News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा पौडेल निकट समुह निर्वाचित : २४ जिल्लामा चुनिए कांग्रेस सभापति

देउवा र पौडेल समूहबीच बराबरी

झुलेनी नेटवर्क२०७८ मंसिर ८
७६२ पटक
२०७८ मंसिर ८

कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत २४ जिल्लाको अधिवेशन सकिएको छ । कांग्रेसले पहिलो चरणमा १४ वटा हिमाली जिल्लाको अधिवेशन गरेको थियो । दोस्रो चरणमा एक मात्र निर्वाचन क्षेत्र भएका २१ जिल्लाको अधिवेशन चलिरहेको छ । तीमध्ये १० जिल्लाको परिणाम आएको हो ।

बुधबार विहानसम्मको अपडेट अनुसार दोस्रो चरणमा अधिवेशन भएका भोजपुर, डडेलधुरा, पाँचथर, प्यूठान, अर्घाखाँची, सल्यान, लमजुङ, जुम्ला, डोल्पा र बैतडीको जिल्ला अधिवेशन सकिएको छ । अहिलेसम्म अधिवेशन सकिएका २४ जिल्ला मध्ये १२ जिल्लामा पौडेल समूह निकट जिल्ला सभापतिहरू चुनिएका छन् भने  १२  जिल्लामा सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिहरू चुनिएका छन् ।

यसचरणको अधिवेशनमा भोजपुरमा विनोद बान्तावा, डडेलधुरामा भीमबहादुर साउद, पााचथरमा रुपनारायण जवेगु, प्यूठानमा विष्णुकुमार गिरी, अर्घाखााचीमा केशव श्रेष्ठ, सल्यानमा केसबहादुर बिष्ट, लमजुङमा टकराज गुरुङ, जुम्लामा कर्णबहादुर शाही, डोल्पामा दीपेन्द्र बहादुर शाही र बैतडीमा चतुरबहादुर चन्द जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

कांग्रेसले सोमबारदेखि क्षेत्रीय अधिवेशन र एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन गरिरहेको छ । जसअन्तर्गत एक मात्र निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये २३ जिल्लाको अधिवेशन सकिएको हो ।

संस्थापन पक्षका जिल्ला सभापतिहरू :-

डोल्पा – दीपेन्द्रबहादुर शाही
जुम्ला – कर्णबहादुर शाही
लमजुङ – टकराज गुरुङ
डडेलधुरा – भीमबहादुर साउद
पाँचथर – रुपनारायण जवेगु
सल्यान – केसबहादुर बिष्ट
मनाङ – शंकर गुरुङ
हुम्ला – मोहन विक्रम सिंह
ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ
रामेछाप – कान्छाराम तामाङ
मुगु – ऐनबहादुर शाही
म्याग्दी – खमबीर गर्बुजा
पौडेल समूहनिकट सभापतिहरू
भोजपुर – विनोद बान्तावा
प्यूठान – विष्णुकुमार गिरी
अर्घाखची – केशव श्रेष्ठ
बैतडी – चतुरबहादुर चन्द
रुकुमपूर्व – केशरमान रोका
मुस्ताङ – रोमी गौचन थकाली
संखुवासभा – दिपक खड्का
गोरखा – नन्दप्रसाद न्यौपाने
दोलखा – बर्मा लामा
कालिकोट – अम्मबहादुर शाही
बझाङ – खडक बोहरा
बाजुरा – रामसिंह रावल

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...