News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा एमाले फुटको असर सामान्य

झुलेनि नेटवर्क२०७८ भाद्र ११ प्यूठान
२५४१ पटक
२०७८ भाद्र ११ प्यूठान

एमाले नेता माधव नेपालले एमाले फूटाएर नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेपछि प्यूठानमा एमालेको फुटको असर सामान्य देखिएको छ । २०१ सदस्य जिल्ला कमिटि मध्ये ३ जना बाहेक सबै एमालेमै खुलेका छन् । जनवर्गिय संघ संगठनमा पनि फुटको असर खासै देखिएको छैन् ।

नेकपाबाट एमाले ब्युतिएपछि माधव नेपाल नेतृत्वमा समानान्तर कमिटि गठन हुॅदा तीन जना जिल्ला कमिटि सदस्य समानान्तर कमिटिमा बसेका थिए । सो बेला भोजबिक्रम बुढा मगरको संयोजकत्वमा ६९ सदस्यीय समानान्तर कमिटि गठन भएको थियो । पार्टी फुटेपछि उनीहरु समेत खुलेका छैनन् । अहिले विधिवत रुपमा निर्वाचन आयोगमा नयाँ पार्टी बनेपछि पनि जिल्लामा एकीकृत समाजवादी पार्टीमा जानेहरुको संख्या नगन्य छ ।

 

जिल्लाको ९ स्थानीय तहमध्ये एमालेले ३ वटा गाउँपालिका र २४ वटा वडा अध्यक्षमा जितेको थियो । यि सबै जनप्रतिनिधि संस्थापन नेकपा एमालेमा खुलेरै लागेको एमाले जिल्ला कमिटि अध्यक्ष तुल्सीराम शर्माले बताए । संस्थापन पक्षसँग बिद्रोह गरी समानान्तर कमिटि बन्दा देखि अहिले नयाँ पार्टी गठन हुँदासम्म निर्वाचित जनप्रतिनिधि नयाँ पार्टीमा खुलेर देखिएका छैनन् । प्यूठान नगरपालिका उपमेयर र एकजना वडा सदस्यले आफुहरु तटस्थ रहेको बताउँदै आएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...