News Portal

रेडियो सुन्नुहोस्

छठपूजाको झडपमा घाइते युवकको मृत्यु : वीरगञ्ज 

झुलेनी नेटवर्क२२ पुस, वीरगञ्ज
३०५ पटक
२२ पुस, वीरगञ्ज

गत कात्तिक २४ गते छठपूजाका क्रममा भएको झडपमा घाइते भएका बारा कलैया नगरपालिका–१९ इनरवारीका १७ बर्षीय राधेश्याम पटेलको मृत्यु भएको छ । पटेलको उपचारको क्रममा बुधबार साँझ वीरगञ्जको एलएस न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

कात्तिक २४ गते छठपुजाका दिन गाउँमा दुई पक्षबीच झडप भएको थियो । झडपका क्रममा टाउकोमा चोट लागेपछि पटेल गम्भीर घाइते पटेलको वीरगञ्ज पानीट्यांकीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको थियो ।

चिकित्सकले बुधबार साँझ उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

न्युरो अस्पतालबाट उनको शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा लगिएको छ । पोष्टमार्टमपछि उनको शव आफन्तको जिम्मा लगाउने तयारी प्रहरीले गरेको छ ।

छठपूजामा पटाका पड्काएको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ३० वर्षीय नाजिर हुसैन मियालाई त्यतिबेलै पक्राउ गरेको थियो ।

ज्यान मार्ने उद्योगमा मुद्दामा उनलाई पुर्पक्षका लागि कारागारमा रहेको प्रहरी नायब उपरीक्षक थापा बताउँछन् । घटनामा संलग्न अन्यको खोजी भइरहेको उनले जानकारी दिए ।

वीरगञ्ज–कलैया सडकखण्डमा चक्काजाम

राधेश्यामको मृत्युपछि स्थानीयले वीरगञ्ज–कलैया सडकखण्ड अवरुद्ध पारेका छन् । दोषीलाई कडा कारबाहीको माग गर्दै सिसहनीया चोकमा भेला भएका स्थानीयले सडक अवरुद्ध पारेर प्रदर्शन गरेका हुन् ।

टायर बालेर विरोध प्रदर्शन गर्नुको साथै उनीहरुले नाराबाजी गरिरहेका छन् । घटनामा संलग्न दोषीलाई आजीवन कारावास, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग उनीहरुले राखेका छन् ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार स्थानीयले सडक अवरुद्ध गरेपछि वैकल्पिक मार्गबाट सवारी आवागमन गराइएको छ ।

 

onlinekhabaer

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

प्यूठानको जेठो विद्यालयको कम्यूटर ल्याव बेहाल !

तस्बिर हेर्दा सबैलाई लाग्छ यो कुनै भग्नावशेष भएको भवन हो । त्यहाँ बर्षौदेखि रेखदेख गर्ने...

विभिन्न कार्यक्रम गरि नौंबहिनीले मनायो गणतन्त्र

१६औं गणतन्त्र दिवस नौबहिनी गाउँपालिकाले पनि मनाएको छ । गणतन्त्र दिवसको अवसरमा नौबहिनी गाउँपालिकाले सोमबार...

झिमरुक बिजुली–लिफ्ट खानेपानी आयोजनाको काम अघि बढ्ने

आयोजनाको स्टीमेटमा समस्या भएर रोकिएको झिमरुक बिजुली लिफ्ट खानेपानी आयोजना निर्माणको काम अघि बढ्ने भएको...

प्यूठानमा गाडी दुर्घटना

प्यूठानमा गाडी दुर्घटना भएको छ । स्वर्गद्धारी नगरपालिका ६ देउराली बाट बिजुवारको लागि छुटेको लु...

प्यूठानमा मेकानिकल सहितको ट्राफिक चेकजाँच

हुनसक्ने सडक दुर्घटना रोक्न र न्यूनीकरण गर्नको लागि प्यूठानमा ट्राफिक प्रहरीले मेकानिकल चेकजाँच अभियान सुरु...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी