News Portal

रेडियो सुन्नुहोस्

अबैध काठ कारोवारमा संलग्न ५ जनालाई मुद्धा

सिखबर संवाददाता
१०७२ पटक

प्यूठान, १२ साउन । सरुमारानी गाउँपालिकाका ५ जनालाई अबैध काठ कारोवारमा संलग्न रहेको आरोपमा डिभिजनल वन कार्यालय प्यूठानले मुद्धा चलाएको छ । सरुमारानी गाउँपालिकाको कालीवन सामुदायिक वनबाट विना स्विकृती काठ कटान गरेको आरोपमा कार्यालयले जिल्ला अदालत प्यूठानमा मुद्धा दायर गरेको सहायक वन अधिकृत दिपक केसीले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार ७६ थान चिरान सालको ४५.५५ क्युफिट अवैध काठ बरामत गरेको हो । अवैध काठ काटी लुकाइ छिपाई राखेको सुचना प्राप्त भएको आधारमा वडा नं. १ का अभियुक्त अशोक गुरुङको घरमा खानतलासी गर्दै जाँदा उनी सहित अन्य ४ जना गरी ५ जना घटनामा संलग्न भएको पुष्टि भएको थियो ।

त्यस्तै अन्य अभियुक्तहरुमा द्रोण बहादुर सुनार, दुर्गा बहादुर बि.क. सुनार, बोम बहादुर कुमाल र वडा नं. ३ का सन्तोष कुमार बि.क. रहेका छन । अनुसन्धानका क्रममा लु ४ त १७ ३२ को ट्याक्टर समेत काठ ओसारपसार गरेको आरोपमा नियन्त्रणमा लिइएको छ । यिनीहरुलाई २६ दिन अँघि अनुसन्धानका लागि पक्राउ गरी आइतवार जिल्ला अदालत प्यूठानमा मुद्धा दायर भएको हो । अभियुक्तहरुले घर नजिकै बारीमा माटो मुनी गाडेर काठ राखेको अवस्थामा अवैध काठ फेला परेको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...