News Portal

रेडियो सुन्नुहोस्

२० वर्ष देखि निरन्तर तरकारी खेतिमा

झुलेनी नेटवर्क२०७८ असौज ६
९४४ पटक
२०७८ असौज ६

प्यूठान नगरपालिका ४ ढाडमंग्राका ४६ वर्षीय भिमबहादुर थापा तरकारी खेतिमा लागेको २० वर्ष भयो । हिउँदे/बर्खे तरकारी बिक्रि गरेर उनको परिवार चलेको छ । सुरुमा मकै/गहुँ लगाउने बारीका पाटाभरी तरकारी रोप्दा उनलाई छिमेकीले खिसी गर्थे । तर, उनले तरकारी खेतिबाट गरेको आम्दानी देखेर हिजोआज छिमेकीले पनि तरकारी लगाउन थालेका छन् ।

‘२०५८ सालदेखि व्यवसायिक तरकारी खेति गर्न थालेको हुँ,’थापाले भने, ‘अन्यत्र जागिर गर्न गएको भए पेन्सन निस्कने बेला भो । अझै माटोमै दुई नंग्रा खियाउन परिरहेको छ । तर, कुनै पछुतो छैन ।’ दुई छोरा र एक छोरीलाई पठनपाठन लगायत अन्य सबै खर्च तरकारीको आम्दानीले धानेको थापाले बताए । ‘युवा अवस्थादेखि नै यसैमा लागियो,’ थापाले भने, ‘भाउ पाएको बेला राम्रो कमाइ हुन्छ । नपाएपनि लगानी खेर कहिल्यै जादैन ।’

सुरु/ सुरुमा आफ्नो थोरै जग्गामा खेतिगर्ने गरेको थापाले बताए । ‘तरकारीबाट राम्रो आम्दानी हँुदै गयो,’उनले भने,‘भाडामा जग्गा लिएर पनि गरे । पछि कमाइ बढ्दै गएपछि थप १८ रोपनी जग्गा समेत किनेर तरकारी खेति गर्न थालेको छु ।’ तरकारी खेतिका लागि सिचाइ गर्न थापाले आफ्नै लगानीमा पाइप मार्फत सिंचाइको लागि निजी पानीको समेत बन्दोबस्त गरेको बताए । ‘सिचाइको लागि कुनै चिन्ता छैन्,’ उनले भने, ‘तरकारीकै आम्दानीले २०६० सालमा पानी ल्याएको हुँ ।’

दम्पतीनै तरकारीमा लागेकाले राम्रो आम्दानी भइरहेका बेला दुई वर्ष अघि श्रीमतीको मृत्यु भएपछि तरकारी खेतिमा निरन्तरता दिन केहि समस्या परेको थापाले सुनाए । ‘श्रीमतीको उपचारमा खर्च धेरै भो,’थापाले भने, ‘बचाउन सकिएन ।’श्रीमतीको मृत्यृ पछि छोरा/छोरीले साथ दिएको थापाले बताए । हिजोआज ३ हजार टमाटर र २ हजार भन्दा बढी बन्दा गोपिका बेर्ना लगाएको थापाले बताए ।

‘टमाटार भर्खर पाक्न थालेको छ,’थापाले भने, ‘बन्दा डल्ला पर्दै छन् ।’ रोगकिरा नलागे ३ लाख बढी बचत गर्ने योजना सहित मेहनत गरेको थापाले बताए । ‘बजारमा भाउ भएकै समयमा टमाटर निस्कन थालेको छ,’ उनलेभने, ‘बन्दाको पनि भाउ पाय राम्रो कमाइ हुन्छ ।’ उनले एउटा टमाटरको बोटबाट ३ देखि ५ किलोसम्म फल्ने अनुमान गरेको बताए ।

राम्रोसँग मेहनत गरेर तरकारी फलाए पनि विक्रि गर्नको लागि व्यबस्थीत बजारको बस्दोबस्त नहुँदा किसानले नोक्सानी व्यर्होन परेको थापाको गुनासो छ । ‘उपभोक्ताले पनि महँगोमा तरकारी खानु परेको छ,’थापाले भने, ‘किसानले पनि मेहनत जति दाम पाउदैनन् ।’ फाइदा धेरै बिचौलियाले लिने गरेको थापाले बताए ।

बिचौलियाले ३५/४० रुपैयाँ मार्जीन राखेर तरकारी खरिद गरेर बिक्रि गर्ने गरेको थापाले बताए । नगरपालिकाको मुख्य बजारी केन्द्र बिजुवारमा कृषि संकलन केन्द्र भए ढाडमंग्रा क्षेत्रका किसानलाई राहत मिल्ने थापाको भनाइ छ । उनले तरकारी खेति गरेको २० वर्ष भएपनि कतैबाट सरकारी अनुदानका लागि आबेदन नभरेको बताए । ‘हामीलाई बरु अनुदान चाहिएको छैन्,’थापाले भने, ‘उत्पादन गरेको तरकारी बजार पुर्‍याउने बाटो र बजारको सुनिश्चिता गरिदिए धेरै फाइदा गथ्र्यौ ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...