News Portal

रेडियो सुन्नुहोस्

जीवनको रंग : सामुहिक तरकारी खेतीबाटै मनग्गे आम्दानी

तेजेन्द्र बि.एम.२०७८ माघ १८, प्यूठान
१०१७ पटक
२०७८ माघ १८, प्यूठान

यहाँका दिदी बहिनीहरु बिहान झिसमिसेदेखि बेलुका अवेरसम्मै बारीमा भेटिन्छन् । प्यूठान नगरपालिका ८, का दिदीबहिनीहरुको मेहनेत रहरलाग्दो छ । सामुहिक रुपमै छलफल, सामुहिक तरकारी खेती र सामुहिक रुपमै बिक्रिका लागि जाने यिनी दिदीबहिनीहरुको दैनिकी हो । कृषि पेशामा पौरख गरीरहेका यिनीहरुको कर्मबाट आफूहरु मात्र होइन सबै परिवार खुसी छन् ।

‘हाम्रो फुर्सद खाना खाने बेला मात्रै हो’, स्थानीय डण्डी शर्माले भनिन्, ‘पहिले तरकारी डोकोमा बोकेर बाग्दुला, बिजुवार, जुम्री, क्वाडी, खलंगासम्म जान्थ्यौं ।’ अहिले गाडी सुविधा भएकाले डोकोमा बोक्न नपर्ने उनले बताइन् । गाउँमै तरकारी फलाएर आम्दानी गरीरहेकी यिनले भारतमा रहेका श्रीमानलाई घरमै बोलाएर सँगै पेशा गर्दै आएका छन् । तरकारी खेतीबाट वार्षिक सरदर २ लाख भन्दा बढी आम्दानी हुने गरेको शर्माको भनाई छ । यसैको कमाइले घरखर्च, छोराछोरी पढाउन र जीविकोपार्जन गर्न सहज बनेको शर्माले बताइन् ।

शर्माजस्तै यहाँका अन्य दिदी बहिनीहरु पनि जाँगरिला छन् । स्थानीय माधवा गिरिले बारीमा तरकारी फलाउन थालेको वर्षौ भइसक्यो । तरकारीबाटै आम्दानी भइरहेपनि सोचे अनुरुप बजार पाउन नसकेको दुखेसो छ यिनको । ‘हामिले खेती त गर्छौं तर अझैपनि बजार पाउन सकेका छैनौं’, उनले भनिन्, ‘बजार सानो हुँदा प¥याप्त उत्पादन गरेपनि बिक्रिका लागि समस्या छ ।’ जिल्लाको बाग्दुलामा रहेको संकलन केन्द्र व्यवस्थित नहुँदा किसानहरु मर्कामा पर्दै आएको उनको भनाई छ ।

स्थानीय बिपना भण्डारीले बाग्दुलामा रहेको एउटा मात्र संकलन केन्द्रले आफूहरुको उत्पादन धान्न नसकेको बताइन् । बाग्दुला, बिजुवारमा तरकारीले बजार नपाउँदा बारीमै कुहिने अवस्था हुने गरेको यिनको भनाई छ । सरोकारवाला निकाय र वडा कार्यालयले गाडिको सुविधा उपलब्ध गराए चकचके, भिंगृ, बडडाँडा सम्म बिक्रिका लागि लैजान सकिने उनले बताइन् ।

डण्डी, माधवा, बिपना जस्तै स्थानीय ६० वर्षिय नमि बिकले तरकारी खेती गर्दै आएको २५ वर्ष पुगिसकेछ । परिवारको मुख्य आम्दानी यहि तरकारी खेती रहेको उनी बताउँछिन् । आफूहरुले जति उत्पादन गरीन्छ त्यति सबै बिक्रि गर्न सक्ने हो भने पैसा कमाउन बिदेश जानुनपर्ने यिनको भनाई छ । पछिल्लो समय कोभिडका कारण आफूहरुको तरकारीले बजार नपाएको रेखा सर्किले बताइन् । ‘हामीहरु कोभिडका कारण मारमा प¥यौं’, उनले भनिन्, ‘महिला कृषकहरु भएका कारण स्थानीय निकायले व्यवस्थापनको लागि सहयोग गरेको छैन ।’

आफूहरुले मल र विषादी आफैले बनाउने गरेकाले तरकारी उत्पादनमा कुनैपनी विषादी प्रयोग नभएको उनले बताइन् । बारीमा उत्पादन भएका तरकारी बिक्री नहुने हो भने छोराछोरी पढाउन र जीविको धान्न मुस्किल हुने यिनको दुखेसो छ ।

सुरुमा करेसावारीमा तरकारी फलाउँदै आएका दिदी बहिनीहरुले अहिले बारीभरी तरकारी उत्पाद गर्दै आएका हुन् । २०७१ सालमा फुलबारी एकीकृत ग्रामीण विकास संस्थाले १८ हप्ताको आईपिएम तालीम सञ्चालन गरेपछि यिनीहरुले ब्यवसायिक रुपमा तरकारी खेती उत्पादनमा लागेका हुन् । यहाँका २५ जना महिला कृषकहरुले त्यसबेला तालिम लिएका थिए । तालिम पश्चात् सहभागीहरुले कम्तीमा ६ देखी १० रोपनी जग्गामा एक जनाले तरकारी खेती गर्न थालेका हुन् । यिनीहरुले अहिले लघु फुलबारी आईपिएम कृषक पाठशाला कृषक समूह नामको सहकारी दर्ता गरेर सामुहिक रुपमा तरकारी खेती गरीरहेका हुन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...