News Portal

रेडियो सुन्नुहोस्

बालुवाटारमा देउवा-पौडेल कुराकानी

झुलेनी पाेष्ट२०७८ भाद्र २४
७८६ पटक
२०७८ भाद्र २४

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टी महाधिवेशन तयारीलगायत विषयमा कुराकानी भएको छ। बिहीबार बिहान सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच बालुवाटारमा कुराकानी भएको हो। कांग्रेसले भदौ १८ मा छ हजार सात सय ४३ वडामा अधिवेशन गर्ने भने पनि जम्मा ५६ जिल्लामा मात्रै अधिवेशन भएका छन् भने २१ जिल्लाभित्रका वडाहरूमा अधिवेशन बाँकी नै छ। सभापति देउवाकै गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यतासम्बन्धी विवाद छ।

बागी उम्मेदवारले पनि क्रियाशील सदस्यता पाउनु पर्ने आवाज उठेका छन्। तलबाट पठाइएका नाम काटेर केन्द्रबाट थप गरिएकोमा डडेल्धुरा कांग्रेसले विरोध गरेको छ। भदौ २५ मा अधिवेशन गर्ने भने पनि दुई पक्षबीच विवाद समाधान हुन सकेको छैन। अन्यत्र पनि क्रियाशीलबारे विवाद देखिएका छन्। यसबारे छलफल गरी निचोड निकाल्न सभापति र वरिष्ठ नेता कुराकानी गरेका हुन्।

महाधिवेशन तयारीबारे छलफल गर्न आज अपरान्ह ३ बजे बूढानिलकण्ठमा शीर्ष नेताहरूको बैठक बस्ने सम्भावना पनि रहेको स्रोतले जानकारी दियो। कांग्रेसले मंसिर ९ गतेदेखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने भनेको छ। भदौ २७ मा गाउँपालिका र नगरपालिका अधिवेशन गर्ने भने पनि वडा अधिवेशन नै सकिएको छैन। अब गाउँ/नगर अधिवेशन सर्ने सम्भावना छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...