News Portal

रेडियो सुन्नुहोस्

आर्थिक अभाबले ७ वर्षिय बालिका अस्पतालमै अलपत्र

बोम वहादुर परियार२१ जेठ, २०७८/ प्यूठान
१३३० पटक
२१ जेठ, २०७८/ प्यूठान

बिहिबार राति ९ बजेको समयमा ७ वर्षिय बालिका जेनिसा परियार बाहिर पिसाप गर्न निस्कन्छिन । सोहि समयमा झस्किएर लडेको उनले बताउछिन ।अहिले उनि प्युठान अस्पताल को ईमर्जेन्सी बेडमा छिन । जेनिसाको दाया खुट्टाको साप्रोको हड्डी भाचिएको छ। अहिले उनको साथमा बुवा ओम बहादुर परियार हुनुहुन्छ ।

रोल्पा जिल्ला लुङ्ग्री गाउपालिका वडा नम्बर ५ घर बताउने जेनिसाका बुवा अहिले आफुले प्युठानको भिङ्ग्रीमा कोठाभाडामा बसि अर्काको मज्दुरी गर्दै आएको बताउनुहुन्छ । गयराती अस्पतालमा आएकि जेनिसाको उपचार प्युठान अस्पतालमा सम्भब नभएपछि बाहिर लैजान डाक्टर ले आदेस दिएका थिए । तर जेनिसाका बुवाले आर्थिक अभावका कारण आफ्नी छोरिलाई अहिलेसम्म बाहिर लैजान नसकेको बताउछन । जेनिसाको उपचारमा सम्लग्न रहनु भएका प्युठान अस्पतालका हार्ड जोर्नि बिसेसज्ञ डाक्टर सुमन खनिया संग पटक पटक जेनिसाका बुवाले “डाक्टर साब मेरि छोरिलाई एतै उपचार गरिदिनु पर्‍यो ” भन्दै अनुरोध गर्दा पनि डाक्टर ले भन्नुभयो ” हामीसंग नानुको उपचार गर्ने प्रसस्त मेसिन औजार उपलब्ध छैन ,रड राख्नुपर्ने देखिन्छ त्यसैले बुटवल अथवा कतै लगेर उपचार गराउनुस , एस्तो केसलाई हामीले रिक्स लिएर काम गरियो भने पछी जेनिसाको खुट्टा बिग्रन सक्छ ” भन्दै डाक्टरले सल्लाह दिनुभयो ।

जेनिसाका बुवाले रुदै भन्नुभयो ” मेरो कुनै कमाई छैन श्रीमती ,२ वटा छोरा, २ वटि छोरी छन केटाकेटि पनि सानै छन मैले अर्काको मज्दुरि गर्छु अहिले त झन लकडाउनको समयमा खालि छु , जग्गाजमिन बेचम भने पनि तेस्तो केहि छैन लौ न हजुर सहयोग गर्नुपर्यो।” डाक्टरका अनुसार जेनिसालाई बाहिर लगेर उपचार गराउदा अन्य खर्च छाडेर ५० हजार जति खर्च आउन सक्ने बताउनु भएको छ ।

:- अहिले तत्काल केहि बुज्नु परेमा जेनिसाको बुवा ओम बहादुर परियार 9845988687

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...