News Portal

रेडियो सुन्नुहोस्

एमाले विधान महाधिवेशनको तयारी पूरा, ६ हजार प्रतिनिधि सहभागी हुने

झुलेनी पाेष्ट२०७८ असाेज १४
९४१ पटक
२०७८ असाेज १४

नेकपा एमालेको भोलीबाट हुने पहिलो विधान महाधिवेशनको तयारी पुरा भएको छ । बिहीबार एमाले विधान महाधिवेशन मुल व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी विधान महाधिवेशनको तयारी पुरा भएको जनाएको हो । समितिले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार शुक्रबार दिउँसो १२ : १५ बजे महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

ललितपुरको सनराइज हलमा हुने सम्मेलनको बेलुन उडाउनुका साथै राष्ट्रिय गान गाएर उद्घाटन गरिनेछ । उद्घाटन सत्रलाई अध्यक्ष ओली लगायतका नेताहरुले सम्बोधन गर्नेछन् । उद्घाटन सत्रपछि तीनवटा प्रस्ताव पेश गरिने र दोस्रो दिन १६ गते समूहगत छलफल हुनेछन् । १७ समूहगत छलफलबाट आएका सुझावको संक्षेपीकरण गर्दै सम्मेलन समापन गर्ने तयारी रहेको छ ।

एमालेले महाधिवेशनको व्यवस्थापनलाई चुस्तदुरुस्त गर्न पार्टी केन्द्रीय कमिटीको बैठकबाट स्थायी कमिटी सदस्य रामबहादुर थापा संयोजक, शेरबहादुर तामाङ. सचिव र कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ. शेर्पा सदस्य रहेको मूल व्यवस्थापन समिति गठन गरेको थियो ।  साभार रातेपाटीबाट

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...