News Portal

रेडियो सुन्नुहोस्

अबैध काठ कारोवारमा संलग्न ५ जनालाई मुद्धा

सिखबर संवाददाता
१०८३ पटक

प्यूठान, १२ साउन । सरुमारानी गाउँपालिकाका ५ जनालाई अबैध काठ कारोवारमा संलग्न रहेको आरोपमा डिभिजनल वन कार्यालय प्यूठानले मुद्धा चलाएको छ । सरुमारानी गाउँपालिकाको कालीवन सामुदायिक वनबाट विना स्विकृती काठ कटान गरेको आरोपमा कार्यालयले जिल्ला अदालत प्यूठानमा मुद्धा दायर गरेको सहायक वन अधिकृत दिपक केसीले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार ७६ थान चिरान सालको ४५.५५ क्युफिट अवैध काठ बरामत गरेको हो । अवैध काठ काटी लुकाइ छिपाई राखेको सुचना प्राप्त भएको आधारमा वडा नं. १ का अभियुक्त अशोक गुरुङको घरमा खानतलासी गर्दै जाँदा उनी सहित अन्य ४ जना गरी ५ जना घटनामा संलग्न भएको पुष्टि भएको थियो ।

त्यस्तै अन्य अभियुक्तहरुमा द्रोण बहादुर सुनार, दुर्गा बहादुर बि.क. सुनार, बोम बहादुर कुमाल र वडा नं. ३ का सन्तोष कुमार बि.क. रहेका छन । अनुसन्धानका क्रममा लु ४ त १७ ३२ को ट्याक्टर समेत काठ ओसारपसार गरेको आरोपमा नियन्त्रणमा लिइएको छ । यिनीहरुलाई २६ दिन अँघि अनुसन्धानका लागि पक्राउ गरी आइतवार जिल्ला अदालत प्यूठानमा मुद्धा दायर भएको हो । अभियुक्तहरुले घर नजिकै बारीमा माटो मुनी गाडेर काठ राखेको अवस्थामा अवैध काठ फेला परेको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...