News Portal

रेडियो सुन्नुहोस्

महको स्वाद मा रमाएका तुल बहादुर : मह र तरकारीबाटै वार्षिक १० लाख

मधुसुधन पोख्रेल
११०७ पटक

विहानै उठेर घरछेउँमा मह भरिएका डब्बा मिलाउनमा ब्यस्त हुन्छन तुल बहादुर खड्का । अहिले मह उत्पादनको सिजन भएकाले मौरीको हेरचाह र मह उत्पादनमै आज भोलि व्यस्त हुन्छन् उनी । स्वर्गद्वारी नगरपालिका ४ बाजिपुर स्थित काकपाति खोलाको छेउमा उनको कृषि फर्म छ ।

उनले आफ्नो श्रीमतिको नाममा सिता कृषि फर्म दर्ता गरि मौरी पालन संगै कुखुरा पालन, तरकारी खेति समेत गरेका छन् । खड्काले १० वर्ष देखि यो पेशा गर्दे आएका छन । थोरै लगानी बाट सुरु गरेको कृषि व्यवसाय आजभोली चम्कीएको छ । खड्कालाई श्रीमति संगै घरपरिवारको पनि सहयोग मिलेको छ । बाहिरी जिल्लाबाट मौरी चराउन ल्याउने व्यवसायीबाट प्रभावित भई मौरी पालनमा लागेको बताउँछन ।

‘सुरुमा १६ घार मौरी खरीद गरेको हुँ’, खड्काले भने, ‘अहिले २९ घार मौरी छन, महको माग बढेकाले पु¥याउन सकिएको छैन ।’ स्वर्गद्वारी दर्शन गर्न आउने तिर्थयात्रुहरुले प्यूठानको कोशेलीको रुपमा धेरैले मह किन्ने गरेको उनि बताउछन । बाटो छेउमै रहेको उनको पसल बाट दैनिक ५० किलो देखी एक क्विन्टल सम्म मह बिक्रि हुने गरेको छ ।

लामो समय देखि कृषिमा सकृय खड्काले मह तथा अन्य कृषिबाट खर्च कटाएर १० लाख भन्दा माथि आम्दानी हुने गरेको खड्काले झुलेनी पोष्टसँगको कुराकानीमा बताए । उनका अनुसार मौरीपालन सँगै खड्काले तरकारी खेती पनि गर्दै आएका छन् । सिजन सिजन अनुसार माहुरी प्यूठानका विभिन्न ठाउँ र बाहिरी जिल्ला दाङ, भैरहवा, नाराणघाट सम्म चराउन लग्ने गरेको खड्काले बताउछन ।

स्थानीय सरकारले कृषि पेशामा लाग्नेहरुलाई अनुदानका कार्यक्रम दिनेगरेपनि खड्काले भने चाख्न नपाएको दुखेसो गरे । ‘अनुदानका कार्यक्रममा राजनीति हुन्छ’, उनले भने, ‘केही काम गर्छु भन्नेका लागि भागबन्डा हुँदा आफू जस्ता कृषकहरु पर्न सकिएको छैन ।’

रोजगारका लागि गाउँका कैयौं युवाहरु विदेशिने प्रचलन बढीरहेका बेला गाउँमै मनग्य कमाएर उदाहरणीय व्यक्तित्व बन्न पुगेका छन् खड्का । अल्छी गर्ने र अरुको मुख ताक्नेका लागि खड्का गाउँमा नमुना कृषक बनेका छन् । स्वदेसमै गरेको सानो लगानीले राम्रो आम्दानी भएको हुँदा आफू र आफ्नो परिवार सुखी र खुसी भएको उनले बताए । ‘मेहनेत गरी पौरख गर्ने हो भने सरकारलाई गुहारेर खुट्टा ढोग्न पर्दैन’ उनले भने ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...