News Portal

रेडियो सुन्नुहोस्

चार्ड पर्व लक्षित यात्रालाई मर्यादित बनाउन प्यूठानमा यात्रु सहायता कक्षको स्थापना

बोम बहादुर परियार २०७८ असोज १५ प्यूठान
१०४५ पटक
२०७८ असोज १५ प्यूठान

दशैँ, तिहार, छठपर्बलाई लक्षित गरि प्यूठान जिल्लामा यात्रु सहायता कक्ष निर्माण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठान ले जिल्लाको दरभान, चकचके , र बाग्दुलामा शुक्रबार देखि सहायता कक्ष सुरुवात गरेको हो ।

दशैँ तिहार को समयमा जिल्ला भित्र तथा बाहिरबाट आउने यात्रुहरुलाई यात्रामा कठिनाई नहोस र यात्रालाई सहजता बनाउनको लागि सहायता कक्ष स्थापना गरिएको प्युठान जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक मधु थापाले जानकारी गराउनु भयो ।

कोभिड १९ लाई मध्यनजर गर्दै सवारी चालक र यात्रुलाई मास्क को प्रयोग गरि यात्रा गर्न उहाले आग्रह समेत गर्नुभएको थियो ।

बाग्दुलाबाट उद्घाटन गरिएको कार्यक्रममा प्रमुख अथिती लिलाप सिह केसिले चार्ड पर्बको समयमा नगरिक समाज , बजार ब्याबस्थापान समिती , विभिन्न ब्याबसायीहरु र जिल्लाका हरेक निकायको सकृयतामा चार्डपर्वलाई अनुसासित र यातायात लाई मर्यादित बनाउन आग्रह गर्नुभएको थियो ।

त्यस्तै स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा लि का सुचना अधिकारी हरि खड्काले बढा दशैँ तथा तिहारको सुभकामना दिदै यातायात सेवालाई मर्यादित बनाउदै जिल्लाभित्र वा जिल्ला बाहिर सवार गर्ने लामो तथा छोटो दुरिका सवारी साधनबाट यात्रुहरु भाडामा ठगिन नपरोस भनी प्रहरीसङ्ग समन्वय गरि कक्ष स्थापना गरिएको बताउनु भयो । साथै कुनैपनि यात्रुहरु भाडादरमा ठगिएको उजुरी आएमा स्वयम जबाफ देहि हुने उहाले बताउनु भयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...