News Portal

रेडियो सुन्नुहोस्

कृष्टलका गहना वनाउने उद्योग संचालनमा

मधुसुदन पोख्रेल २७ आसार, प्यूठान
१६१५ पटक
२७ आसार, प्यूठान

प्युठानमा कृष्टलका गहना वनाउने उद्योग संचालनमा आएको छ । घरेलु तथा साना उद्योग विकास समितिबाट तालिम लिई सरुमारानी गाउँपालिका बाङ्गेसालकी सुजाता थापाले घरेलु उद्योग संचालनमा ल्याउनुभएको हो। प्युठान नगरपालिका ४ स्थित विजुवार भौकामा संचालन भएको सुजाता नारी श्रीङ्गारको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

पसलको उद्घाटन गर्दै घरेलु तथा साना उद्योग विकास समिति प्यूठानका प्रमुख उद्योग अधिकृत कृष्ण प्रसाद पोख्रेलले अव देस विकासका लागि उद्योमिको विकास गर्नु पर्ने बताउनुभयो। सिप सिकेर स्वरोजगार वनि पसल चलाएरै कृष्टलका गहना उत्पादन गर्ने प्युठानमा पहिलो उद्यमि भएको भन्दै पोख्रेलले यस्ता उद्यम गर्नेलाई प्रोत्साहन गनुपर्ने बताउनुभयो । उहाले भन्नुभयो ‘देश समृद्ध बनाउन नयाँ उद्यमी बन्नु पर्छ ।’

नेपाल पत्रकार महासंघ ५ नं प्रदेशका उपाध्यक्ष दिपा घर्तिले थापाले तालिम लिएर उद्यम सञ्चालन गरि उदाहरणिय काम गरेको वताउनु भयो। उहाँले भन्नुभयो–“सुजाताजि क्रियासिल पत्रकार महिला (डव्लु.डव्लु.जे) को कोषाध्यक्ष पनि हुनुहुन्छ। उहाँले यो उद्यम सञ्चालनमा ल्याएर अरु महिलालाई पनि उद्यमसिल कार्यमा लाग्न प्रेरित गर्नुभएको छ।”

त्यस्तै उद्घाटन कार्यक्रमका अध्यक्षसमेत रहनुभएका प्युठान नगरपलिका ४ का वडा अध्यक्ष लक्ष्मीप्रकाश राज भण्डारीले स्थानिय तहले उद्यमिहरुको क्षेमता विकास र उद्योगको प्रवद्र्धनका लागि अधिकतम प्रयत्न गर्ने वताउनुभयो। उहाले जनप्रतिनिधिको तर्फबाट उद्यम गर्न चाहाने युवाहरुलाई सहयोग गर्न स्थानि तह सदैव तत्पर रहेको बताउनुभयो ।

उद्यमी थापाले हातको मध्यमबाट धागोको प्रयोग गरी महिलाहरुका लागि आवश्यक श्रृङगारका सामाग्रीहरु बनाउदै आउनुभएको छ। उहाले धागोबाट चुरा, माला, झुम्का, सिरबन्दी, कृस्टल, मोतीबाट माला, चुरा, टप, औठि लगाएतका सामाग्री बनाउदै आउनुभएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...