News Portal

रेडियो सुन्नुहोस्

प्रहरीको जागीर छोडेर गाउँमै बाख्रापालन

एलबी थापा
१०७२ पटक

यहाँका युवाले प्रहरीको जागीर छोडेर गाउँमै बाख्रापालन व्यवसाय सुरु गरेका छन् । गौमुखी गाउँपालिका ५, खुङ निवासी रबिन्द्र मल्लले नेपाल प्रहरीको जागीर छोडेर गाउँमै व्यवसाय सुरु गरेका हुन् । प्रहरीमा ५ वर्ष जागीर गरेका उबले पछिल्लो ३ वर्षदेखि बाख्रापालन गरीरहेका छन् ।

‘सुरुमा १५ वटा बाख्रा खरीद गरी व्यवसाय सुरु गरेको हुँ’, उनले भने, ‘अहिले फर्मममा ३२ वटा बाख्रा छन् ।’ मल्लका अनुसार गतवर्ष ८० वटा सम्म बाख्रा पुगेका थिए । फर्म स्थापना गर्दा करिव ६ लाख रुपैयाँ लगानी गरेका मल्लले अहिले २ लाख ७५ हजार मा उदयपुरबाट एउटा १०० प्रसेन्ट बोयर बोका समेत खरिद गरेका छन् । टाढाबाट बोका ल्याउँदा ४० हजार रुपैयाँ गाडी भाडा लागेको बताए ।

बाख्रा फर्म सञ्चालनका लागि उनले १ सय ९ दिन लगाएर आफैले खोर निर्माण गरेको बताए । फर्ममा मल्लसँगै श्रीमतीको पनि सहयोग गर्दै आएकी छिन् । ‘सुरुमा स्थायी जागीर छोडेर के कृषि गर्न लागेको भन्ने लाग्थ्यो’, श्रीमती दुर्गाले भनिन्, ‘अहिले यो व्यवसायबाट सन्तुष्ट छौं ।’ उनका अनुसार श्रीमान श्रीमती दुवैले बाख्रा चराउने, घाँस काट्ने, दानापानी दिने सबै आफै गर्दै आएका छन् ।

फर्मबाट मासिक सरदर ५०÷६० हजार कारोवार हुदै आएकोमा वार्षिक ६ लाख भन्दा बढी कारोवार घटाएर आम्दानी हुने गरेको छ । पैसा कमाउनका लागि कैयौं युवाहरु विदेसिने चलन रहेकोमा उनले नेपालमै सरकारी जागिर छोडेर गाउँमै व्यवसाय थाल्नुले सकरात्मक सन्देश दिएको छ ।

व्यवस्याय सञ्चालनका लागि मल्लले जय मा दुर्गा श्री कृषी तथा पशुपंक्षी पालन फर्म स्थापना गरेका छन् । फर्मबाट नियमित रुपमा खसी, बोका, पाठा, पाठी र बोयर क्रस बाख्रा बिक्रि हुँदै आएका छन् । बाख्रापालनसँगै फर्ममा उनले लोकल कुखुरा र हाँस पनि पालेका छन् । अहिले केहिँ संख्यामा हाँस राखेपछि आउँदो वर्षमा हाँसलाई बिस्तार गर्ने सोचमा रहेको उनले बताए ।

फर्ममा काम गर्दा गर्दै बाख्रालाई लाग्ने सानो तिनो रोगको उपचार पनि आफै गर्दै आएका छन् । मल्लका अनुसार फर्ममा बहुवर्षिय जातका घाँसका बिरुवाको नर्सरी समेत स्थापना गरेका छन् । ‘कृषि कर्म नै गर्ने उद्धेश्य लिएको छु’, मल्लले भने, ‘विदेश जाने युवाहरुले आफ्नो ब्यवसायबाट सिको गर्न अनुरोध गर्दछुँ ।’

फर्म सञ्चालनका लागि गौमुखी गाउँपालिकाले हौसलाका लागि ७ लाख अनुदान दिएको थियो । ‘सुरुमा आफै स्थापना गरीयो’, उनले भने, ‘पछि केहिँ कठिन हुँदै थियो, गाउँपालिकाले अनुदान दिएकोले बाख्रापालन सजिलै चल्दै आएको छ ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...