News Portal

रेडियो सुन्नुहोस्

संक्रमण बढेसँगै नयाँ म्यूटे‌ड भेरियन्टमा ध्यान दिन विज्ञको सुझाव

बिष्णु पाण्डेय१ भदौ २०७८, काठमाडौं
९७५ पटक
१ भदौ २०७८, काठमाडौं

गृह मन्त्रालयले पहिलो र दोस्रो लहरमा सूचिकृत अस्पतालहरुलाई पुनः संक्रमितको उपचार गर्न निर्देशन दिएपछि कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहरको सम्भावना बढेको पुष्टि भएको स्वास्थ्यविद्हरुले बताउनुभएको छ ।
अस्पतालमा थपिएका संक्रमितहरुको अवस्था र सरकारले उपचार केन्द्र थप गर्न दिएको निर्देशन अनुसार तेस्रो लहरको पुष्टि भएको उहाँहरुले स्पष्ट पार्नुभएको हो ।
ईपिडिमीयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक तथा भाईरोलोजिष्ट डा. वासुदेव पाण्डेयले कोरोना संक्रमण दरमा कमी नदेखिनु र कोरोनाको नयाँ म्यूटेसन समुदायमा रहेका कारण पनि संक्रमण बढिरहेको हुनसक्ने बताउनुभएको छ ।
अहिलेको अवस्थामा हप्ता हप्तामा समुदायबाट नमूना जम्मा गरेर भाइरसको नयाँ म्यूटेसन भए÷नभएको पत्ता लगाउनु आवश्यक रहेको उहाँले बताउनुभयो ।
खोपको प्रयोगबाट कोरोना संक्रमण दरलाई घटाउन सकिने भए पनि खोप केन्द्रमा नै भीडभाड रहेको र स्वास्थ्य मापदण्डको पालना नभएको कारणले पनि संक्रमण दरलाई नियन्त्रणमा लिन कठिनाई भएको उहाँको दावी छ ।
खोप लगाइसकेकाले स्वास्थ्य मापदण्डको पालनामा बेवास्ता गर्ने गरेको पाइएकाले पनि संक्रमण दरमा कम नभएको उहाँ बताउनुहुन्छ । यस्तै, जनस्वास्थ्यविद् प्रा.डा. केदार बरालले कोरोना संक्रमणमा कमी नआएको हुँदा नयाँ म्यूटेड भेरियन्ट समुदायमा फैलिएको हुन सक्ने भएकाले सबै तथ्याङ्कलाई मसिनो गरी हेर्नुपर्ने, कोही संक्रमितलाई फरक खालको लक्षण देखिनासाथ उक्त व्यक्तिमा भएको भाइरसको पहिचान गर्नुपर्ने उहाँले औंल्याउनुभयो ।
तर भाइरसको म्यूटेसनको जाँचमा सरकार चुकेको भनाइ राख्दै उहाँले खोपको प्रभावकारिताको विषयमा पनि सरकारले ध्यान दिनु आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
यस्तै, जनस्वाथ्यविद् डा. बाबुराम मरासिनीले पनि कोरोना भाइरसको नयाँ म्यूटेड भेरियन्टको बारेमा सरकारले ध्यान नदिँदा जोखिम झन् बढ्न सक्ने बताउनुभयो । अहिलेको डेल्टा भेरियन्ट बढी संक्रामक भएकाले यसको नयाँ म्यूटेसनहरु चाँडो चाँडो देखिनसक्ने उहाँको भनाइ छ ।
कोरोना संक्रमण रोकथामको लागि मास्कको प्रयोग र स्वास्थ्य मापदण्डको पालनामा कडाई सँगसँगै भाइरसको म्यूटेसनमा पनि ध्यान दिनु आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

 

गाेरखापत्र अन्लाइनबाट

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...