News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : हिउँ खेल्न जाने हैनत कोठिभिर !

झुलेनी नेटवर्क२०७८ माघ ११, प्यूठान
१२५९ पटक
२०७८ माघ ११, प्यूठान

घुम्नका लागि आकर्षणले भरिएको ठाउँ हो स्याउलीवाङ क्षेत्र । यहाँ हिउँद याममा हिउँ खेल्न सकिन्छ भने गर्मी याममा लालीगुराससँग मज्जा लिन सकिन्छ ।

जाडो महिनाको पुस र माघमा यहाँ सधै हिउँ पर्छ । हिउँ खेल्नका लागि प्यूठान वासी धेरै टाढा जानुपर्दै न । बाग्दुलादेखि बाहाने हुँदै स्याउलीवाङको ठुलोगाउँ पुगेपछि कोठिभिर जान सकिन्छ । स्याउलीवाङबाट ढुङ्गागाडे बासस्थल पुग्न ३ घण्टा पैदल हिँड्नुपर्छ ।

जहाँ पुगेपछि पर्यटकीय स्थल खलेसवाङ आउँछ । यहाँ स्थानीयले पर्यटकीय गन्तब्य स्थल बनाउनका लागि विकास निर्माणका पुर्वाधार बनाउने कार्यमा जुटेका छन् । खलेवाङबाट उकालो लागे पछि करिब ३ घण्टामा ३ हजार ६ सय ५९ उचाइको कोठिभिर पुगिन्छ ।

यहाँबाट यहिँको सुन्दरता सहित वरिपरिका उच्च हिमश्रृङ्खला देख्न पाइन्छ । हिउँदमा हिउँ खेल्ने बाहेक फागुनदेखि बैशाख महिनासम्म करिब ७ थरी लालीगुराँसका मनमोहक दृश्य हेर्न र रम्न सकिन्छ । आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन जाने होइन त कोठिभिर ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...