News Portal

रेडियो सुन्नुहोस्

जसपाकाे आधिकारिकता उपेन्द्रलाइ, अप्ठ्यारोमा ठाकुर-महतो

८२० पटक

श्रावण ११, २०७८/ काठमाण्डौ

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ । निर्वाचन आयोगले आधिकारिकताका लागि आज साेमवार आयोगमै गरेको कार्यकारिणी समितिका सदस्यको सनाखतमा यादवको पक्षमा बहुमत देखिएपछि आधिकारिकता प्रदान गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यमध्ये ३४ जनाले उपेन्द्र यादव पक्षमा र १६ जनाले महन्थ ठाकुर पक्षमा हस्ताक्षर गरेका आयोगले जनाएको छ । सनाखतकै लागि जेलबाट निर्वाचन आयोग लगिएका जसपा कार्यकारिणी सदस्य रेसम चौधरी भने तटस्थ बस्नुभएको छ ।

अब महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गर्नुपर्नेछ । तर त्यसका लागि ठाकुर पक्षले ४० प्रतिशत सांसद र ४० प्रतिशत केन्द्रीय सदस्यको समर्थन पाउनुपर्नेछ ।

जसपाका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईका अनुसार अहिलेको अवस्थामा अर्को पक्षले ४० प्रतिशत पुर्‍याउन सक्ने अवस्था नरहेकाले जसपा दल विभाजनबाट बचेको छ ।

निर्वाचन आयोगले आधिकारिकता दिएपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले जसपा छिट्टै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताउनुभएको छ । पार्टीका बाँकी सदस्यले आत्मालोचनासहित सच्चिएर आएमा विचार गरिने अध्यक्ष यादवको भनाइ थियो ।

जसपाको ठाकुर पक्षको संसदीय दलका नेता राजेन्द्र महतोले शोषण र उत्पीडनमा परेका नागरिकका लागि एक वर्षअघि पार्टी एकीकरण गरिएकामा आज विभाजनको अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको भन्दै मधेशका मुद्दा र अधिकारका लागि नागरिकको साथ लिएर अघि बढ्ने बताउनुभयो ।

-उज्यालोवाट

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...