News Portal

रेडियो सुन्नुहोस्

२० वर्ष देखि निरन्तर तरकारी खेतिमा

झुलेनी नेटवर्क२०७८ असौज ६
९५८ पटक
२०७८ असौज ६

प्यूठान नगरपालिका ४ ढाडमंग्राका ४६ वर्षीय भिमबहादुर थापा तरकारी खेतिमा लागेको २० वर्ष भयो । हिउँदे/बर्खे तरकारी बिक्रि गरेर उनको परिवार चलेको छ । सुरुमा मकै/गहुँ लगाउने बारीका पाटाभरी तरकारी रोप्दा उनलाई छिमेकीले खिसी गर्थे । तर, उनले तरकारी खेतिबाट गरेको आम्दानी देखेर हिजोआज छिमेकीले पनि तरकारी लगाउन थालेका छन् ।

‘२०५८ सालदेखि व्यवसायिक तरकारी खेति गर्न थालेको हुँ,’थापाले भने, ‘अन्यत्र जागिर गर्न गएको भए पेन्सन निस्कने बेला भो । अझै माटोमै दुई नंग्रा खियाउन परिरहेको छ । तर, कुनै पछुतो छैन ।’ दुई छोरा र एक छोरीलाई पठनपाठन लगायत अन्य सबै खर्च तरकारीको आम्दानीले धानेको थापाले बताए । ‘युवा अवस्थादेखि नै यसैमा लागियो,’ थापाले भने, ‘भाउ पाएको बेला राम्रो कमाइ हुन्छ । नपाएपनि लगानी खेर कहिल्यै जादैन ।’

सुरु/ सुरुमा आफ्नो थोरै जग्गामा खेतिगर्ने गरेको थापाले बताए । ‘तरकारीबाट राम्रो आम्दानी हँुदै गयो,’उनले भने,‘भाडामा जग्गा लिएर पनि गरे । पछि कमाइ बढ्दै गएपछि थप १८ रोपनी जग्गा समेत किनेर तरकारी खेति गर्न थालेको छु ।’ तरकारी खेतिका लागि सिचाइ गर्न थापाले आफ्नै लगानीमा पाइप मार्फत सिंचाइको लागि निजी पानीको समेत बन्दोबस्त गरेको बताए । ‘सिचाइको लागि कुनै चिन्ता छैन्,’ उनले भने, ‘तरकारीकै आम्दानीले २०६० सालमा पानी ल्याएको हुँ ।’

दम्पतीनै तरकारीमा लागेकाले राम्रो आम्दानी भइरहेका बेला दुई वर्ष अघि श्रीमतीको मृत्यु भएपछि तरकारी खेतिमा निरन्तरता दिन केहि समस्या परेको थापाले सुनाए । ‘श्रीमतीको उपचारमा खर्च धेरै भो,’थापाले भने, ‘बचाउन सकिएन ।’श्रीमतीको मृत्यृ पछि छोरा/छोरीले साथ दिएको थापाले बताए । हिजोआज ३ हजार टमाटर र २ हजार भन्दा बढी बन्दा गोपिका बेर्ना लगाएको थापाले बताए ।

‘टमाटार भर्खर पाक्न थालेको छ,’थापाले भने, ‘बन्दा डल्ला पर्दै छन् ।’ रोगकिरा नलागे ३ लाख बढी बचत गर्ने योजना सहित मेहनत गरेको थापाले बताए । ‘बजारमा भाउ भएकै समयमा टमाटर निस्कन थालेको छ,’ उनलेभने, ‘बन्दाको पनि भाउ पाय राम्रो कमाइ हुन्छ ।’ उनले एउटा टमाटरको बोटबाट ३ देखि ५ किलोसम्म फल्ने अनुमान गरेको बताए ।

राम्रोसँग मेहनत गरेर तरकारी फलाए पनि विक्रि गर्नको लागि व्यबस्थीत बजारको बस्दोबस्त नहुँदा किसानले नोक्सानी व्यर्होन परेको थापाको गुनासो छ । ‘उपभोक्ताले पनि महँगोमा तरकारी खानु परेको छ,’थापाले भने, ‘किसानले पनि मेहनत जति दाम पाउदैनन् ।’ फाइदा धेरै बिचौलियाले लिने गरेको थापाले बताए ।

बिचौलियाले ३५/४० रुपैयाँ मार्जीन राखेर तरकारी खरिद गरेर बिक्रि गर्ने गरेको थापाले बताए । नगरपालिकाको मुख्य बजारी केन्द्र बिजुवारमा कृषि संकलन केन्द्र भए ढाडमंग्रा क्षेत्रका किसानलाई राहत मिल्ने थापाको भनाइ छ । उनले तरकारी खेति गरेको २० वर्ष भएपनि कतैबाट सरकारी अनुदानका लागि आबेदन नभरेको बताए । ‘हामीलाई बरु अनुदान चाहिएको छैन्,’थापाले भने, ‘उत्पादन गरेको तरकारी बजार पुर्‍याउने बाटो र बजारको सुनिश्चिता गरिदिए धेरै फाइदा गथ्र्यौ ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...