News Portal

रेडियो सुन्नुहोस्

बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, ६ घाइते : रोल्पा

झुलेनी नेटवर्क २०७८ मंसिर ०३, रोल्पा
५८७ पटक
२०७८ मंसिर ०३, रोल्पा

माडी गाउँपालिका २ जलजलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
दाङको घोराहीबाट रोल्पा थबाङ तर्फ जादै गरेको ना ३ ख ५५१८ नम्बरको बस बिहिबार साँझ दुर्घटना हुँदा ३ पुरुष र एक जना महिलाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए । मृतकहरुको पहिचान हुन सकेको छैन ।
दुर्घटनामा परेर घाइते भएका ६ जनाको घर्तीगाउँमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । बस शहिद मार्ग देखि १०० मिटर तल माडिखोलामा खसेको छ । भने घटनाको बारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...

१२ वर्षीय वालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । गौमुखी...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...