तरकारीका बेर्ना उमारेरै यहा“का किसान लोकराज पोख्रेलले वार्षीक लाखौ कमाउँछन् । स्कूल पढ्दाको उमेरदेखि कृषि कर्ममा पौरख थालेका पोखरेल यो ब्यवसायबाट नाम र दाम दुवै कमाएका छन् । पढाई खर्च जुटाउन प्याज, गोपी र कागतीका बेर्ना उमार्न थालेका उनी ५१ वर्षको उमेरसम्म आम्दानीको प्रमुख स्रोत यही बनाएका छन् ।
‘रातामाटा पढ्दा १३ वर्षको हु“दो हु“’ उनले भने, ‘जीवनभर यहि पेशा गरौंला भन्ने सोचेकै थिएन,’ घरको आर्थिक स्थिती कमजोर हुँदा बाध्यताले पढाई खर्च जुटाउन नर्सरी राखेको हु“ । यसैमा यही कामलेनै जीवन बित्ने भो’, उनले भने । यहि पेशाबाट कमाएको पैसाले उनको घरव्यवहार चलेको छ । नर्सरीमा राखेका बिरुवा बेच्ने र बढी भएका बिरुवा आफ्नै खेतबारीमा लगाउने गरेका छन् । ‘मैले नर्सरी स्थापना गर्दा जिल्लामा अरु कसैको पनि थिएन’, पोख्रेलले भने । जिल्लामा बेर्ना उमार्ने पेशामा पोख्रेल सबैभन्दा अव्बल मानिन्छन् ।
मौषमी,बेमौषमी दुवै खेती गर्दै आएका पोख्रेलले प्यूठान नगरपालिका ३ बिजयनगरमा ५ रोपनी क्षेत्रफलमा नर्सरी र तरकारी खेती छ । अहिले उनका नर्सरीमा प्याज, ब्रो काउली, फुल काउली, टमाटर, खुर्सानी लगाउतका बेर्ना बेच्नका लागि तयारी अवस्थामा छन् । ‘अहिले १ रोपनी क्षेत्रफलमा ३० किलो बिउको प्याज उमारेको छु“’,उनले भने, ‘जिल्ला भित्र र बाहिरबाट पनि अर्डर आएको छ ।’ बिरुवा बेच्न बजारको अभाव छैन उनलाई ।
बिजयनगर, दाखाक्वाडी, खैरा, टारी, विजुवार, पुण्यखोला, बाग्दुला, बड्डा“डा, बाङ्गेशाल, खलंगा, भिंगृ लगायतका ठाउबाट बिरुवा लिन किसानहरु घरमै आइपुग्छन् । बढी भएका बिरुवा रोल्पा, अर्घाखाची, गुल्मि, भालुवाङ, देउखुरी लैजाने गरेको उनले बताए ।
तरकारी र बिरुवाबाट खर्च कटाएर उनले वार्षिक ५ लाख बचाउ“छन् । यसैको कमाइवाट उनले छोराछोरीलाई उच्च शिक्षा पढाएका छन् । छोराले बिएस्सी पढिरहेका छन् भने छोरीले बिबिए पढाई गरीरहेका छन् ।
३८ वर्षदेखि एउटै पेशा गरीरहेका उनले तरकारी र नर्सरी खेतीको कमाईबाट २ तले पक्कि घर बनाएका छन् । पोख्रेलबाट नर्सरी स्थापना गर्न सिकेका जिल्लामा दर्जनौं किसान रहेका छन् । तरकारीको नर्सरीसँगै उनले श्रीखण्डका बिरुवा पनि उत्पादन गर्दै आएका थिए । यहा“ उत्पादन भएका श्रीखण्डका करिव २० हजार बिरुवा जिल्ला वन कार्यालयलाई बिक्रि बार्षीक रुपमा बिक्रि गर्ने गरेको सुनाए ।
बेर्ना कृषि कार्यालयले प्रमाणीकरण गरेर मात्र बिक्रि गर्ने गरेको उनले बताए । ३० रोपनी खेत भाडामा लिएर उनले ७ वर्षदेखि बिउ उत्पादन गर्दै आएको बताए । बिउ बिक्रिबाट वार्षिक २ लाखभन्दा बढी कमाइ हुदै आएको छ । वुवाको २०६१ सालमा मृत्यु भएपछि आर्थिक समस्या बढ्दा पोख्रेल रोजगारीका लागि भारतको मन्द्रास गएका थिए । त्यहा होटलमा गार्डको रोजागरी पाएका उनले सोचेजस्तो कमाउन सकेनन् । गाउमा छदा नर्सरीको कमाईभन्दा गार्डको कमाई थोरै भएपछि फेरी जन्मभूमीमै फर्केर पुरानै पेशा गर्न थालेका हुन् ।
राज्य पूर्नसंरचना भएर स्थानीय तह कार्यान्वयन भएपछि भने उनको स्थानीय सरकार प्रति गुनासो छ । वर्षौदेखि आफूले कृषि पेशा गर्दै आएपनि नगरपालिकाबाट अनुदान, प्रोत्साहन र भ्रमणका कार्यक्रममा सहभागी नगराएको उनले बताए । ‘वडा कार्यालय र नगरपालिकाले प्रत्येक वर्ष सुचना निकाल्दा कैयौं पटक प्रस्तावना पेश गरे’, उनले भने, ‘दलका आसेपासे कार्यकर्ता छानिए तर म परिन ।’