News Portal

रेडियो सुन्नुहोस्

एमालेले भीम रावललाई दियो सल्लाहकारको जिम्मेवारी

झुलेनी नेटवर्क२०७८ पुस ३, काठमाडौं
८१० पटक
२०७८ पुस ३, काठमाडौं

नेकपा (एमाले) ले निवर्तमान उपाध्यक्ष डा भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी दिएको छ ।

सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका डा रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीविहीन भएका थिए ।

अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा डा रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शङ्कर पोखरेलले बताए ।

उनले थप जिम्मेवारीका लागि अध्यक्ष ओली र डा रावलको परामर्शबमोजिम हुने बताए । पार्टीको गत मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई चयन गरेको थियो ।

सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछिका केन्द्रीय कमिटीको बैठकका निर्णयमा रावलको जिम्मेवारी पनि परेको जनाइएको छ । अछामबाट प्रतिनिधिसभामा निर्वाचित डा रावलले आफू पार्टीमै रहने र यहाँभित्र देखिएका कमजोरी सुधार्न लागि पर्ने जनाउँदै आएका छन् ।

गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको महाधिवेशनमा सर्वसम्मत नेतृत्व प्रस्तावअन्तर्गत उपाध्यक्ष पदमा निरन्तरता दिन बन्दसत्रमा अध्यक्ष ओलीले गरेको प्रस्तावमा ड रावल तयार नभएपछि निर्वाचन भएको थियो ।

 

 

 

 

अनलाइनखबर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...