News Portal

रेडियो सुन्नुहोस्

मोबाइल चोरेको आरोपमा बालक माथि कुटपिट

गिता गाैतम पाेख्रेल  १५ साउन २०७८ प्यूठान
१०८६ पटक
  १५ साउन २०७८ प्यूठान

मोबाइल चोरेको आरोपमा ऐरावती गाउँपालिका ५ पकलामा ७ वर्षिय बालक माथि निर्घात रुपमा कुटपिट भएको छ ।

ऐरावती गाउँपालिका वडा नं ५ का नमराज श्रेष्ठले मोवाईल चोरी गरेको आरोपमा ७ वर्षिय बालक प्रवेश पाठकमाथि कुटपिट गरेको हो । मंगलबार आफु बाटोमा हिड्दै गर्दा मोवाईल हराएको र उन माथि चोरीको झुठा आरोप लगाउदै कुटपिट गरेको गाउँपालिकाकी बाल सन्जालकी अध्यक्ष मेनुका रावतले जानकारी दिनुभयो ।

बालकको बाहिरी भागमा चोटपटक नदेखिए पनि भित्री असाय चोट भएको हुन सक्ने भन्दै बरौला स्वास्थय चौकीबाट प्यूठान अस्पताल रिफर गरेको पिडीत बालककी आमा लक्ष्मि पाठकले बताइन । बाल सन्जाल र पिडित परिवारले बरौला प्रहरी चौकीमा पिडकलाइ कारवाहीको माग गर्दै उजुरी दिएका छन् । गाउँ घरको घटना भएको भन्दै घरमै मिलाउन खोजेपनि सामान्य उपचारका लागी सम्पर्क गर्दा श्रेष्ठले चासो नदिएपछि प्रहरीमा उजुरी दिएको आमा लक्ष्मि पाठकले बताइन् ।

उता मोवाइल हराएपछि बालकलाई सोधपुछ गर्दा नभेटाएको र पछि उसैको घरमा भेटिएको श्रेष्ठले बताए । बालकलाई सामान्य रुपमा कुटपिट गरेको श्रेष्ठले स्विकार गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...