News Portal

रेडियो सुन्नुहोस्

सम्पादकिय : जाडोमा चिसोबाट बचौं

झुलेनी नेटवर्क२०७८ पुस ७, प्यूठान
१४५१ पटक
२०७८ पुस ७, प्यूठान

पुस महिना सुरु भएसंगै प्युठान लगायत मुलुकको तराई क्षेत्रमा चिसो ह्वात्तै बढेको छ । चिसोको समयमा तराई लगायत चिसो ठाउँहरुमा मानव स्वास्थ्यमा समस्या देखिदै आएको छ । चिसो मौसममा विशेष गरी खोकी लाग्ने र ज्वरो आउने समस्या लिएर बिरामीहरू अस्पताल पुगिरहेका छन् । जाडोको समय मालामो समयसम्म घाम नलाग्दा निरन्तर चिसोका कारण तराई–मधेस मावर्षेनी दर्जनौँको मृत्यु हुने गरेको छ । जाडो छल्नका लागिआगो ताप्न दाउरा समेत नहुँदा तराईका सर्वसाधारण चिसोबाट कठ्यांग्रिएर बस्न बाध्य छन् । बाहिरी वातावरणीय चिसोका कारण शरीरको तापक्रम घट्दै गई मृत्यु हुने समेत अवस्था आउन सक्छ । शिशु, बालबालिका र वृद्धवृद्धामा रोग प्रतिरोधात्मक शक्तिन्यून हुने कारण बढी प्रभावित हुने गरेका छन्। छाती घ्यार–घ्यार हुने, स्वाँ–स्वाँहुने लगायत समस्याहरु उत्पन्न हुन सक्छन्। जाडोको समय मानाक, कान र घाँटीको एलर्जी पनि हुन्छ ।

श्वास–प्रश्वास तथा छातीमा समस्या देखिनुका साथै आँखामा आँसु आउने, स्वर बस्ने तथा रुघाखोकी लाग्ने जस्ता रोगले सजिलै आक्रमण गर्न सक्छ । चिकित्सकहरुले चिसो समयमा मानिसले सतर्कता अपनाएमा रोग मुक्त हुन सकिने बताउँछन् । जाडोको समयमा समयमै ध्यान दिन नसक्दा पनि बढी क्षतिहुने गरेको हो । चिसो बढ्न थालेपछि विगतका वर्षमा केही जिल्लामा चोकचोकमा दाउरा बाल्नका लागि दाउरा वितरण गर्ने गरिएको थियो । यस वर्षको जाडो सुरु भइसकेको अवस्थामा राज्यले पुर्व तयारीका लागि गृहकार्य गर्न जरुरी छ । पर्याप्त मात्रामा दाउरा लागयत गरिबीको रेखा मुनि रहेकालाई कम्बल, ओढ्ने, ओछ्याउने कपडा लगायतको व्यवस्था गर्न सक्रिय हुनुपर्छ । तराईका जिल्लाका साथै मध्यपहाडी क्षेत्र र हिमाली क्षेत्रमा पनि चिसोले सर्व साधारणको ज्यान जाने गरेको छ। चिसोका कारण मृत्यु हुने मानिसको संख्या बढ्न थालेपछि मात्रै सरकारले चासो देखाउनु भन्दा चिसो मौसम भन्दा पहिला नै तयारी गर्नु बुद्धिमानी कार्य हुनेछ । विपद् व्यवस्थापन ऐनले समेत पूर्व तयारीको विषयमा स्पष्ट पारेको छ ।

सरकारले चिसो मौसमसँगै आउन सक्ने स्वास्थ्य समस्याको समाधानका लागि समेत समयमै विशेष ध्यानदिनु आवश्यक छ । यसरी जाडो समयमा शरीरलाई न्यानो बनाई राख्नलत्ता कपडाका साथै खानपानमा पनि ध्यान दिनुपर्छ । शिशु, बालबालिका र वृद्धवृद्धाहरूलाई घरबाहिर हिँडडुल गर्न दिनुहुँदैन् । नियमित खानेकुरा सहित तातो झोलिलो खानेकुरा, जाउलो खुवाउनुपर्छ । जाडो समयमा तातो सुप खाइरहनु पर्छ । चिसोमा क्यालोरियुक्त खानेकुरा खानुपर्छ। शिशुलाई पर्याप्त आमाको दूध खुवाउनुर्छ । त्यस्तै अन्य उमेरका व्यक्तिले मनतातो सुप खुवाउनुको साथै दूध, मह खाँदा शरीरको तापक्रम सन्तुलित राख्न सहयोग पुग्छ । चिसोमा खानेकुरा तताएर मात्र खानुपर्छ । विज्ञहरुले दिएका सुझावहरु हामी नियमित पालना गर्नु पर्छ। सितलहर चलेको समयमा सकेसम्म बाहिर निस्कनु पनि हुँदैन । यस्तो समयमा हुने सामान्य हेल्चेक्राईले ठूलो क्षति पु¥याउन सक्छ । त्यसैले हामीले समयमा सजक र सचेत हुन आवश्यक छ । शीतलहर शुरु हुनु भन्दा पहिला सबै सरोकारवालाहरु तथा आम नागरिक स्वंयमले पनि सावधानी र पुर्व तयारी गर्नु अत्यन्तै आवश्यक छ । त्यसका साथै स्थानीयतहहरुले पनि यसबारे गम्भिरताका साथ सोच्न जरुरी देखिन्छ। स्थानीयतहहरुले पुर्व तयारी गरेको अवस्थामा आम नागरिकहरुलाई चिसोबाट केहि मात्रामा भए पनि बचाउन सकिन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...