News Portal

रेडियो सुन्नुहोस्

अख्तियारले छानबिन गरिरहेका व्यक्तिलाई राप्तीको निमित्त उपकुलपतिको जिम्मा

रजिष्ट्रार र शिक्षाध्यक्ष दुवैको योग्यतामाथि प्रश्न

झुलेनी नेटवर्क२०७८ पुस २ काठमाडौं
९२४ पटक
२०७८ पुस २ काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योग्यतामाथि प्रश्न उठेका व्यक्तिलाई नै थप जिम्मेवारी दिएको छ। स्वास्थ्य मन्त्री विरोध खतिवडाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा वसन्त लामिछानेलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन्।

डा लामिछानेको योग्यताका विषयमा प्रश्न उठेपछि अख्तियारले छानबिन गरिरहेको छ। डा लामिछाने प्रतिष्ठानको शिक्षाध्यक्ष हुन समेत योग्यता नपुग्ने भन्दै उनीमाथि उजुरी परेपछि अख्तियारले छानबिन अगाडि बढाएको हो। अख्तियारले स्वास्थ्य मन्त्रालयसँग पनि यो विषयमा जानकारी माग गरेको छ।

योग्यताका विषयमा अख्तियारले नै मन्त्रालयसँग जानकारी माग गरेको अवस्थामा उही व्यक्तिलाई नै थप त्यो भन्दा माथिल्लो पदमा जिम्मेवारी दिनुको पछाडि आर्थिक चलखेलको शंका समेत गरिएको छ।

शिक्षाध्यक्ष डा लामिछानेसहित प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाको समेत योग्यताका विषयमा प्रश्न उठेको छ।

प्रतिष्ठानको पदाधिकारी सम्बन्धी नियमावली २०७४ अनुसार शिक्षाध्यक्ष डा लामिछाने र रजिष्ट्रार थापालाई ती पदमा नियुक्त गर्न योग्यता पुग्दैन।शिक्षाध्यक्षको मापदण्ड काम कर्तव्य र अधिकार सम्बन्धी व्यवस्थामा शिक्षाध्यक्ष बन्न मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्सा शास्त्र विषयमा कम्तिमा स्नातकोत्तर उपाधी गरी प्राध्यापक पदमा नियुक्त भई कम्तिमा ३ वर्ष काम गरेको व्यक्ति हुनुपर्दछ।

’शिक्षाध्यक्षमा नियुक्त भएका डा लामिछाने एसोसिएट प्रोफेसर हुन्। यो आधारमा हेर्दा उनी शिक्षाध्यक्षका लागि पनि योग्य देखिँदैनन्,’ स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो, ’तर उनै अयोग्य व्यक्तिलाई नै मन्त्रीले निमित्त उपकुलपतिको समेत जिम्मा दिएका छन्। यसका पछाडि ठूलै चलखेल भएको छ।’

मन्त्री खतिवडाले बिहीबार डा लामिछानेलाई निमित्त उपकुलपतिको समेत जिम्मा दिएका हुन्। डा लामिछानेले जिम्मा दिएको केही दिन अघि मात्र मन्त्रालयमा अख्तियारले डा लामिछाने र रजिष्ट्रार थापाका विषयमा विवरण उपलब्ध गराउन पत्र पठाएको छ। तर उक्त पत्रको व्यवस्था गर्दै योग्यताका विषयमा छानबिन चलिरहेका व्यक्तिलाई नै मन्त्रीले जिम्मेवारी दिएका छन्।

यस्तै प्रतिष्ठानको रजिष्ट्रार हुनका लागि पनि मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्सा शास्त्र÷ अस्पताल प्रशासन÷व्यवस्थापन विषयमा कम्तीमा स्नातकोत्तर उपाधी प्राप्त गरी शैक्षिक प्रशासन, अस्पताल प्रशासनको क्षेत्रमा कम्तीमा दश वर्ष काम गरी अनुभव हासिल गरेको व्यक्ति हुनुपर्छ। तर थापाले स्नातकोत्तर गरेको नै १० वर्ष नपुगेको भन्दै उनी विरुद्ध पनि उजुरी परेको हो। उजुरीमा उनको स्नातकोत्तर तहको प्रमाणपत्र मगाएर हेरेमा उनको अनुभव र उत्तिर्ण वर्ष प्रष्ट हुने पनि उल्लेख छ।

 

 

स्वास्थ्यखबर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...