News Portal

रेडियो सुन्नुहोस्

एमाले विधान महाधिवेशनको तयारी पूरा, ६ हजार प्रतिनिधि सहभागी हुने

झुलेनी पाेष्ट२०७८ असाेज १४
११९० पटक
२०७८ असाेज १४

नेकपा एमालेको भोलीबाट हुने पहिलो विधान महाधिवेशनको तयारी पुरा भएको छ । बिहीबार एमाले विधान महाधिवेशन मुल व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी विधान महाधिवेशनको तयारी पुरा भएको जनाएको हो । समितिले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार शुक्रबार दिउँसो १२ : १५ बजे महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

ललितपुरको सनराइज हलमा हुने सम्मेलनको बेलुन उडाउनुका साथै राष्ट्रिय गान गाएर उद्घाटन गरिनेछ । उद्घाटन सत्रलाई अध्यक्ष ओली लगायतका नेताहरुले सम्बोधन गर्नेछन् । उद्घाटन सत्रपछि तीनवटा प्रस्ताव पेश गरिने र दोस्रो दिन १६ गते समूहगत छलफल हुनेछन् । १७ समूहगत छलफलबाट आएका सुझावको संक्षेपीकरण गर्दै सम्मेलन समापन गर्ने तयारी रहेको छ ।

एमालेले महाधिवेशनको व्यवस्थापनलाई चुस्तदुरुस्त गर्न पार्टी केन्द्रीय कमिटीको बैठकबाट स्थायी कमिटी सदस्य रामबहादुर थापा संयोजक, शेरबहादुर तामाङ. सचिव र कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ. शेर्पा सदस्य रहेको मूल व्यवस्थापन समिति गठन गरेको थियो ।  साभार रातेपाटीबाट

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...