News Portal

रेडियो सुन्नुहोस्

हराएको फोन कसरी फेला पार्ने ?

झुलेनी संवाददाता८ भदाै २०७८ प्यूठान
८५४ पटक
८ भदाै २०७८ प्यूठान

आफ्नो फोन हराएको वा चोरिएको घटना हामीमध्ये धेरैले भोगेकै हुन्छौँं । कहिलेकाही घरमै कतै आफैं फोन राखिएको हुन्छ, तर खोजी गर्दा भेट्टाउनै गाह्रो पर्दछ । यस्तो अवस्थामा यदि तपाईंले उक्त स्मार्टफोनसँग उबष्चभम गरेको स्मार्टवाचको Find My Phone फिचरबाट पनि फोन कतै लुकेको फोन फेला पार्न सक्नुहुन्छ । त्यस्तै यदि फोन साइलेन्समा छैन भने कसैलाई कल गर्न लगाएर रिङटोन बजेको आधारमा पनि घरभित्रको फोन फेला पार्न सकिन्छ ।

तर यदि तपाईंको फोन घरबाहिर हराएको हो भने फोन फेला पार्न अलिक अतिरिक्त मेहेनत गर्नुपर्ने हुन्छ । यद्यपि तपाईंले बाहिर कतै हराएको फोन कहाँ छ ? भन्ने कुरा घरबाटै पत्ता लगाउन सक्नुहुन्छ र फोनका सबै डाटा मेट्न पनि सक्नुहुन्छ ।
गुगलले एउटा सामान्य प्रक्रिया उपलब्ध गराएको छ जसबाट प्रयोगकर्ताले आफ्नो हराएको एन्ड्रोइड फोन भेट्टाउन, लक गर्न तथा सबै डाटा मेट्न सक्दछन् ।
Find My Device फिचरबाट एन्ड्रोइड प्रयोगकर्ताले आफ्नो हराएको फोन कुन ठाउँमा छ भन्ने लोकेट गर्न, त्यसमा रिमोट्ली नयाँ पिन नम्बर, पासकोड वा प्याटर्न सेट गर्न तथा फोन चोर्ने वा फेला पार्नेहरुलाई आफुलाई फोन गरेर फोन फिर्ता दिनका लागि आग्रह सहितको सन्देश लेखेर उक्त हराएको फोनको स्क्रिनमा प्रदर्शन गराउन पनि सकिन्छ ।
आफ्नो हराएको वा चोरिएको फोनका रहेका गोप्य तथा महत्वपूर्ण डाटाहरु अरुले प्राप्त गर्न नसकुन् भन्नका लागि फोनमा रहेका सबै डाटाहरु डिलिट गर्न तथा उक्त फोन यसको वास्तविक धनी बाहेक अरुका लागि कामै नलाग्ने पनि बनाउन सकिन्छ ।
हराएको फोनका डाटा मेट्न तथा फोन फेला पार्नका लागि:
आफ्नो हराएको फोन पत्ता लगाउन, लक गर्न तथा फोनमा रहेका डाटा मेट्नका लागि केही पूर्वशर्तहरु आवश्यक पर्दछन् ।
फोन स्विच अन गराइएको हुनु पर्दछ र प्रयोगकर्ताले फोनमा गुगल अकाउन्ट साइनइन गरेको हुनुपर्दछ । त्यस्तै फोनमा मोबाइल डाटा वा वाइफाइ चलेको हुनुपर्दछ, गुगल प्लेमा देखिएको हुनुपर्दछ, लोकेसन सेटिंग्स अन हुनुपर्दछ भनेFind My Device सेटिंग्स पनि बन्द रहेको हुनुहुँदैन । यदि उल्लेखित सबै पूर्वशर्तहरु सहितको तपाइँको एन्ड्रोइड फोन हराएको हो भने फोन फेला पर्नका लागि निम्नानुसारको प्रक्रिया पूरा गर्नुहोस‍:

–कुनैपनि डिभाइसमा android.com/find मा लगइन गरी फोनमा पनि प्रयोग गरेको आफ्नो गुगल अकाउन्ट साइन इन गर्नुहोस् । साइन इन गरिसकेपछि तपाईंले आफ्नो फोनको विवरण बायाँ किनाराको माथिपट्टि देख्नहुनेछ । यदि एउटै अकाउन्टबाट धेरै फोनमा लगइन गर्नुभएको हो भने त्यसमध्ये हराएको फोन छान्नुहोस् । त्यसमा फोनको ब्याट्रीलाइफ देखि कुन समयमा हराएको लगायतका सबै विवरण देखिन्छन् ।
–गुगलले उक्त फोन अहिले कहाँ छ भन्ने अनुमानित स्थान गुगल म्यापमा देखाइदिन्छ । फोनको हालको लोकेसन पत्ता नलागे पनि अन्तिम पटक कुन लोकेसनमा थियो भन्ने चाहिँ देख्न सकिन्छ ।
–यदि फोन भएको स्थान नजिकै देखाएको छ र तपाईं तत्कालै जान सक्नुहुनछ भने त्यहाँ गएर तपाईंले Play Sound अप्सनमा क्लिक गर्नुहोस् । त्यसो गर्दा तपाईंको हराएको फोनमा लगातार पाँच मिनेटसम्म रिङटोन बज्दछ, त्यसो गर्दा तपाईंले फोन फेला पार्न सक्नुहुन्छ । तपाईंको फोन साइलेन्समा भएको भएपनि यो फिचरले फोनमा रिङटोन बजाउन सकिन्छ ।
–फोनको लोकेसन कुनै अज्ञात ठाउँको छ भने एन्ड्रोइडले नै प्रयोगकर्तालाई आफै फोन खोज्न जानुको साटो कानून कार्यान्वयन गर्ने निकायसँग सम्पर्क गर्नुहोस् भन्ने सूचना देखाउँदछ । जसले सिरियल नम्बर वा आईएमईआई नम्बर खोज्न सक्दछन् ।
–यदि तपाईंले हराएको फोनको स्क्रिन लक गर्न चाहुनुहुन्छ भने माथि उल्लेखित एन्ड्रोइडको वेबसाइट भित्रै रहेको Secure Device अप्सन छान्नुहोस् । यसबाट तपाइँले फोन लक गर्न तथा गुगल साइन आउट गर्न सक्नुहुन्छ । साथै तपाईंले आफ्नो हराएको फोनको स्क्रिनमा मेसेज पठाउन पनि सक्नुहुन्छ, ता कि फोन चोर्ने वा फेला पार्नेले उक्त सन्देश पढेर तपाईंको फोन फिर्ता दिन सक्दछ ।
–त्यस्तै तपाईंले फोनमा रहेका सबै डाटा डिलिट गर्नका लागि Erase Device अप्सन पनि छनोट गर्न सक्नुहुन्छ । यसो गर्दा तपाईंको हराएको फोनका सबै डाटा स्थायी रुपमै डिलिट हुन्छन् । त्यसपछिFind My Device फिचरले पनि काम गर्दैन । यदि तपाईंको फोनको स्वीच अफ गरिएको छ वा फोनमा डाटा वा वाइफाइ कनेक्ट छैन भने चाहिँ तपाईंले यसरी डाटा डिलिट गर्न सक्नुहुन्न ।

एजेन्सीको सहयोगमा

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...