान मन्त्री स्वरोजगार कार्यक्रमबाट नगरपालिका वडा न ६ स्थीत गुप्फा थान देखी थाकाना सम्म मोटर बाटो निर्माण कार्य अन्तीम चरणमा छ । करिव ४ किलो मिटर मोटर लम्वाई र ४ मिटर चौडाइमा बाटो अन्तीम चरणमा पुगेको प्युठान नगरपालिका वडा न ६ का वडा अध्यक्ष कमान सिहं पुनले बताउनु भयो ।
आर्थिक वर्ष ०७७।०७८ मा प्रधानमन्धी स्वरोजगार कार्यक्रमबाट १६ लाख २ हजार ७ सयको लागतमा मोटर बाटो सम्पन्न हुन थालेको अध्यक्ष पुन ले जानकारी दिनु भयो । वडाबाट बेरोजगारीको फम भरेकाहरु मध्यबाट ३१ जना छनोट गरि मोटर बाटो निर्माणमा काम लगाइएको पुनले बताउनु भयो । त्यस्तै प्रधानमन्त्री स्वरोजगार कार्यक्रम बाटै लम्छयाङ् हुदै झुलेनी पद मार्ग पनि निर्माण गर्न थालिएको पुनको भनाइ छ । पद मार्गको लागि ४ लाख १३ हजार ६ सय लागतमा काम सम्पन्न गर्ने योजना रहेको पुनले बताउनु भयो । झुलेनी जानको लागि बाटो अफ्ठ्यारो भएको ले आन्तरिक पर्यटकका लागि समस्या भएको हुदा पद मार्गमा योगना पारेको पुनको भनाई छ । पद मार्ग भए पछी र मोटरबाटो सम्पन्न भए पछी स्थानीयहरुका लागि सहज हुने पुनको विश्वास छ ।

झुलेनी मासिकमा प्रकाशित समाचार

प्रतिकृया दिनुहोस्

आजको राशिफल : २०८१ श्रावण १२ शनिवार

मेष आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला...

सांसद थापाद्वारा ग्रासरुटमा निधन भएका गोपालको स्मृतिमा अक्षयकोष स्थापना

प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको क्रममा प्यूठानमा मोटरसाइकल...

सतायो गर्जेनीले प्युठान र रोल्पालाई, असार १९ यता १५ पटकमा ७० घण्टा बाटो अवरुद्ध

रोल्पाली र प्युठानीको घरबाट यात्रामा कोही निस्कियो कि घर हुनेको मन एउटै चिन्ताले पिरोलिरहन्छ– बड्डाडा...

खुसी छैनन् व्यवसायिक गाई, भैसी पाल्ने किसान

प्यूठान नगरपालिका–४, बिजुवारकी ४३ वर्षीय मुना कार्कीले आयुष्मा कृषि पशुपालन तथा फलफूल फर्म सञ्चालन गरेको...

आजको राशिफल : २०८१ श्रावण ११ शुक्रवार

मेष मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला...