News Portal

रेडियो सुन्नुहोस्

वडा कार्यालयलाइ सेवाग्राहीहरुका गुनासै गुनासा : प्युठान न.पा. ६

सिखबर संवाददाता
१३१८ पटक

तेजेन्द्र बिएम । प्यूठान नगरपालिका वडा नं. ६ का सेवाग्राहीहरुले सेवा प्रदायक निकाय वडा कार्याललाई कार्यालयले गरेको विकास निर्माण बारे गुनासै गुनासा गरेका छन । वडा कार्यालयले गरेको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा यहाँका स्थानीयवासीले विकास निर्माण बारे गुनासो गरेका हुन् ।

कार्यक्रममा निर्वाचित जनप्रतिनिधिले आफ्नो पाइ भेग मिलाएर मात्र विकास निर्माणका योजनाहरु छनौट गर्ने गरेको दुखेसो गरेका छन् । महिला तथा लक्षित वर्गका लागि वडा कार्यालयले बजेट नछुट्याउने र छुट्याए पनि कार्यान्वयन गर्ने नगरेको स्थानीय सावित्रा पोख्रेलले बताउनुभयो । खेलकुद, कला तथा संस्कृतिको क्षेत्रमा केन्द्र स्तरबाटै बजेट बिनियोजना भएर आएपनि वडाले कार्यान्वयन गरेको स्थानीयवासीको आरोप थियो ।

गाउँको विकासको लागि एकमुष्ट बजेट विनियोजना हुनुपर्नेमा कनिका छरेजस्तै बजेट पार्दा न्योचित विकास हुन नसकेको कार्यक्रममा बोल्ने बक्ताहरुको भनाई थियो । आ.व. २०७७/०७८ को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष कमानसिंह पुन मगरको अध्यक्षता, नगर प्रमुख अर्जुन कुमार कक्षपतिको प्रमुख आतित्थ्यता तथा वडा सचिव सुर्य बहादुर गैरेले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

सोही अवसरमा विभिन्न कार्यक्रम तथा विकास निर्माणका उत्कृष्ठ भूमिका खेल्ने स्थानीयवासीहरुलाई वडा कायालयले सम्मान गरेको छ । विकास निर्माणमा योगदान पुर्‍याउने मोतिराम भण्डारी, महिला स्वास्थ्य स्वयंसेविका नारायणी केसी, धर्मावती मा.वि. लम्छ्याङनेटामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्मित २ कोठे भवन निर्माण उपभोक्ता समिति अध्यक्ष इमानसिंह पुन, आमडाँडा मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष बविता भण्डारी लगायतलाई सम्मान गरीएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...