News Portal

रेडियो सुन्नुहोस्

महको स्वाद मा रमाएका तुल बहादुर : मह र तरकारीबाटै वार्षिक १० लाख

मधुसुधन पोख्रेल
७७४ पटक

विहानै उठेर घरछेउँमा मह भरिएका डब्बा मिलाउनमा ब्यस्त हुन्छन तुल बहादुर खड्का । अहिले मह उत्पादनको सिजन भएकाले मौरीको हेरचाह र मह उत्पादनमै आज भोलि व्यस्त हुन्छन् उनी । स्वर्गद्वारी नगरपालिका ४ बाजिपुर स्थित काकपाति खोलाको छेउमा उनको कृषि फर्म छ ।

उनले आफ्नो श्रीमतिको नाममा सिता कृषि फर्म दर्ता गरि मौरी पालन संगै कुखुरा पालन, तरकारी खेति समेत गरेका छन् । खड्काले १० वर्ष देखि यो पेशा गर्दे आएका छन । थोरै लगानी बाट सुरु गरेको कृषि व्यवसाय आजभोली चम्कीएको छ । खड्कालाई श्रीमति संगै घरपरिवारको पनि सहयोग मिलेको छ । बाहिरी जिल्लाबाट मौरी चराउन ल्याउने व्यवसायीबाट प्रभावित भई मौरी पालनमा लागेको बताउँछन ।

‘सुरुमा १६ घार मौरी खरीद गरेको हुँ’, खड्काले भने, ‘अहिले २९ घार मौरी छन, महको माग बढेकाले पु¥याउन सकिएको छैन ।’ स्वर्गद्वारी दर्शन गर्न आउने तिर्थयात्रुहरुले प्यूठानको कोशेलीको रुपमा धेरैले मह किन्ने गरेको उनि बताउछन । बाटो छेउमै रहेको उनको पसल बाट दैनिक ५० किलो देखी एक क्विन्टल सम्म मह बिक्रि हुने गरेको छ ।

लामो समय देखि कृषिमा सकृय खड्काले मह तथा अन्य कृषिबाट खर्च कटाएर १० लाख भन्दा माथि आम्दानी हुने गरेको खड्काले झुलेनी पोष्टसँगको कुराकानीमा बताए । उनका अनुसार मौरीपालन सँगै खड्काले तरकारी खेती पनि गर्दै आएका छन् । सिजन सिजन अनुसार माहुरी प्यूठानका विभिन्न ठाउँ र बाहिरी जिल्ला दाङ, भैरहवा, नाराणघाट सम्म चराउन लग्ने गरेको खड्काले बताउछन ।

स्थानीय सरकारले कृषि पेशामा लाग्नेहरुलाई अनुदानका कार्यक्रम दिनेगरेपनि खड्काले भने चाख्न नपाएको दुखेसो गरे । ‘अनुदानका कार्यक्रममा राजनीति हुन्छ’, उनले भने, ‘केही काम गर्छु भन्नेका लागि भागबन्डा हुँदा आफू जस्ता कृषकहरु पर्न सकिएको छैन ।’

रोजगारका लागि गाउँका कैयौं युवाहरु विदेशिने प्रचलन बढीरहेका बेला गाउँमै मनग्य कमाएर उदाहरणीय व्यक्तित्व बन्न पुगेका छन् खड्का । अल्छी गर्ने र अरुको मुख ताक्नेका लागि खड्का गाउँमा नमुना कृषक बनेका छन् । स्वदेसमै गरेको सानो लगानीले राम्रो आम्दानी भएको हुँदा आफू र आफ्नो परिवार सुखी र खुसी भएको उनले बताए । ‘मेहनेत गरी पौरख गर्ने हो भने सरकारलाई गुहारेर खुट्टा ढोग्न पर्दैन’ उनले भने ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...

१२ वर्षीय वालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । गौमुखी...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...