News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा विद्युत झ्याप्प झ्याप्प : उपभोक्तालाइ हैरानी

मधुसुधन पोख्रेल२०७८ असौज ६ प्यूठान
८९३ पटक
२०७८ असौज ६ प्यूठान

पछिल्लो समय प्यूठानमा बिद्युत आउने जाने समस्या धेरै बढेको छ । दैनिक ५० देखि ६० पटक सम्म विद्युत जान थाले पछि सेवाग्राहि हैरान भएका छन । बिद्युतबाट संचालन हुने विभिन्न उद्योग धन्दाहरु संचालन हुन नसकेको सेवाग्राहि बताउछन । बिद्युत मिनेट मिनेटमा जान थालेपछी व्यवसाय संचालनमा समस्या भएको प्यूठान नगरपालिका ३ व्यबसायी हेमन्त पाठकले बताए ।

प्युठानबाट उत्पादन हुने विद्युतले प्यूठान,रोल्पा,दाङ,अर्घाखाचिमा संचाल भएको छ । उत्पादन हुने विद्युत धेरै ठाउँमा विस्तार भएको हुनाले यस्तो समस्या भएको नेपाल विद्युत प्राधिकरण जुम्री वितरण केन्द्रका कार्यलय प्रमुख लोकबहादुर खड्काले बताए । पछिल्लो समय विद्युत जानुको मुख्य समस्या भनेको एउटा सवस्टेसनबाट धेरै ठाउँमा विद्युत विस्तार हुनु र अर्घाखाचिको विद्युत विस्तारले प्यूठानमा समस्या बढी देखिएको खड्का को भनाई छ ।

एकै ठाउँबाट विस्तार भएको विद्युत बर्खाको समयमा पहिरो जान्छ खड्काले भने “ एक ठाउँमा विग्रीयो भने सवै ठाउँ विद्युत अवरोध हुन्छ ।” पछिल्लो समय पावोर हाउसमै समस्या देखिएको खड्काले बताए । प्यूठान नगरपालिका ८ दम्तीमा निर्माण भएको सवस्टेसन सञ्चालन गर्न पहल भइरहेको कार्याल्यले जनाएको छ । ‘पुराना पोल हटाएर नयाँ राख्ने काम भइरहेको छ,’ खड्काले भने,‘ दुइ तिन महिना पछी सवस्टेसनको काम सम्मपन्न भए बिद्युत आउनेजाने समस्या हल हुन्छ ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...