News Portal

रेडियो सुन्नुहोस्

कृत्रिम/प्राकृतिक गर्भाधान र यसको महत्व ।

गिरिराज पौडेल२०७८ भाद्र २४
४१०२ पटक
२०७८ भाद्र २४

पशुहरुलाई प्रजनन गराउने यो आधुनिक एवं वैज्ञानिक तरीका हो । यस तरीकावाट सजिलै सँग पशुहरुको नश्ल सुधार गरी तिनीहरुको उत्पादकत्व वढाउन सकिन्छ । कृत्रिम गर्भाधान कार्य सफलता पूर्वक गर्न शुक्रकिट स्वस्थ्य र जिवीत हुनु पर्छ । कृत्रिम गर्भाधान भनेको कृत्रिम तरीकावाट राम्रो नश्लको भालेवाट संकलन गरिएको विर्य भाले खोजेको पोथी पशु (गाई, भैंसी) आदिलाई ठिक समयमा गर्भाशयको ठिक ठाउंमा कृत्रिम तरीकावाट राखी गर्भाधान गराउने प्रकृयालाई कृत्रिम गर्भाधान भनिन्छ । अनि भालेको शुक्रकिट र पोथीको डिम्बको मिलन हुन्छ र वच्चा वढन शुरु हुन्छ ।

कृत्रिम गर्भाधानवाट जन्मिएका सन्तानहरुले बढी दुध दिनुका साथै स्थानीय जातको तुलनामा चाडै साढे खोज्छन् । कृषकहरुलाई साढे पाल्ने झंझट पनि व्यहोर्नु नपर्ने र कृषकको श्रम र समय वचत हुन्छ । यसवाट उत्तम गुणहरु भएका असल साढे/राङ्गोको विर्यवाट बढी भन्दा बढी मात्रामा अनेकौं गाईभैंसीहरुलाई गर्भाधान गराउन सकिन्छ ।

आफूले चाहेको जातका वाच्छावाच्छी जन्माउन, पाठेघर एवं गर्भाशय सम्बन्धी रोगहरु गाईहरुमा सर्न समेत पाउदैन । सांढे लैजान नसकिने विकट ठाउंहरुमा पनि उन्नत नश्लका वाच्छावाच्छीहरु उत्पादन गर्न सकिन्छ । उन्नत र असल भाले वुढो भएपछि र मरिसकेपछि पनि कैयौं वर्षसम्म त्यसको संरक्षित विर्यवाट पोथीहरुलाई गर्भाधान गराउन सकिन्छ । नियमित रुपमा विर्य जांच हुने हुंदा कमसल खालका सांढेको विर्य प्रयोग हुदैनन् र सधै राम्रा वाच्छावाच्छीहरु जन्मन्छन् ।

साधारणतया पशुले भाले खोजेको ६ घण्टादेखि २४ घण्टासम्म कृत्रिम गर्भाधान गर्न सकिन्छ । तर १२ घण्टादेखि २० घण्टाको अवधि भित्र कृत्रिम गर्भाधान गर्दा सवभन्दा बढी गर्भाधान भएको पाइएको छ । बिहानीपख भाले खोजेको पशुले त्यहि दिनको साँझ कृत्रिम गर्भाधान गर्न सक्दछन भने दिउँसोपख भाले खोजेको पशुले भोलिपल्टाको बिहान र साझको समयमा भाले खोजेको पशुुले भोलिपल्ट दिउँसो कृत्रिम गर्भाधान गर्ने गर्दछन ।

प्राकृत्रिक गर्भाधान भने सांढे वा राङ्गोवाट गाई वा भैंसी हिटमा आएको वखत प्राकृतिक रुपले गराउने प्रजननलाई प्राकृतिक प्रजनन भनिन्छ । यो हाम्रो देशमा मुख्य रुपमा भइरहेको छ । प्राकृत्रिक गर्भाधान जुनसुकै ठाउं र समयमा पनि उपलव्ध हुने एवं् गहन प्रविधिको आवश्यकता समेत नपर्ने हुँदा विशेष उपकरणहरुको आवश्यकता पर्दैन ।

तर प्राकृतिक प्रजननको लागि सांढे, राङ्गो पाल्न खर्चिलो हुनुका साथै गुण नियन्त्रण गर्न गाह्रो हुन्छ । संक्रामक रोगहरु एक अर्कोमा सर्ने सार्ने, राम्रो नश्लको अपाङ्ग सांढे राङ्गो प्रयोग गर्न नसकिने हुन्छ । हाडनाता प्रजनन हुन सक्ने र जसले गर्दा कम उत्पादनशील पशु जन्मन सक्नुको साथै नराम्रो, कमसल खालको सांढे राङ्गो लाग्न सक्ने इत्यादि यसका वेफाइदा रहेको छ ।

लेखक : शाखा अधिकृत पशु सेवा शाखा प्यूठान नगरपालिका प्यूठानमा कार्यरत छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...