News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा पौडेल निकट समुह निर्वाचित : २४ जिल्लामा चुनिए कांग्रेस सभापति

देउवा र पौडेल समूहबीच बराबरी

झुलेनी नेटवर्क२०७८ मंसिर ८
८६७ पटक
२०७८ मंसिर ८

कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत २४ जिल्लाको अधिवेशन सकिएको छ । कांग्रेसले पहिलो चरणमा १४ वटा हिमाली जिल्लाको अधिवेशन गरेको थियो । दोस्रो चरणमा एक मात्र निर्वाचन क्षेत्र भएका २१ जिल्लाको अधिवेशन चलिरहेको छ । तीमध्ये १० जिल्लाको परिणाम आएको हो ।

बुधबार विहानसम्मको अपडेट अनुसार दोस्रो चरणमा अधिवेशन भएका भोजपुर, डडेलधुरा, पाँचथर, प्यूठान, अर्घाखाँची, सल्यान, लमजुङ, जुम्ला, डोल्पा र बैतडीको जिल्ला अधिवेशन सकिएको छ । अहिलेसम्म अधिवेशन सकिएका २४ जिल्ला मध्ये १२ जिल्लामा पौडेल समूह निकट जिल्ला सभापतिहरू चुनिएका छन् भने  १२  जिल्लामा सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिहरू चुनिएका छन् ।

यसचरणको अधिवेशनमा भोजपुरमा विनोद बान्तावा, डडेलधुरामा भीमबहादुर साउद, पााचथरमा रुपनारायण जवेगु, प्यूठानमा विष्णुकुमार गिरी, अर्घाखााचीमा केशव श्रेष्ठ, सल्यानमा केसबहादुर बिष्ट, लमजुङमा टकराज गुरुङ, जुम्लामा कर्णबहादुर शाही, डोल्पामा दीपेन्द्र बहादुर शाही र बैतडीमा चतुरबहादुर चन्द जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

कांग्रेसले सोमबारदेखि क्षेत्रीय अधिवेशन र एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन गरिरहेको छ । जसअन्तर्गत एक मात्र निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये २३ जिल्लाको अधिवेशन सकिएको हो ।

संस्थापन पक्षका जिल्ला सभापतिहरू :-

डोल्पा – दीपेन्द्रबहादुर शाही
जुम्ला – कर्णबहादुर शाही
लमजुङ – टकराज गुरुङ
डडेलधुरा – भीमबहादुर साउद
पाँचथर – रुपनारायण जवेगु
सल्यान – केसबहादुर बिष्ट
मनाङ – शंकर गुरुङ
हुम्ला – मोहन विक्रम सिंह
ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ
रामेछाप – कान्छाराम तामाङ
मुगु – ऐनबहादुर शाही
म्याग्दी – खमबीर गर्बुजा
पौडेल समूहनिकट सभापतिहरू
भोजपुर – विनोद बान्तावा
प्यूठान – विष्णुकुमार गिरी
अर्घाखची – केशव श्रेष्ठ
बैतडी – चतुरबहादुर चन्द
रुकुमपूर्व – केशरमान रोका
मुस्ताङ – रोमी गौचन थकाली
संखुवासभा – दिपक खड्का
गोरखा – नन्दप्रसाद न्यौपाने
दोलखा – बर्मा लामा
कालिकोट – अम्मबहादुर शाही
बझाङ – खडक बोहरा
बाजुरा – रामसिंह रावल

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...