प्यूूठान, नेकपा एमाले मल्लरानि गाउँपालिकाकाे अगुवा कार्यक्रता भेला सम्पन्न भएकाे छ। पार्टीको पालिका अध्यक्ष सुनिल शाहि लेकालिकाे अध्यक्षतामा सम्पन्न भेलाले ९१ सदस्यीय अधिवेशन आयोजक समिति गठन गरेकाे छ। खलंगामा भएकाे भेलालाई नेकपा एमालेका जिल्ला अध्यक्ष तुल्सिराम शर्माले सम्वाेधन गर्नुभएकाे हाे।
पार्टीलाई मजबुद बनाउनकाे लागि वडा कमिटिकाे भेलालाई सफल बनाउन कार्यकर्तालाई आग्रह गर्नुभयाे। उहाँले माधव कुमार नेपालले घरमा आगो लगाएर हिडेकाे भन्दै अक्षम्य गल्ती गरेकाे भन्दै भ्रममा नपरि एमाले र सुर्य चिन्हकाे पक्षमा जनताकाे विचमा जानुपर्ने बताउनु भयाे।
भेलाले वडा कमिटिकाे भेलाकाे मिति समेत तय गरेकाे भेलामा सहभागी जिल्ला कमिटि सदस्य सन्देश आचार्यले बताउनु भयाे। भेलालाई प्रदेश कमिटिका सल्लाहकार समितिका सदस्य बुद्व बहादुर जिसि, जिल्ला सदस्य पशुपतिनारायण नकर्मीले सम्बाेधन गरेका हुन् ।