News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा एमाले फुटको असर सामान्य

झुलेनि नेटवर्क२०७८ भाद्र ११ प्यूठान
२३५८ पटक
२०७८ भाद्र ११ प्यूठान

एमाले नेता माधव नेपालले एमाले फूटाएर नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेपछि प्यूठानमा एमालेको फुटको असर सामान्य देखिएको छ । २०१ सदस्य जिल्ला कमिटि मध्ये ३ जना बाहेक सबै एमालेमै खुलेका छन् । जनवर्गिय संघ संगठनमा पनि फुटको असर खासै देखिएको छैन् ।

नेकपाबाट एमाले ब्युतिएपछि माधव नेपाल नेतृत्वमा समानान्तर कमिटि गठन हुॅदा तीन जना जिल्ला कमिटि सदस्य समानान्तर कमिटिमा बसेका थिए । सो बेला भोजबिक्रम बुढा मगरको संयोजकत्वमा ६९ सदस्यीय समानान्तर कमिटि गठन भएको थियो । पार्टी फुटेपछि उनीहरु समेत खुलेका छैनन् । अहिले विधिवत रुपमा निर्वाचन आयोगमा नयाँ पार्टी बनेपछि पनि जिल्लामा एकीकृत समाजवादी पार्टीमा जानेहरुको संख्या नगन्य छ ।

 

जिल्लाको ९ स्थानीय तहमध्ये एमालेले ३ वटा गाउँपालिका र २४ वटा वडा अध्यक्षमा जितेको थियो । यि सबै जनप्रतिनिधि संस्थापन नेकपा एमालेमा खुलेरै लागेको एमाले जिल्ला कमिटि अध्यक्ष तुल्सीराम शर्माले बताए । संस्थापन पक्षसँग बिद्रोह गरी समानान्तर कमिटि बन्दा देखि अहिले नयाँ पार्टी गठन हुँदासम्म निर्वाचित जनप्रतिनिधि नयाँ पार्टीमा खुलेर देखिएका छैनन् । प्यूठान नगरपालिका उपमेयर र एकजना वडा सदस्यले आफुहरु तटस्थ रहेको बताउँदै आएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...