News Portal

रेडियो सुन्नुहोस्

जसपाकाे आधिकारिकता उपेन्द्रलाइ, अप्ठ्यारोमा ठाकुर-महतो

१०६० पटक

श्रावण ११, २०७८/ काठमाण्डौ

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ । निर्वाचन आयोगले आधिकारिकताका लागि आज साेमवार आयोगमै गरेको कार्यकारिणी समितिका सदस्यको सनाखतमा यादवको पक्षमा बहुमत देखिएपछि आधिकारिकता प्रदान गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यमध्ये ३४ जनाले उपेन्द्र यादव पक्षमा र १६ जनाले महन्थ ठाकुर पक्षमा हस्ताक्षर गरेका आयोगले जनाएको छ । सनाखतकै लागि जेलबाट निर्वाचन आयोग लगिएका जसपा कार्यकारिणी सदस्य रेसम चौधरी भने तटस्थ बस्नुभएको छ ।

अब महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गर्नुपर्नेछ । तर त्यसका लागि ठाकुर पक्षले ४० प्रतिशत सांसद र ४० प्रतिशत केन्द्रीय सदस्यको समर्थन पाउनुपर्नेछ ।

जसपाका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईका अनुसार अहिलेको अवस्थामा अर्को पक्षले ४० प्रतिशत पुर्‍याउन सक्ने अवस्था नरहेकाले जसपा दल विभाजनबाट बचेको छ ।

निर्वाचन आयोगले आधिकारिकता दिएपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले जसपा छिट्टै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताउनुभएको छ । पार्टीका बाँकी सदस्यले आत्मालोचनासहित सच्चिएर आएमा विचार गरिने अध्यक्ष यादवको भनाइ थियो ।

जसपाको ठाकुर पक्षको संसदीय दलका नेता राजेन्द्र महतोले शोषण र उत्पीडनमा परेका नागरिकका लागि एक वर्षअघि पार्टी एकीकरण गरिएकामा आज विभाजनको अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको भन्दै मधेशका मुद्दा र अधिकारका लागि नागरिकको साथ लिएर अघि बढ्ने बताउनुभयो ।

-उज्यालोवाट

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...